ट्रेंडिंग:

>> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता
मुख्य खबर

मौरीले दियो अधिकारीलाई खुसी

२९ फाल्गुन २०७९, सोमबार
२९ फाल्गुन २०७९, सोमबार

चन्द्रौटा (कपिलवस्तु),  फागुन – मोहन अधिकारी एक कृषक हुन् । उनी एक दशकदेखि मौरी पालन गर्दै आएका छन् । उनले २०६७ सालमा १२ हजार लगानी गरेर पहिलो प्रयास गरे । उनले रहरै–रहमा मौरी पालन व्यवसाय सुरु गरेका थिए । केही समयपछि उनको प्रयास सफल हुने संकेत दियो ।
कपिलवस्तुको शिवराज नगरपालिका–५,चन्द्रौटा निवासी अधिकारी कम्प्युटर तथा मोबाइल पसल सँगसँगै मौरी पालन व्यवसायको प्रयास गरेका थिए । उनको दिनचर्या राम्रै चल्दै गयो । पसल सँगसँगै मौरी पालन गर्दा मनग्ये आम्दानी हुन सकेको थिएन । तर मौरी पालनले आफूलाई आनन्द समेत दिएको उनले सुनाए ।
चन्द्रौटा बजारमा राम्रै चलेको पसल केहि बर्षपछि पसल बन्द गरेर मौरी पालनसँगै २ बर्ष सम्म इन्टरनेट कम्पनी समेत सञ्चालन गरे । मौरी पालन व्यवसाय फस्टाउँदै गएको देखेपछि अहिले ६ बर्ष यता उनी पूरा समय मौरी पालनमा दिएको अधिकारी बताउँछन् ।

सामाजिक सञ्जाल युटूवको सहायताले मोरी पालनको ज्ञान हासिल गरे । यस्तै स्वदेशी तथा विदेशी मौरी पालक कृषकको भ्रमण गर्ने अवसर पाएको उनले बताए । मौरी पालन व्यावसायलाई प्रवर्द्धन गर्दै त्यसैमा पैशागत रुपमा फस्टाउँदै गयो । अधिकांश युवा वैदेशिक रोजगारीमा हुँकिएको बेला आफूले स्ट्रगल गरिरहेको जनाए । एक घारबाट सुरु गरेको मौरी पालन अहिले लोभ लाग्दो छ ।
सुरुवातमा कृषक अधिकारीले आफ्नो उपभोगको लागि मात्र उत्पादन गरेको भए पनि अहिले सयौं घार मह उत्पादन गरेर बजारमा समेत बेच्ने गरेको उनी बताउँछन् । “पहिलो १ घार ल्याएर सिक्दै गरेको मौरी राम्रो हँदै गयो ।“ उनले भने ः “त्यसबारे अनुसन्धान गर्दै उन्नत प्रजातिको मौरी पहिचान गरि गर्भधारण गर्ने प्रक्रिया बुझेँ अहिले सहज छ ।“
सरकारले वास्तविक किसान पहिचान गर्न नसक्दा अहोरात्र खटिने किसान पिडामा रहेको उनले सुनाए । कागजी किसान बनेर सरकारी अनुदान खाने नक्कली किसानको पहिचान नगरेसम्म उत्पादन नबढ्ने अधिकारीको भनाइ छ ।
भारतीय मौरी फर्म अवलोकन गर्दा भारतको कन्टेनसमा नेपालमा फ्लोरिङको व्यवस्थापन नहुँदा नेपालमा असहज भएको बताउँदै व्यवस्थापन गर्न सके यो व्यवसाय फस्टाउन सक्ने कृषक अधिकारीले जनाए । परम्परागत कृषि प्रणालीमा आधारित नभएर हाल आधुनिक तरिकाले व्यवसायमा लाग्नुपर्ने देखिन्छ ।
कम्तिमा एक किसानले १० देखि १५ विग्हा क्षेत्रफलमा उचित तरिकाले व्यावसाय गर्ने सरकारले अवधारणा नल्याएसम्म आत्मनिर्भर नहुने उनले बताए । जसले गर्दा कृषि विज्ञ पनि कृषकहरुको सम्पर्कमा रहने अधिकारी बताउँछन् । स्वादेशमा प्राकृति स्रोत रहेकोले रोजगारीका अवसरसँगै आयस्रोत मनग्ये आम्दानी गर्न सकिन्छ ।
सम्बन्धित पेशाबारे स्थानीय सरकारका कर्मचारी लगायत संघ संस्थाले प्रवर्द्धन, संरक्षणमा सहयोग नपुगेको समेत उनले गुनासो पोखे । यदि नेपालमा कृषि प्रविधि लगायतका सामग्री सरकारले उपलब्ध गराउन सके उत्पादन गरेको वस्तुबाट आफूले उपभोग गरेर ८० प्रतिशत निर्यात गर्न सक्ने अधिकारीले जिकिर गरे । मानव सभ्यतालागि मौरी पालन आवश्यक रहेको समेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?