ट्रेंडिंग:

>> कर्णाली प्रदेश : राजीनामा दिने तयारीमा माओवादीका मन्त्री >> प्रहरी ऐनको संशोधन प्रस्ताव एक महिनाभित्र संसद्‌मा लैजान्छु-गृहमन्त्री लेखक >> लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको शल्यक्रिया सेवा पुनः सुचारु >> नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार >> रोम विधान अनुमोदन गर्न माग गर्दै प्रशासनमा ज्ञापनपत्र >> प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने >> रुपन्देहीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल

मलमा अनुदान कटौती गरिएकोप्रति नागरिक समाजको ध्यानाकर्षण

१ चैत्र २०७९, बुधबार
१ चैत्र २०७९, बुधबार

दाङ, १ चैत ।

नागरिक समाज दाङले सरकारले किसानहरुलाई रासायनिक मलमा दिंदै आएको अनुदानमा कटौती गरेपछि ध्यानाकर्षण भएको जनाएको छ । समाजका संयोजक केबी मसाल र सचिव नारायणप्रसाद श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै रासायनिक मलमा दिईदै आएको अनुदान कटौती गरी मलको मूल्य वृद्धि गरेर गरिब निमुखा किसानको ढाड सेक्ने काम भएको बताइएको छ । मूल्य वृद्धिको निर्णय सच्याउन उनीहरुले अपिल गरेका छन् । कृषि क्षेत्रको प्रवद्र्धन र विकासका लागि सरकारको प्राथमिकता हुनुपर्नेमा कृषि क्षेत्रलाई नै निरुत्साहित हुने गरी रासायनिक मलमा अनुदान कटौती गरिनु दुःखद रहेको विज्ञप्तिमा उल्लेख छ ।

कृषिजन्य उत्पादन दर प्रतिदिन बढाउँदै कृषिमा परनिर्भरता कम गर्नतर्फ सरकारले ध्यान नदिएको बताइएको छ । सरकारले गरेको निर्णयले किसान वर्ग मारमा पर्नुका साथै आयातलाई बढावा दिने काम गरेको विज्ञप्तीमा उल्लेख छ ।

कृषि क्षेत्रबाट विकास गर्नु पर्नेमा राज्य गम्भीर बन्नुको साटो देशको अर्थतन्त्र थप धरासायी बनाउने काममा सरकार लागेको विज्ञप्तीमा उल्लेख छ । किसानहरुलाई राहत र अनुदानको मात्रा बढाउँदै जानु पर्ने अवस्थामा मलमा अनुदान कटौती गरी मुल्य बृद्धि गरिनु गरिव किसानलाई मार्ने गम्भीर खेल भएको बिज्ञप्तीमा उल्लेख गरिएको छ । यस प्रकारका निर्णय फिर्ता लिई किसान र कृषि क्षेत्रको उत्थानमा गम्भीर बन्न ध्यानाकर्षण गराइएको छ ।

‘सरकारले किसानहरुलाई रासायनिक मलमा दिंदै आईरहेको अनुदान कटौती गरी अत्यधिक मुल्य वृद्धि गरिनु ठीक होईन’, विज्ञप्तिमा भनिएको छ, ‘यसले किसानको पक्षमा मात्रै होईन देशको समग्र व्यवस्थामा पनि असर गर्छ, यो निर्णय तत्काल फिर्ता लिई सहज, सुलभ रुपमा किसानलाई अनुदानमा मल उपलब्ध गराउन नागरिक समाज दाङ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’

समयमा मल नपाउने पीडामा रहेका किसानलाई सहुलियत दिनुको साटो कृषि क्षेत्र नै धरासायी बनाउने खेलमा नलाग्न सरोकार सबै निकायमा पनि विज्ञप्तिमार्फत ध्यानाकर्षण गराईएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले मूल्य वृद्धि भएको छ । बढेको मूल्यअनुसार अब युरिया मल प्रतिकिलो मूल्य २५ रुपैयाँ, डीएपी ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ । यसअघि १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास बिक्री मूल्य रहेको थियो ।

मलमा ७० प्रतिशत किसान अनुदान रहेकामा त्यसलाई कटौती गरेर ५९ दशमलव ४ प्रतिशतमा झारिएको मन्त्रालयले जनाएको छ । ११ दशमलव ७८ प्रतिशतले अनुदान कटौती गर्दा किसानलाई मलको खरिद लागत बढेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार युरिया मलको अनुदान शुन्य दशमलव ११ प्रतिशतबाट घटाएर ६४ दशमलव ४९ प्रतिशत कायम गरिएको छ । यस्तै डीएपी मलको अनुदान ५९ दशमलव ४ प्रतिशतबाट घटाएर ५२ दशमलव ३ प्रतिशतमा सीमित गरिएको छ भने पोटासमा दिंदै आइएको ५८ दशमलव २ प्रतिशत अनुदानलाई घटाएर ४६ दशमलव ०९ प्रतिशत कायम गरिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?