ट्रेंडिंग:

>> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै >> बर्दियामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिन मुख्यमन्त्री चौधरीको निर्देशन >> हात नफैलाऊ, पौरख देखाउ >> भीम प्रदेशको उत्कृष्ट अस्पताल >> पश्चिम दाङमा पुल बनाउन माटो परिक्षण >> ‘विश्व कीर्तिमान’ ले परिवारमा ‘हर्ष’ >> विश्व रेबिज दिवसः रेबिज के हो र कसरी बच्ने ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चार बुँदे सहमतिपछि ईःको आन्दोलन स्थगित >> बालविवाह गर्न लागेको जोडी प्रहरी आएको थाहा पाएपछि फरार >> मिस डायमण्ड नेपाल २०२३ को तयारी पूरा >> ट्रेक्टर र मोटरसाईकल एक आपसमा ठोकिदा ३ जना घाइते >> पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिन सुझाव >> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा
सम्पादकीय

राप्ती नदीमा दोहन : प्रदेश सरकारको ध्यानाकर्षण होस्

२९ फाल्गुन २०७९, सोमबार ०८:५३
२९ फाल्गुन २०७९, सोमबार ०८:५३

लुम्विनी प्रदेशको राजधानी देउखुरीको राप्ती नदीमै नदीजन्य पदार्थको खुलेआम चोरी निकासी बढेको समाचारले आम प्रदेशबासीको ध्यानाकर्षण भएको छ । प्रदेश राजधानीकै यस्तो अवस्था छ भने अन्य जिल्लाका नदी र खोलाहरुबाट नदीजन्य पदार्थको दोहन कति भयो होला ? कति चोरी भएको होला ? त्यसका कारण प्रदेशको राजस्वमा कति नोक्सानी भयो ? सोचनीय बिषय छ । प्रदेश राजधानीमा अहिले देशकै ध्यान छ । प्रदेश सरकारले प्रदेश राजधानी गुरुयोजना बनाएर राजधानी निर्माणको काम अघि बढाउने तयारी गरेको छ । त्यसका लागि मुख्यमन्त्री लिला गिरिले शिलान्यास समेत गर्नुभएको छ । प्रदेश राजधानी निर्माणको लागि ठूलोमात्रामा नदीजन्य पदार्थको आवश्यकता पर्ने निश्चित छ । तर, त्यसको पूर्व सन्ध्यामा राप्ती नदीबाटै चोरी निकासी हुनु त्यो पनि खुलारुपमा निर्वाधरुपमै हुनुले यो देशमा कानुनी शासनको उपहास भएको त होइन भन्ने प्रश्न उत्पन्न भैरहेको छ । यद्यपि यो काम अहिलेमात्र होइन धेरै पहिलेदेखि भएको छ । सवाल के हो भने प्रदेश राजधानी सोही क्षेत्रमा सरेपछि प्रदेश सरकारको ध्यानाकर्षण हुनुपर्ने हो । प्रदेश सरकारको नभएपनि पालिकाहरुको ध्यान जानुपर्ने हो तर त्यो पनि नहुनु दुःखद पक्ष हो । अर्कोतर्फ पालिकाहरुले नदीजन्य पदार्थको समयमै ठेक्का नलगाउनु पालिकाहरुको कमजोरी हो । यही कमजोरी र मनोमानीका कारण राप्ती नदीमा आश्रित सिंचाईका नहर जोखिममा परेको छ । यो विषयमा सम्वन्धित निकायको ध्यान जानुपर्दछ । अर्कोतर्फ राप्ती नदी क्षेत्रमै जेसिबीको प्रयोग भएको छ । त्यसले जथाभावी दोहन गर्दा सिचाईं प्रभावित हुने अवस्था देखिएको छ । दाङका जनताका लागि सिंचाईको ठूलो माध्यम बनेको राप्ती नदीको अवैध उत्खननले राप्ती गाउँपालिका हजाराँै हजार जमिन सिचाई हुँदै आएको प्रगन्ना तथा वड्कापथ सिचाइ आयोजना नहरको मुहान समेत प्रभावित भैरहेको समाचारले अव तत्काल यो विषयमा प्रदेश सरकारको ध्यानाकर्षण हुनु जरुरी छ । नहरको मुल नै प्रभावित वन्ने अवस्थामा सिंचाईको सहारा बनेको राप्ती नदीको संरक्षणको चिन्ता थपिएको छ ।

बालुवा, ढुंगा, गिट्टीजस्ता नदीजन्य पदार्थ उत्खनन्का कारण केवल राप्तीको सिंचाईमात्र प्रभावित भएको छैन, नदीबाट जति मात्रामा नदीजन्य पदार्थ उत्खनन भयो त्यति नै बढी माथिको चुरे तटीय क्षेत्र जोखिममा पर्दछ । वातावरणविदहरु नदीको तल्लो तटीय क्षेत्रको संरक्षणसंगै माथिल्लो चुरे क्षेत्रको संरक्षण पनि उत्तिकै आवश्यक रहेको बताउँछन । नदीजन्य पदार्थको अधिक दोहनले नदी गहिरिँदै माथिल्लो चुरे क्षेत्रको अस्तित्व समेत संकटमा पर्ने वातावरणविदहरुको अध्ययनले देखिएको छ । तसर्थ अव भित्री मधेश र तराई क्षेत्रका नदीबाट दोहन गरिने यस्ता वस्तुका कारण प्राकृतिक बिपत्तिको जोखिम बढिरहेको छ । यसतर्फ सम्वन्धित निकायको ध्यान जाओस् । यसअघि प्रदेश सभामा प्रदेशका विभिन्न नदीबाट गिट्टी, बालुवा तथा ढुंगा उत्खनन् गरी प्राकृतिक स्रोत–साधन दोहन भएको कुरा सांसदहरुले बारम्बार उठाएका हुन । अहिले बल्ल प्रदेश सरकार बनेको छ । प्रदेश राजधानीकै किनारबाट अवैध दोहन हुँदा पनि नजिकै रहेको प्रदेश सरकारको प्रशासन संयन्त्र चुप वस्नु राम्रो होइन । यसमा प्रदेश सरकारकोमात्र होइन प्रदेश सरकारको प्रशासन संयन्त्रको ध्यानाकर्षण जरुरी छ । राप्ती दोहनले ऐतिहासिक सिंचाई आयोजना प्रभावित भैरहेकोले प्रदेश सरकारसंगै स्थानीय पालिकाहरुको ध्यान समेत जानु जरुरी छ । अवका दिनमा यो बिषयमा प्रदेश सभाका सांसदहरुले प्रदेश सभाका माध्यमबाट प्रदेश सरकारको ध्यानाकर्षण गराउने बेला आएको छ । अर्कोतर्फ राप्ती किनारका पालिकाहरुले नदी दोहनका घटना नियन्त्रणमा चासो दिनु जरुरी छ । प्रदेश राजधानी किनारको राप्तीमा भैरहेको नदीजन्य पदार्थको दोहन नियन्त्रणका लागि तत्काल प्रदेश सरकार र पालिकाहरुको ध्यानाकर्षण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?