ट्रेंडिंग:

>> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै >> बर्दियामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिन मुख्यमन्त्री चौधरीको निर्देशन >> हात नफैलाऊ, पौरख देखाउ >> भीम प्रदेशको उत्कृष्ट अस्पताल >> पश्चिम दाङमा पुल बनाउन माटो परिक्षण >> ‘विश्व कीर्तिमान’ ले परिवारमा ‘हर्ष’ >> विश्व रेबिज दिवसः रेबिज के हो र कसरी बच्ने ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चार बुँदे सहमतिपछि ईःको आन्दोलन स्थगित >> बालविवाह गर्न लागेको जोडी प्रहरी आएको थाहा पाएपछि फरार >> मिस डायमण्ड नेपाल २०२३ को तयारी पूरा >> ट्रेक्टर र मोटरसाईकल एक आपसमा ठोकिदा ३ जना घाइते >> पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिन सुझाव >> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा
अर्थ
विशेष समाचार

राज्यले नचिनेको एउटा उद्योग : जोसँग छ हजारौंलाई उद्यमी बनाउने उपाय

“सरकार रोयल्टी र कर मात्रै बढाउँछ, तर यस्ता उद्योगलाई कसरी संरक्षण र सहुलियत प्रदान गर्ने भन्ने कहिल्यै सोच्दैन”–उद्योगका प्रबन्धक दीपकले भने, “हाम्रा उत्पादनले चीन, ब्राजिल, अर्जेन्टिना लगायतका विकसित देशहरुसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ । तर सरकारबाट कुनै सहयोग पाएका छैनौं ।”
३ चैत्र २०७९, शुक्रबार ११:१६
३ चैत्र २०७९, शुक्रबार ११:१६

बुटवल, ३ चैत ।

मुलुकको व्यापार घाटा पछिल्लो ५ वर्षमा दोब्बरले वृद्धि भएको छ । निर्यात प्रवद्र्धनको प्रभावकारी योजना नहुँदा मुलुकको परनिर्भरता प्रत्येक बर्ष बढ्दो क्रममा छ ।

पाँच वर्षअघि मुलुकको व्यापार घाटा ८ खर्व ५५ अर्व रुपैयाँ रहेकामा यो बढेर १७ खर्ब २० अर्व भन्दा बढी भइसकेको छ । अरु त कुरा छाडौं, सरकारले गत वर्ष कृषिजन्य बस्तुहरु मात्रै झण्डै ३ खर्व रुपैया बराबरको आयात गरेको थियो ।

झण्डै ७० प्रतिशतको हिस्सा ओगटेको निजी क्षेत्रले समेत उत्पादन भन्दा व्यापारमै फाईदा देख्ने गरेको छ । यस्तो निराशाजनक अवस्थाका बीच नेपालमा केही यस्ता उद्योगहरु पनि छन्, जसले आफ्नो उत्पादनको करिब ९५ प्रतिशत हिस्सा भारत निर्यात गरेर वर्षेनी करोडौं रुपैयाँ नेपाल भित्राइरहेका छन् । यति मात्र होइन हजारौं नागरिकलाई उत्पादनमा जोडेर स्वरोजगारी दिनसक्ने र ब्यापार घाटा कम गर्ने उपाय पनि उनीहरुसंग छ । तर त्यस्ता उद्योगलाई राज्यका सम्बन्धित निकायले चिन्न सकेका छैनन् ।
औंलामा गन्न सकिने यस्तै उद्योगमध्ये एक हो–रुपन्देही तिलोत्तमा—१६ को माउन्ट एभरेष्ट कथ्था मिल । यो उद्योगले खयरका काठ प्रशोधन गरेर कथ्था र सल्लाको खोटो प्रशोधन गरेर तारपिन तेल र रोजिन उत्पादन गरी भारत निर्यात गर्छ ।

यो उद्योगले आफ्नो उत्पादन भारतमा बेचेर बर्सेनि भारु ५० करोडभन्दा बढी नेपाल भित्र्याउने गरेको छ । यस्ता प्रकृतिका उद्योगमध्ये यो नेपालकै ठूलो र रुपन्देहीको पहिलो हो । उद्योगले पहाडका जंगलमा त्यत्तिकै खेर जाने सल्लाको खोटो र बेंसीमा पाइने खयरको काठ स्थानीयबाट संकलन गरेर उद्योगमा ल्याएर प्रशोधन गरी भारत निर्यात गर्दै आएको छ ।

नेपालमा रहेको ६० लाख बिघा खेतीयोग्य जग्गामा प्रतिबिघा २ सयका दरले सफ्ट उड लगाउँदा एक वर्षमा ३६ करोड आम्दानी हुने उनको हिसाब छ । नवीन सोंचका धनी बसन्त रोका क्षेत्रीसहित चार जनाले ०६३ सालमा शुरु गरेको उद्योगले २० भन्दा बढी पहाडी जिल्लाबाट खोटो र खयर खरिद गर्दै आएको छ ।

करिब ५० करोड रुपैयाँ लगानी र ७ बिघा क्षेत्रफलमा फैलिएको उद्योगमा कथ्था, तारपिन तेल र रोजिन उत्पादन गर्ने छुट्टाछुटै प्लान्टहरु छन् । उद्योगबाट एक वर्षमा १५ सय टन रोजिन, ३ सय टन तारपिन तेल र करिब ३ सय टन कथ्था उत्पादन हुँदै आएको उद्योगका सञ्चालक वसन्त रोक्का क्षेत्रीले बताए । तारपिन तेलको ९० प्रतिशत उत्पादन नेपालकै रंग उद्योगहरुमा खपत हुन्छ भने कथ्था र रोजिन भने ९५ प्रतिशत भारत निर्यात हुन्छ ।

उद्योगले एक वर्षमा कम्तिमा २५ सय टन खोटो खरिद गर्ने गरेको छ । उद्योगले विशेष गरी दुर्गम पहाडी जिल्लाका सामुदायिक वन र निजी वनबाट खोटो र खयर संकलन गर्दै आएको छ । खोटो र खयर संकलन गर्न ७ सय जना र उद्योगका तीन प्लान्टमा ३ सय जना गरी एक हजार मानिसले प्रत्यक्ष रोजगारी पाएको उद्योगका प्रबन्धक दीपक रोकाले बताए ।

कथ्थाको प्रयोग पान, गुट्खा र औषधि बनाउन हुने गर्छ भने रोजिन फेसियल, कस्मेटिक, मसी, औषधि आदि उद्योगहरुमा औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोगमा आउँछ ।

उद्योगबाट बाइप्रोडक्टका रुपमा फिनेल बनाउने तरल पदार्थ पनि उत्पादन हुन थालेको छ । साल्लाको खोटो र खयरका काठ संकलन गरेर ल्याउँदा सामुदायिक वनहरुलाई उद्योगले प्रतिकेजी १२ रुपैयाँका दरले रोयल्टी बुझाउँदा उक्त रकमले दुर्गम क्षेत्रका समुदाय प्रत्यक्ष लाभान्वित भइरहेका उद्योगका सञ्चालक रोक्का बताउँछन् । “विगतमा त्यत्तिकै खेर जाने खोटो र खयरले राम्रो मूल्य पाएको छ, हजारौं स्थानीयहरु स्वरोजगार र आत्मनिर्भर हुन पुगेका छन्”—संचालक रोक्का भन्छन्– “हामीले तिर्ने रोयल्टीबाट दुर्गमका जिल्लाहरुमा खानेपानी, सडक, विद्यालय र समुदायको आवश्यकता अनुसारका थुप्रै संरचनाहरु पनि बनेका छन् ।”

उद्योगले विभिन्न जिल्लाका करिब ६ सय बिघा क्षेत्रफलमा पाउलानिया, मसला, अगरउड, रुद्राक्ष, बोधिचित्त, खयर लगायतका जातका विरुवा, जडीबुटी र रुख रोपेको रोक्काले बताए । उनले भने– “करिब ७ लाख बिरुवा रोपेका छौं, एक डेढ लाख त काट्ने भइसके ।”

अहिले उद्योगमा नयां प्रविधिका मेशिन जडान गरी स्वचालित बनाइएको छ । जसबाट उत्पादन क्षमता त बढेको छ तर कच्चा पदार्थको अभाव छ । पूर्णतया स्वदेशी कच्चा पदार्थको प्रयोगबाट उत्पादन गरी विदेश निर्यात गर्ने उद्योग भए पनि उद्योगले भोग्नुपरेको चर्को रोयल्टी शुल्क, चर्को बैंक ब्याज दर, निर्यातजन्य उद्योगलाई दिनुपर्ने सुविधा नदिइएकोप्रति सरकारको नजर पुग्न नसकेको उद्योगी रोक्काको गुनासो छ ।

विदेशमा रोजिनको मूल्य घटेको अवस्थामा नेपालमा रोयल्टी ८ रुपैयाँ प्रतिकेजीबाट एकैचोटि १२ रुपैयाँ पु-याइँदा आफूहरु मर्कामा परेको रोक्का बताउँछन् । निर्यातजन्य उद्योगलाई संरक्षण र प्रबद्र्धन गर्ने सरकारको स्पष्ट नीति नहुँदा राम्रो सम्भावना हुँदाहुँदै पनि यस्ता प्रकृतिका उद्योगहरु १८ वटाबाट घटेर आधा दर्जनमा झरेको उनले खुलस्त पारे ।

“सरकार रोयल्टी र कर मात्रै बढाउँछ, तर यस्ता उद्योगलाई कसरी संरक्षण र सहुलियत प्रदान गर्ने भन्ने कहिल्यै सोच्दैन”–उद्योगका प्रबन्धक दीपकले भने, “हाम्रा उत्पादनले चीन, ब्राजिल, अर्जेन्टिना लगायतका विकसित देशहरुसँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ । तर सरकारबाट कुनै सहयोग पाएका छैनौं ।”

खोटो संकलन गर्न स्थानीय कामदारलाई प्रतिव्यक्ति २५ हजारदेखि ५० हजार रुपैयाँसम्म पेश्की रकम दिनुपर्दा करोडौं रकम अतिरिक्त लगानी गर्नुपर्ने अवस्था रहेको उद्योगीको भनाइ छ । विगतमा त्यत्तिकै खेर जाने खोटो र खयरले राम्रो मूल्य पाएको छ, हजारौं स्थानीयहरु स्वरोजगार र आत्मनिर्भर हुन पुगेका छन् । उत्पादित खोटो र खयर संकलन गरी उद्योगसम्म पु¥याइदिने काम राज्यले गर्नुपर्ने, निर्यातजन्य उद्योग भएकाले जिल्ला र पालिकैपिच्छे विभिन्न नाममा कर लिन नहुने उद्योगी रोकाको माग छ ।

हजारौंलाई यसरी बनाउन सकिन्छ उद्यमी

उद्योगका सञ्चालक वसन्त रोक्काले नेपालको ६० लाख हेक्टर वनमध्ये १० प्रतिशत अर्थात ६ लाख हेक्टर वनक्षेत्र खाली रहेकाले त्यसमा वृक्षारोपण गर्नुपर्ने सरकारलाई सुझाउँछन् । यो खाली वन क्षेत्रमा एक हेक्टरमा १६ सय विरुवाका दरले विरुवा रोप्ने हो भने विरुवा हुर्केपछि वर्षदिनमा ३ खर्ब रुपैयाँ आम्दानी लिन सकिने रोक्काको दाबी छ ।

“१० प्रतिशत खाली रहेको वन क्षेत्रमा वृक्षारोपण गर्ने हो भने वर्षमा करिब तीन खर्ब आम्दानी लिन सक्ने अध्ययनले देखाएको छ”– रोक्का भन्छन्, “आम्दानी दिने जिम्मा हामी लिन्छौं सरकारले खाली रहेको वनलाई बिरुवा रोपेर हरियाली बनाओस् ।”

खयरको बिरुवा अरु खेती गर्न नमिल्ने ढुंगे बगर र गेग्रेटोमा पनि लगाउन सकिने, पानी पनि खासै नचाहिने र एकपटक हुर्केपछि तीन पटकसम्म त्यसको उत्पादन लिन सकिने भएकाले व्यावसायिक रुपमा यसको वृक्षारोपणलाई देशव्यापी अभियानका रुपमा लैजानुपर्ने उद्योगी रोकाको सुझाव छ ।

यसैगरी, उत्तरमा चीनको सीमादेखि दक्षिणमा भारतीय सीमासम्म बग्ने सबै नदीको दुवैतर्फ किनारमा बाँस र अम्रिसो खेती गर्नुपर्ने उनको सुझाव छ । “गण्डकी, कोशी, कर्णाली, नारायणी आदि नदी किनारको दाया बाया बांस र अम्रिसो लगाउन सकिन्छ, जाजरकोट हुंदै बग्ने भेरी नदी किनारमा हजारौंको संख्यामा रुख कटहर लगाउन सकिन्छ”–उनले भने, “यसमा हजारौं होइन लाखौं नेपालीलाई उत्पादनसंग जोड्न सकिन्छ करोडौंदेखि अर्बौंसम्म कमाउन सकिन्छ ।” रुख कटहरको फलबाट वाइन पनि बनाउन सकिने जसले विदेशी महंगो वाइनलाई विस्थापित गर्ने र रुखबाट काठ उत्पादन भई वर्षेनी लाखौं रोजगारी सिर्जना हुने रोक्काको सुझाव छ ।

तराईदेखि पहाडसम्मका खेतका आली र कान्लामा सफ्ट उड लगाउनुपर्ने उद्योगी बसन्त रोकाको सुझाव छ । सफ्ट उड पात झर्ने खालको विरुवा भएकाले त्यसबाट मल बनेर यसले बालीनालीलाई असर हैन झन् फाइदा गर्छ । एक बिघा खेतको आली र कान्लामा मात्रै २ सय बोट सफ्ट उड रोप्न सकिने रोका बताउँछन् । यसले वर्षमा न्यूनतम ६० हजार अतिरिक्त आम्दानी दिन्छ ।नेपालमा रहेको ६० लाख बिघा खेतीयोग्य जग्गामा प्रतिबिघा २ सयका दरले सफ्ट उड लगाउँदा एक वर्षमा ३६ करोड आम्दानी हुने उनको हिसाब छ ।

सरकारले उद्योगीका कुरा सुन्नुप-यो

उद्योगी बसन्त रोक्काले अघि सारेको अवधारणा संभावनायुक्त भएकाले राज्यले यस विषयमा थप अध्ययन गरी कार्यान्वयन गर्न सके मुलुकको ब्यापार घाटा कम गर्दै आत्मनिर्भर अर्थतन्त्र बनाउन कोशे ढुंगा सावित हुने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको तर्क छ । “आयातमा आधारित राजश्वका कारण पनि ब्यापार घाटा प्रत्येक बर्ष बढ्ने क्रममा छ, निर्यात प्रवद्र्धनको सम्भावना रहेको यस्ता उद्योग र अवधारणालाई राज्यले कार्यान्वयन गरे मात्रै ब्यापार घाटा कम गर्न सकिन्छ”–ढकालले भने–“सरकारले ठोस नीति र निर्णय नल्याएम्म मुलुकले समृद्धि हासिल गर्न सक्दैन ।”

 

मुलुकमा झण्डै १० खर्व रुपैयाँ बराबरको निर्यात सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको तर मुस्किलले २ खर्व हाराहारीमा मात्रै निर्यात हुन सकेको अवस्थामा उद्योगी बसन्त रोक्का र उनी जस्तै उद्योगीका नवीन सोंचमा साथ दिनुपर्ने उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरे बताउँछन् । “स्वदेशी उद्योगीको संरक्षण र निर्यात प्रवद्र्धनमा सरकार उदासीन हुँदा मुलुकमा खर्च र आम्दानीको खाडल वर्षेनी डेढ खर्ब पुगेको छ, चरम व्यापार घाटाले मुलुकको भुक्तानी सन्तुलनलाई नै गम्भीर असर गरिरहेको छ”–अध्यक्ष गैरेले भने–“रेमिट्यान्स र आयातको राजस्वका भरमा मुलुक चलाउने प्रवृत्ति अन्त्य गर्न सरकारले उद्योगीले अघि सारेका नवीन सोंच र मागलाई सुन्नैपर्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?