ट्रेंडिंग:

>> बागमतिमा मुख्यमन्त्रीलाई विश्वासको मत दिए मन्त्रीलाई कारवाही : घिमिरे >> सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरुलाई प्राधिकरणको आग्रह >> नमुना महिला विकास सहकारीको स्थापना दिवस >> स्थानीय वायुले देशभरको मौसम बदली >> आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार दोस्रो जित >> नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि >> प्रदेशमा अपाङ्गता कार्यक्रमः सीप बिर्सदै पूर्वाधारको पछिपछि >> प्रि मनसुनको जोखिम र सावधानी >> मधेशमा बिकराल बन्दै मिटर ब्याजको समस्या >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण

समूह ‘ए’ मा रोयल शंकरनगर र लुम्बिनी कासाई सेमीफाईनलमा

६ मंसिर २०७५, बिहीबार
६ मंसिर २०७५, बिहीबार

रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोमाञ्चक मोडमा आएको छ ।
तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लबको खेल मैदानमा समुह बि अन्तर्गत भएको खेलमा एनएससिए टाईगर्सले नुसी वारिर्यसलाई ५ विकेटले पराजित गरेको छ । यो समुहमा स्पष्ट दुई खेलमा जित निकाल्दै मणिग्राम किङ्ग सेमीफाईनलमा स्थान पक्का गरेको छ भने ।
टाईगर्स, नुसी र बुटवल डाईनामाईट समान २–२ अंक सहित बिहीबारको अन्तिम खेलको पखाईमा रहेको छ । अन्तिम खेलमा बुटवल डाईनामाईटलाई मणिग्राम किङ्गमाथि जित निकाल्दै पर्ने हुन्छ भने हार भए नेटरनरेटको आधारमा नुसी सेमीफाईनलमा प्रवेश गर्ने छ । समुह ए मा रोयल शंकरनगर र लुम्बिनी कासाई दुई–दुई खेलमा जित निकाल्दै स्पष्ट ४–४ अंक जोड्दै सेमीफाइनलमा प्रवेश गरेका छन । भने रोयल च्यालेन्जर भैरहवा र ज्ञानोदय बाहिरिएको छ ।
बुधबार भएको खेलमा टस जितेर ब्याटिङ्गको निणर्य गरेको एनएससिए टाईगर्सले निर्धारित २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ६४ रनको लक्ष्य खडा गरेको थियो । टाईगर्सका पुष्प थापा ५० बलमा ४९ रन बनाउँदै नटआउट रहे । यसैगरि ओपनर मनिष थापाले ३० बलमा ३४ रन तथा बिक्रम भुषालले २२ बलमा ४५ रनको योगदान दिएका थिए । नुसीका यम क्षेत्रीले खराब बलिङ्ग गर्दै ४ ओभरमा ३९ रन खर्चे भने कुनै विकेट लिन सकेनन् ।
मध्यम लक्ष्यलाई पछ्याएको नुसीको ब्याटिङ्ग लाईन शुरुवातबाट नै धरमराएको थियो । ओपनर महेश राना २१ बलमा ९ रन तथा अर्को ओपनर अजय कौशलिया ६ बलमा केवल १ रन बनाउदा अनिल खरेलको बलमा मेहन्द्रको क्याच हुन पुगे । तेस्रो नम्बरका ब्याट्सम्यान कुशल भ्रुतेलले ४५ बलमा ८४ रन जोडेपनि त्यो जितका लागि पर्याप्त हुन सकेन । नुसीका ब्याट्सम्यान अन्तिम ओभरसम्म ७ विकेटको नोक्सानीमा केवल १ सय ५९ रन बनाउन सफल भयो । टाईगर्सका अनिल खरेलले र पुष्प थापाले समान २२ विकेट लिएका थिए । खेलमा टाईगर्सका पुष्प थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
बुधबार नै भएको समुह ए अन्तरगतको पहिलो खेलमा ज्ञानोदय गोल्डसलाई रोयल च्यालेन्जर भैरहवाले ३४ रनले पराजित गर्दै आफनो टिमलाई २ अंक जोड्न सफल भएको छ । टस जितेर ब्याटिङ्ग गर्न मैदान छिरेको भैरहवाका ब्याट्सम्यान निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय २८ रन जोडेका थिए ।
भैरहवाका ओपनर आसुतोष पासवानले २५ बलमा २२ रन तथा सुशान्त थापाले २५ बलमा १९ रन जोडेका थिए । यो खेलमा सोनु तामाङ्ग चल्न सकेनन् । चौथो नम्बरमा ब्याटिङ्ग गर्न मैदान छिरेको उनी रोशन क्षेत्रीको बलमा बिशालको क्याच आउट भएका थिए । पाचौ नम्बरका ब्याटसम्यान गणेश गौडेलले २३ तथा सातौं नम्बरका ब्याट्सम्यान ईकलाख अहमदले २७ रन जोड्दै टिमलाई सम्मानजनक स्कोरमा पु¥याएका थिए ।
ज्ञानोदयका रोशन क्षेत्रीले ३ तथा जितेन्द्र शाहनीले २ विकेट लिएका थिए । १ सय २९ रन पछ्याएको ज्ञानोदयका ब्याट्सम्यानले राम्रो शुरुवात गरेका थिए । ओपनर सुनिल धमला २ छक्का र २ चौकाको मद्दतले ३४ बलमा ३९ रन तथा मनिष पौडेलले २७ बलमा ११ रन जोडेका थिए । धमला ईकलाख अहमदको बलमा क्लिनबोल्ड भएसँगै ज्ञानोदयका ब्याटिङ्गलाईन धरमरायो । तेस्रो नम्बरका निर्मल थापा ४, चौथो नम्बरका बिशाल सुनार शुन्य र पाचौ नम्बरका प्रथम पराजुली केवल १ रन बनाएर आउट भएका थिए ।
छैटौ नम्बरका देबेन्द्रे सोमरेले १६ बलमा २१ रन बनाएपनि अन्य ब्याटसम्यान क्रिजमा टिक्न नसक्दा ज्ञानोदय पराजित हुन पुग्यो । पुरै ओभर खेल्दै ज्ञानोदय ९ विकेट गुमाउर्दै ९४ रनमा समेटिएको थियो । कम स्कोरमा रोक्न भैरहवाका ईकलाख अहमदले ४, अहमद हुसैनले ३ तथा धिरज शाहीले २ विकेट लिएका थिए । खेलमा भैरहवाका ईकलाख अहमद म्यान अफ दी म्याचबाट पुरस्कृत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?