ट्रेंडिंग:

>> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण

भैरहवा क्याम्पसमा स्ववियु निर्वाचन : अध्यक्षका लागि ७ जना प्रतिष्पर्धामा

७ चैत्र २०७९, मंगलवार
७ चैत्र २०७९, मंगलवार

भैरहवा, ७ चैत ।

चैत ८ गते हुन गईरहेको भैरहवा क्याम्पसको स्ववियु निर्वाचनमा ७ जना अध्यक्षले चुनाबी प्रतिष्पर्धा गर्दैछन् । पुर्वनिर्धारित तालिका चैत ५ गते भएता पनि विद्यार्थीहरु र निर्वाचन आयोगको विवादको कारण तीन दिनपछि निर्वाचन हुन लागेको हो ।

स्ववियु निर्वाचनमा एमाले निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सिंगल प्यानल सहित चुनाबी प्रतिष्पर्धामा होमिएको छ । चैत ५ गते निर्वाचन भएका देशभरका क्याम्पसमा अधिकांशमा प्यानल सहित निर्वाचन जितेको अनेरास्ववियुले सागर न्यौपानेको अध्यक्षतामा निर्वाचनमा होमिदा थप हौसिएको छ । सागर न्यौपानेको प्यानललाई स्वतन्त्र रुपमा अध्यक्षको उम्मेदवारी दिएका भिम भण्डारीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै पारेर अनेरास्ववियुलाई समर्थन गरी चुनावी प्रचारमा लागेपछि न्यौपाने झन बलियो उम्मेदवार बनेका हुन् ।

यसैगरी न्यौपानेसँग राप्रपा निकटको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नेकपा माओवादी निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को संयुक्त प्यानलका अध्यक्ष मनिष ढकालले प्रतिष्पर्धा गर्दैछन् ।

एमाले समर्थित न्यौपानेको सिंगल प्यानल र राप्रपा–माओवादी तालमेलको मनिष ढकाल मध्ये एक प्यानलले निर्वाचन जित्ने भैरहवा क्याम्पसमा दशकौदेखि प्राध्यापनरत एक प्राध्यापकले बताए । नाम नखुलाउने शर्तमा उनले भने, ‘यहाँको चुनाब चाहि न्यौपाने र ढकालकै प्रतिष्पर्धा देखिन्छ । अनुप द्विवेदी र जैनुद्धिन देवानले कसको भोट बढी काट्छन् त्यसमा भर पर्छ । सामान्यतया सरसर्ती हेर्दा नियमित विद्यार्थीको हिसाब, सबैसँग बढी हेलमेल भएको विद्यार्थीको हिसाबले अन्य उम्मेदवार भन्दा सागर बलियो देखिएका छन् ।

द्विवेदीलाई जनमत पार्टी निकटको विद्यार्थी जनमत संघ, जसपा निकटको समाजवादी विद्यार्थी युनियन र स्वतन्त्र मधेशी युनियनले समर्थन गरेको छ । यसैगरी देवानलाई लोसपा निकटको लोकतान्त्रिक विद्यार्थी संघ र नेपाली कांग्रेस निकटको नेविसंघले समर्थन गरेको छ ।
यसैगरी अध्यक्षमा नेकपा एस निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका अजय भण्डारी, नेकपा माओवादी विप्लप निकटको अनेरास्ववियु क्रान्तिकारीका उमेश यादव, स्वतन्त्र उम्मेदवार अनिल कुमार भुजले पनि अध्यक्षमा प्रतिष्पर्धा गर्दैछन् ।

बिहान ८ बजेदेखि सुरु हुने निर्वाचनमा क्याम्पसको परिचयपत्र अनिवार्य रुपमा साथमा लिई आउने विद्यार्थीलाई निर्वाचनमा सहभागी गराईने मुख्य निर्वाचन आयुक्त इन्द्र बहादुर विश्वकर्माले बताए ।

वि.सं. २०२५ सालमा स्थापना भएको भैरहवा बहुमुखी क्याम्पस लुम्बिनी प्रदेशकै महत्वपूर्ण र पुरानो क्याम्पसको रुपमा परिचित छ । २०२५ साल भदौ ४ गते पब्लिक क्याम्पसका रूपमा स्थापना भएको तत्कालीन सिद्धार्थ कलेज रुपन्देहीको पहिलो क्याम्पस पनि हो ।

२०३० सालमा देशमा नयाँ शिक्षा लागू भएसँगै सिद्धार्थ कलेजबाट त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा रूपान्तरण भएको उक्त क्याम्पस हाल भैरहवा बहुमुखी क्याम्पसका नामले परिचित छ ।

भैरहवा क्याम्पसमा अध्ययन ताका राजनीति गरेका विद्यार्थी नेताहरु नेपाली राजनीतिमा पनि चर्चित रहेका छन् । चर्चित राजनीतिज्ञ तथा एमाले नेता स्वर्गीय जीवराज आश्रितदेखि पूर्वउपप्रधान तथा गृहमन्त्री एवं एमाले नेता वामदेव गौतम, पुर्वमन्त्री तथा वर्तमान सांसद समेत रहेका राप्रपा नेता दीपक बोहरा, बरिष्ठ पत्रकार किशोर नेपाल, नेपाल प्रहरीका पूर्व आइजिपी कुबेरसिंह राना, सहिद यादवनाथ आलोक, नेकपा एमालेका नेताहरु नेत्र पन्थी र विजय पौडेल, कर विभागका उच्च अधिकृत महाराजा कोइराला, चर्चित गायककार हेमन्त शर्मा जस्ता देशका स्थापित व्यक्तित्वहरु भैरहवा क्याम्पसमै अध्ययन गरेका हुन् ।
यसैगरी सिद्धार्थनगरका पुर्व मेयर सागर राणा, पुर्व मेयर हरि अधिकारी, पुर्व उपमेयर उमा काफ्ले, सिनपाको वर्तमान उपमेयर उमा अधिकारी पनि भैरहवा क्याम्पसकै उत्पादन हुन् ।

वर्तमान अवस्थामा दुई कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी नेताबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । बहुदल पश्चात ०६२।०६३ को जनआन्दोलको अगाडी सम्म कहिले एमाले निकटको अनेरास्ववियु त कहिले नेपाली कांग्रेस निकटको नेविसंघले निर्वाचन जित्दै आएको यस क्याम्पसमा वर्तमान अवस्थामा नेविसंघ भैरहवा क्याम्पसमा ईतिहासकै सबैभन्दा कमजोर विद्यार्थी संगठनको रुपमा देखिएको छ । नेविसंघले लोसपाको सहयोगमा सचिव उम्मेदवार उठाएको छ । ३ हजार २ सय २९ जना विद्यार्थीले मतदान गर्ने उक्त क्याम्पसको निर्वाचनलाई दलहरुले पनि महत्वका साथ हेरिरहेका छन् ।

एमाले सिद्धार्थनगरका अध्यक्ष चक्रबहादुर थापा, अनेरास्ववियु नेतृ लक्ष्मी के.सी, अनेरास्ववियु नेता सरोज ठकुरीले सागर न्यौपानेको टिमलाई जिताउने गरी चुनाबी कमान्ड सम्हालेका छन् । थापा अनेरास्ववियुका पुर्व विद्यार्थी नेता तथा स्ववियु भैरहवा क्याम्पसका निवर्तमान सचिव समेत हुन् ।

ढकाललाई निर्वाचनमा सहयोग गर्नेगरी माओवादी नगर अध्यक्ष नारयण हमाल, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष कपिल चापागाई लगायतको टिम खटिएको छ । उता मधेसको भावना, क्षेत्रीयता र जातियताको सहानुभूति पाउने दाबी सहित यादव, द्विवेदी र देवान चुनावी प्रतिष्पर्धामा होमिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?