ट्रेंडिंग:

>> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै >> बर्दियामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिन मुख्यमन्त्री चौधरीको निर्देशन >> हात नफैलाऊ, पौरख देखाउ >> भीम प्रदेशको उत्कृष्ट अस्पताल >> पश्चिम दाङमा पुल बनाउन माटो परिक्षण >> ‘विश्व कीर्तिमान’ ले परिवारमा ‘हर्ष’ >> विश्व रेबिज दिवसः रेबिज के हो र कसरी बच्ने ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चार बुँदे सहमतिपछि ईःको आन्दोलन स्थगित >> बालविवाह गर्न लागेको जोडी प्रहरी आएको थाहा पाएपछि फरार >> मिस डायमण्ड नेपाल २०२३ को तयारी पूरा >> ट्रेक्टर र मोटरसाईकल एक आपसमा ठोकिदा ३ जना घाइते >> पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिन सुझाव >> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा
खेलकुद
खेल विशेष

२२ औ संस्करणको तिलोत्तमा गोल्डकप : आठ टिमको अग्नी परीक्षा

३ चैत्र २०७९, शुक्रबार २१:५१
३ चैत्र २०७९, शुक्रबार २१:५१

बुटवल, ३ चैत ।

रुपन्देहीकै प्रतिष्ठित तिलोत्तमा गोल्डकप प्रतियोगिता २०७९ शनिबार उदघाटन हँुदैछ । २२ औं संस्करणको उद्घाटन कार्यक्रमको लागि देबिनगरस्थित एन्फा एकेडेमी खेलमैदान सजाईएको छ । उद्घाटन खेलमा आयोजक रुपन्देही–११ र सुदुरपश्चिमाञ्चल फुटबल संघबीच प्रतिस्पर्धा हुने भएको हो ।

प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक संस्था रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षकत्व, रुपन्देही जिल्ला फुटबल संघ रुपन्देहीको आयोजना, यशोदा फुड्स प्रालि, त्रिमुर्ति ईण्डष्ट्रिज प्रालीको मुख्य प्रायोजनमा दुई विभागीयसहित ८ टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको विजेता टिमले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छन् । गोल्डकपको उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन् ।

प्रत्येक खेलमा म्यान अफ द म्याचलाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कृत गरिने छ ।
प्रतियोगितामा करेन्ट रुपन्देही –११ सहित मनाङ मस्र्याङ्दी क्लब काठमाडौ, थ्री स्टार क्लब ललितपुर, नेपाल पुलिस क्लब काठमाडौ, एपिएफ क्लब काठमाडौ, हिमालयन शेर्पा क्लब काठमाडौ, फ्रेन्ड्स क्लब काठमाडौ र सुदुरपश्चिम ११ गरी आठ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रममा एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर केसीले कोभिड संक्रमण र राजनीतिक अस्थिरताकै कारण प्रतियोगितालाई निरन्तरता दिन नसकिएको बताए । स्थानीय सरकारबाट ३५ लाख रुपैयाँ तथा प्रदेश सरकारबाट समेत सहयोग प्राप्त भएको हुँदा प्रतियोगिता आयोजना गर्न सहजता आएको उनले दाबी गरे । गोल्डकपको फाइनल प्रतिस्पर्धा चैत ११ गते हुनेछ । २१ औं संस्करणको उपाधि क्यामरुनको दाउफिन्स क्लबले जितेको थियो ।

कस्तो छ टिम रुपन्देही–११

चार वर्षअघि तयारी सकेको भएपनि विश्वभर कोभिड संक्रमण र विविध कारणले रोकिएको गोल्डकपमा आयोजक रुपन्देही ११ को टिम छोटो समयमा तयार भएको छ । यशोदा फुड्स प्रालि, त्रिमुर्ति ईण्डष्ट्रिज प्रालिको मुख्य प्रायोजन रहेकाले टिम करेन्ट रुपन्देही–११ नामाकरण गरिएको छ । यसअघि रुपन्देहीको प्रशिक्षण सम्हाल्दै आएको याम प्रसाद गुरुङ नेपालको राष्ट्रिय महिला टिम र काठमाडौमा खुमलटार एफसी सम्हालेका छन । एन्फाका प्रशिक्षक पुकार गहतराजले रुपन्देही टिमलाई प्रशिक्षण दिएका छन् । टिम ब्यवस्थापन पुर्व खेलाडी तथा संघका उपाध्यक्ष मुकेश कुवरले सम्हालेका छन् । जितेश गुरुङको कप्तानीमा ‘ए’ डिभिजन खेल्ने र युवा स्थानीय खेलाडीहरु मिश्रित गरी रुपन्देही ११ तयार भएको पुर्व खेलाडीसमेत रहेका संघका उपाध्यक्ष मुकेश कुवरले बताए । क्लोज क्याम्प राखेर खेलाडीहरु छनौट र आवश्यक तयारी गरेको उनले बताए । यसपाली रुपन्देहीको गोलपोष्टमा दिपेश थापा रहने छन् । उनको विकल्पमा सुभाङर जिसी समेत छन् ।

२१ औ संस्करणमा सेमीफाईनलमा विभागिय टिम नेपाल पुलिस क्लबसंग रुपन्देही पराजित भएको थियो । यसपटक युवाहरु समेटेर राम्रो टिम बनेको उनी बताउँछन् । सुदुर पश्चिम टिमलाई कम आँकलन गर्न नहुने विश्लेषकहरु बताउँछन् । प्रत्येक टिममा ३ जना विदेशी र एकजना एशियन मुलका गरी ४ जना विदेशी खेलाउन पाउने एन्फाको मापदण्ड अनुसार नै खेलाडी खेल्न पाउने प्रावधान छ । प्रतियोगिताको पुर्वसन्ध्यामा टिमको जर्सी र खेलाडीहरुको नामावली सार्वजनिक कार्यक्रम समेत आयोजकले गरेको छैन ।

तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरु भएको थियो । बुटवल उपमहानगरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ बर्ष देखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ । वि.सं २०३३ सालमा भएको पहिलो खेलमा सिद्धार्थ खेलकुद परिषद् रुपन्देही विजयी भएको थियो भने दोस्रोमा बम्बई फर्टिलाईजर मुम्बई, तेस्रो, नवौं, दशौं र तेह्रौमा महेन्द्र पुलिस क्लब, चौथो, पांचौ र छैटौंमा कालिका स्पोर्टिङ क्लब, सातौं जनकपुर चुरोट कारखाना विजयी भएका थिए । त्यस्तै, आठौमा आरएनएसी, एघारौंमा महिन्द्रा एण्ड महिन्द्रा मुम्बई, बाह्रौं र सोह्रौमा त्रिभुवन आर्मी क्लब, चौधौं र अठारौंमा रुपन्देही ११, पन्ध्रौमा फ्रेन्ड्स क्लब, सत्रौमा जावलाखेल युथ क्लब र १९ औं संस्करणको उपाधि सिएमसी संकटा क्लवले जितेका थिए । २० औं तिलोत्तमा गोल्डकपको उपाधि थ्रिस्टार क्लव काठमाडौंले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?