ट्रेंडिंग:

>> पूर्वमन्त्री आफताब आलमलाई जन्मकैदको फैसला >> टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश >> गोर्खा २ प्रचण्डलाई छाड्नु गल्ती भन्दै बाबुरामले मागे माफी >> एमालेभित्रको निषेधको राजनीतिले नयां घुम्तीमा पु-यायो : रावल >> कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत >> भलिबल प्रतियोगितामा सहिद स्मृति क्लब बुटवल प्रथम >> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत

उपाधिका लागि रोयल शंकरनगर र लुम्बिनी कासाई भिड्ने

८ मंसिर २०७५, शनिबार
८ मंसिर २०७५, शनिबार

रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि रोयल शंकरनगर र लुम्बिनी कासाई ग्लाडियटर्स भिड्ने भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा शुक्रबार भएको पहिलो सेमीफाईनलमा रोयल शंकरनगरले बुटवल डाईनामाईटलाई २ विकेट तथा दोस्रो सेमीफाईनलमा लुम्बिनी कासाईले मणिग्राम किङ्गलाई ७२ रनले पराजित गर्दै फाईनल भिडन्त पक्का गरेको हुन् ।
उपाधिका लागि शनिबार रोयल शंकरनगर र मणिग्राम किङ्स लुम्बिनी कासाई बिचफाईनल खेल हुने छ ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ्ग रोज्दै बुटवलले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ६७ रनको लक्ष्य खडा गरेको थियो । बुटवलका ओपनर ब्याट्सम्यान मृनल गुरुङ्ग र भुवनले राम्रो शुरुवात गरेपनिजोडी लामो समय टिक्न सकेन । मृनल ३६ बलमा ३१ र भुवन १५ बलमा १५ रनमा आउट भए । यो संगै बुटवलका ब्याट्सम्यान दबाबमा रहे । चौथौ नम्बरका देव खनालले १ छक्का र ५ चौकाको मद्दतले ३५ तथा सौरभ खनाल २ छक्का र २ चौकाहान्दै २३ रन बनाए । छैटौ नम्बरमा मैदान छिरेका बुटवलका हरि बहादुर चौहान नटआउट रहँदै ३ छक्का र ४ चौकाको मद्दतले १८ बलमा ४३ रन बनाएका थिए ।
शंकरनगरका रोहित पौडेल ४ ओभरमा ५३ रन दिदै २ विकेट लिएका थिए । मध्यमलक्ष्य पछयाएको शंकरनगरले ४ बल अघि जित हासिल गर्यो । ओपनर सुनिलकुमार सार्की र सन्दिप सुनारले पहिलो दुई ओभरमा३१ रनको साझेदारी गरेका थिए । तर जोडी लामो चल्न सकेन । सौरभको बलमा सुनिल टिमको ४७ रन बनाउदा साहब आलमको क्याच आउट हुनपुगे । तेस्रो नम्बरमा मैदान छिरेका बिशालखत्री केवल ४ रनमा नै अभिषेक गौतमको बलमा हरि बहादुर चौहानको क्याच भए । लगातार विकेट झरिरहेका बेलापारीलाई चौथौ नम्बरका रोहितकुमार पौडेल र सुसान्तभारीले सम्हाले । रोहितले ४३ बलमा ६४ र सुसान्तले १९ बलमा १९ रनको योगदान दिए । बुटवलका सौरभ खनाल र हरजितसिहले समान २–२ विकेट लिएकाथिए । रोयलशंकरनगरका रोहित पौडेल म्यानअफदी म्याचबाट पुरस्कृत भए ।
शुक्रबार नै भएको दोस्रो सेमीफाईनलमा मणिग्राम किङ्गले टस जितेर लुम्बिनीकासाई ग्लाडियटसलाई ब्याटिङ्गको निम्तो दिएको थियो । लुम्बिनीका ओपनर कुशल मल्लले खराब शुरुवात गरे । उनि केवल ८ बल खेल्दै १ रन बनाएर मोहमोद हुसैनको बलमा कृष्ण कार्कीको क्याच हुनपुगे । लुम्बिनीको पारीलाई सुमन पाण्डे र सुनिलधवलले सम्हाले । सुमनले १६ बलमा १९ र सुनिलले ३९ बलमा ४८ रन बनाए । त्यसपछि लगातार ब्याट्सम्यानक्रिजमा टिक्न सकेनन । अन्तिमदुई ओभरमा लुम्बिनीका रूपेश कुर्मीले २ छक्का र ३ चौकाको मद्दतले ११ बलमा २६ रन जोडेकाथिए । पुरै २० ओभरमा लुम्बिनीले १ सय ५१ रनको लक्ष्य खडा गरेको थियो । मणिग्रामका अमर सिह रौटेलले ४ तथा कृष्ण कार्कीले २ विकेट लिएका थिए ।
मध्यम लक्ष्य पछ्याएको मणिग्रामका ब्याट्सम्यानलाई लुम्बिनीका बलरहरूले क्रिजमा टिकेर साझेदारी गर्ने मौका नैदिएनन । पहिलो ओभरको पाचौ बलमानै कुशल मल्लले ओपनर इमरान खानलाई बोल्ड गरिदिए । दोस्रो ओभरमा दुर्गेश कुर्मीले अर्का ओपनर राहुल लोहारलाई केवल ६ रनमा नै बोल्ड गर्दै पेभिलियन फकाई दिए । यो संगै मणिग्रामको ब्याटिङ्ग धरमरायो । सन्दिप रजालीले १ छक्का र ४ चौकाको मद्यतले ३२ बलमा ३० र नवौ नम्बरमा मैदान छिरेकामोहमद हुसैनले १३ बलमा नटआउट ११ रनबाहेक अन्य ब्याट्सम्यानचल्न सकेनन । मणिग्रामका ब्याट्सम्यान १९ ओभरमा केवल ७९ रनमा समेटिएको थियो । कम स्कोरमा समेट्न लुम्बिनीका रूपेश कुर्मीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिएका थिए । यसैगरि कुशलमल्लले ३ ओभरमा १० रन खर्चेर २ मेडलसहित १ विकेट तथादुर्गेस कुर्मी, प्रदिप जयसवाल र महेशपति मिश्राले समान २–२ विकेट लिएका थिए । लुम्बिनीका रूपेश कुर्मी म्यानअफदी म्याचबाट पुरस्कृत भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?