ट्रेंडिंग:

>> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै >> बर्दियामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिन मुख्यमन्त्री चौधरीको निर्देशन >> हात नफैलाऊ, पौरख देखाउ >> भीम प्रदेशको उत्कृष्ट अस्पताल >> पश्चिम दाङमा पुल बनाउन माटो परिक्षण >> ‘विश्व कीर्तिमान’ ले परिवारमा ‘हर्ष’ >> विश्व रेबिज दिवसः रेबिज के हो र कसरी बच्ने ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चार बुँदे सहमतिपछि ईःको आन्दोलन स्थगित >> बालविवाह गर्न लागेको जोडी प्रहरी आएको थाहा पाएपछि फरार >> मिस डायमण्ड नेपाल २०२३ को तयारी पूरा >> ट्रेक्टर र मोटरसाईकल एक आपसमा ठोकिदा ३ जना घाइते >> पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिन सुझाव >> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा
सम्पादकीय

अमानवीयताको पराकाष्ठा : दोषीमाथि कारवाही, निर्दोष रिहा गर

३० फाल्गुन २०७९, मंगलवार ०६:४०
३० फाल्गुन २०७९, मंगलवार ०६:४०

रुपन्देहीको सैनामैना नगरपालिका १० फुलबारीकी १४ वर्षिय बालिका सीता ज्ञवालीको झारफुकको नाममा दिइएको अमानवीय यातनाकै कारण मृत्यु भएको घटनाले सवैलाई चिन्तितमात्र होइन भावविह्वल बनाएको छ । आजको डिजिटल युगमा समेत यस प्रकारको झारफुकको भ्रममा हामी नेपाली बाँचीरहेका छौं, त्यो अर्को बिडम्वना हो । माता भनिने २२ बर्षीया सोनियाले दिएको अमानवीय र अन्तिम हदको यातना नै मृत्युको कारण हो भन्नेमा कसैलाई सन्देह छैन । सिता त्यसै त बिरामी थिइन, त्यसमाथि झारफुकको नाममा बोक्सी बकाउने भन्दै यातनाको अन्तिम हदसमेत पार भएको यो घटनाले माता भनिने सोनियालाई हदैसम्मको कारवाही हुनु जरुरी छ । आजको सूचना र सञ्चारको युगमा समेत नेपालीहरु अझैपनि झारफुकमा विश्वास गरिरहेका छन । बोक्सी बकाउने नाममा अमानवीय र निकृष्ट शैलीको यातना कुनैपनि अवस्थामा सैह्य हुन सक्दैन । यो अमानवीयताको पराकाष्ठा हो । शारीरिक यातनाको अन्तिम हदको अर्को किनारा हो । सायद यो भन्दा अर्को यातनाको हद हुँदैन । तसर्थ घटनामा प्रत्यक्ष संलग्न र यातना दिने माता भनिने सोनियामाथि हदैसम्मको कारवाही होस् । घटनाको भिडियो सार्बजनिक भएपछि मात्र माताको यातनाको बिषय छताछुल्ल भएको हो । त्यसभन्दा अघि पनि माताका नाममा र बोक्सी बकाउने नाममा कति निर्दोष बिरामीले माताको यातना पाएका थिए त्यो शब्दमा बयान गरेर सकिदैन् । सिताको मृत्युको घटनाले माताको करतुत पर्दाफास भएको छ । यातनाको भिडियो सार्वजनिक भएपछि प्रहरीले मातालाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ । यो घटनामा मलामी गएका १७ जना स्थानीय समेत अनुसन्धानमा तानिएका छन । बोक्सी बकाउने नाममा यातना दिदै गरेको अवस्थामा घटनास्थलमै रहेकाहरुमाथि पनि कारवाही हुनुपर्ने माग भएको छ । तर, यातनाबाट सिताको मृत्यु भएपछि घटनाको बिषयमा जानकारी नभएका स्थानीय गाउँलेहरुलाई मलामी जान बोलाएपछि सामाजिक उत्तरदायित्व सम्झेर मलामी गएकाहरु निर्दोष छन् । रातीको समयमा फोन गरेर मलामी जानुप¥यो भनेपछि घटनाको बिस्तृत विवरण वा रिपोर्ट कोही कसैले पनि हेर्दैन । गाउँघरमा मर्दापर्दा बोलाएपछि स्वाभाविक रुपमा जानु सवैको दायित्व हो । स्थानीय गाउँलेहरु पनि गाउँघरको दायित्व अनुसार घाट गए । कसैले पनि मृत्युको बिषयमा प्रश्न उठाएनन् । उठाउने कुरा पनि भएन । किनभने मृत्यु जो कसैको घरमा पनि हुन सक्ने आकस्मिक घटना हो । स्थानीय छिमेकीहरुले पनि मलामी गएर आफ्नो कर्तब्य पूरा गरेकै हुन ।

घटना भएको नौं दिन बितेको छ । भिडियो सार्वजनिक भएपछि सवैकुरा बाहिर सार्वजनिक भएको छ । मलामी गएकाहरु पनि घटनाको अनुसन्धानमा तानिएका छन । शारीरिक यातना दिएर सिताको मृत्यु भएपछि मृतकको शव बाहिर राखिएको अवस्थामा मलामी जान भन्दै आग्रह गरिएका कारण माताको घरमै पुगेका छिमेकी पक्राउ परेका छन । निश्चितरुपमा घटनाको अनुसन्धानमा जो कोही पनि पर्न सक्छन । प्रहरीलाई घटनाको अनुसन्धानमा सहयोग गर्नुपर्दछ । तर, स्वाभाविक रुपमा मलामीकै रुपमा जो जो माताको घरसम्म पुगे र मलामी गए ती निर्दोष हुन भन्दा अत्युक्ति हुँदैन । तसर्थ उनीहरुमाथि छानवीन गरेपनि छिटोभन्दा छिटो रिहा गर्ने वातावरण तयार होस् । छिमेकमा भएको घटनाको बिषयलाई लिएर प्रहरी प्रशासनले अनुसन्धानमा तान्नु पनि स्वाभाविक हो । अनुसन्धानमा छिमेकीहरुले समेत साथ र सहयोग दिनुपर्दछ । घटनाको भिडियो सार्वजनिक भैसकेकोले शारीरिक यातनाबाटै मृत्यु भएको बिषयमा धेरै तर्क बितर्क गर्नैपर्दैन । तसर्थ अनुसन्धानमा जोडिएका छिमेकीहरु निसन्देह रिहा हुन्छन् । सवाल छिटो भन्दा छिटो अनुसन्धान टुङ्गो लगाएर निर्दोष छिमेकीहरुलाई रिहा गर्ने वातावरणमा प्रहरी प्रशासनले नै भूमिका खेल्नु जरुरी छ । कतै यो घटनाले हाम्रो समाजलाई बिचलित बनाउने नै हैन भन्ने प्रश्न पनि उत्पन्न भएको छ । अव कसैले बोलाएको नाममा मलामी जाँदा समेत बिचार पु¥याउनु पर्ने अवस्था देखिएको छ । यस प्रकारका घटनाले सामाजिक बाताबरणमा असर पर्न सक्छ । तसर्थ यो घटनामा दोषीमाथि कारवाही र निर्दोष छुट्ने वातावरण बनोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?