ट्रेंडिंग:

>> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत

रोहिणी–७ मा निःशुल्क स्वास्थ्य शिविर, ४७६ जना लाभान्वित

५ चैत्र २०७९, आईतवार
५ चैत्र २०७९, आईतवार

भैरहवा, ५ चैत ।

रोहिणी गाउँपालिका, रुपन्देहीको आयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (युसीएमएस), भैरहवाको प्राविधिक सहयोगमा रोहिणी–७ स्थित सेमरामा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । विश्व मुख स्वास्थ्य दिवस–२०२३ को अवसरमा पजरकट्टी माध्यमिक विद्यालयमा आयोजित शिविरमा ४७६ जनाको स्वास्थ्य परीक्षण भएको युसीएमएसका प्रशासन संयोजक तेज कुमार केसीले बताए । शिविरमा दाँत तथा गिजा, महिलारोग, बालरोग, नाक, कान, घाटी, सामान्य रोग सम्बन्धी चेकजाँच तथा परामर्श, रगत परीक्षण, मृटुको ईसिजी सेवा प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा दाँत तथा मुख रोगसम्बन्धी जनचेतनामूलक नाटक प्रस्तुत गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले नागरिकलाई नजिकबाट स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शिविरको आयोजना गरिएको बताए । उनले यसअघि अन्य वडामा पनि स्वास्थ्य शिविर आयोजना गरिएको जानकारी दिए । अध्यक्ष यादवले निरन्तर सहयोग गर्दै आएको युसीएमएस धन्यवादको पात्र भएको बताए । उनले भने, ‘शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायत क्षेत्रमा ध्यान दिदै गाउँपालिकाको विकासका लागि अघि बढेका छौं ।’

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले शिविरमार्फत नागरिकले घरदैलोमा स्वास्थ्य सेवा पाएको बताइन् । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले युसीएमएसले गाउँपालिकाको सिफारिसमा विपन्न विरामीहरुलाई उपचारमा छुट प्रदान गरेको बताए । रोहिणी–७ का वडाअध्यक्ष अन्नान अहमद भाटले स्वास्थ्य शिविरमार्फत नागरिकले घरदैलोबाट स्वास्थ्य सेवा पाएको बताए ।

युसीएमएसका प्रशासन संयोजक तेज कुमार के.सी.ले शिविरमा अस्पतालमा प्रदान हुने सम्पूर्ण ओपिडी सेवा उपलब्ध गराइएको बताए । उनले शिविरमा निःशुल्क औषधीको समेत व्यवस्था गरिएको जानकारी दिए । उनले भने, ‘शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीहरुलाई एक महिनासम्म अस्पतालमा निःशुल्क टिकटको व्यवस्था हुनेछ, त्यस्तै शल्यक्रिया (अपरेशन) र अन्य जाँचमा २० प्रतिशत छुट प्रदान गरिनेछ । ’

युसीएमएस दन्तरोग विभाग प्रमुख डा. दीपक यादवले मुख्य स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने बताए । उनले अस्पतालमा आउने बिरामीलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

पजरकट्टी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरज यादवले स्वास्थ्य नै धन भएको र यस्ता स्वास्थ्य शिविरबाट नागरिक लाभान्वित हुने बताए ।

रोहिणी गाउँपालिका–७ का वडाअध्यक्ष अन्नान अहमद भाटको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवल, प्रवक्ता वीर बहादुर क्षेत्री, इन्द्रजीत रायलगायतले स्वास्थ्य शिविरबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?