ट्रेंडिंग:

>> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ

रोयल शंकरनगर र मणिग्राम किङ्गको दोस्रो जित

५ मंसिर २०७५, बुधबार
५ मंसिर २०७५, बुधबार

दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल शंकरनगर र मणिग्राम किङ्गले दुई–दुई खेलमा जित निकाल्दै स्पष्ट ४–४ अंक जोड्न सफल भएको छ । रोयल शंकरनगरले ज्ञानोदय गोल्डसमाथि ८ विकेट तथा मणिग्राम किङ्गले एनएससिए टाईर्गसलाई ३ रनले पराजित गरेको हो । प्रतियोगितामा ज्ञानोदय र टाईर्गस अंकविहिन हुँदै बाहिरिने सम्भावना बढेको छ ।
तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा भएको खेलमा टस जितेर शंकरनगरले ज्ञानोदयलाई ब्याटिङ्गका निम्तो दिएको थियो । ज्ञानोदयका ब्याटसम्यानहरू १९.३ ओभरमा केवल ९९ रनमा अल आउट हुन पुगे । ओपनर ब्याटसम्यान प्रथम पराजुली ६ बलमा ३ बनाउदै रन आउट भए भने अर्का ओपनर सुनिल धमला ११ बलमा १४ रन बनाएर सुशान्त भारीको बलमा सन्दिप सुनारको क्याच भए । यो संगै ज्ञानोदयका ब्याटिङ्गलाई चल्न सकेन ।

तेस्रो नम्बरका माधव बस्नेत ९ बलमा १ रन जोड्दै एलबीडब्ल्युको धरापमा परे र ज्ञानोदयका पारीलाई सातौ र आठौ नम्बरका ब्याटसम्यानहरू जितेन्द्र साहनी र आनन्द गौडले सम्हाले प्रयास गरेपनि रोयल शंकरनगरको कसिलो बलिङ्गका कारण टिक्न सकेनन । साहनीले ११ बलमा १२ तथा गौडले १४ बलमा २१ रन जोडेका थिए । रोयल शंकरनगरका रोहित पौडेल, सुशान्त भारी, सन्दिप सुनार र विष्णु कठौरियाले समान २–२ विकेट लिएका थिए ।
झिनो एक सयको लक्ष्यलाई रोयल शंकरनगरका ब्याट्सम्यानले ११ ओभरमा २ विकेटको नोक्सानीमा जित निकालेका हो । रोयल शंकरनगरको जितमा सन्दिप सुनारले १ छक्का ४ चौकाको मद्यतमा २६ बलमा ३२ रन जोडे । यसैगरि बिशाल खत्रीले २ छक्का र ५ चौकाको मद्दतले नटआउट रहदै ३२ बलमा ४२ रनको योगदान दिएका थिए । ज्ञानोदयका सुनिल धमला र देबन्द्र सोमरेले समान १–१ विकेट लिएका थिए । खेलमा रोयल शंकरनगरका सन्दिप सुनार म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
यसैगरि दोस्रो खेलमा टस जितेर एनएससिए टाइगर्सले फिल्डिङ्ग रोज्दै मणिग्राम किङ्सलाई ब्याटिङ्गको निम्तो दिएका थियो । मणिग्राम किङ्सका ब्याट्सम्यानहरू पुरै २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रनको लक्ष्य तयार गरेको थियो । शुरुवातमा खराब प्रदर्शन गरेको मणिग्राम किङ्सलाई तेस्रो नम्बरमा ब्याटिङ्ग गर्न मैदान छिरेका सन्दिप रजालीले पारी सम्हाले । उनले ५० बलमा ६४ रन बनाएका थिए । यसैगरि कृष्ण भुषालले नटआउट २३ बलमा १७ रन बनाएका थिए । अन्य ब्याट्म्यानले दोहोरो रन जोड्न सकेनन । टाईर्गसका अनिल खरेलले ३ तथा अर्जुन गिरीले २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको टाईर्गसका ओपनर चल्न सकेनन ।

मनिष थापा १६ बलमा ५ तथा शंकर राना १० बलमा ३ रन बनाउदै शुभाषको बलमा पेभिलियन फर्किएका थिए । पाचौ नम्बरका ब्याट्सम्यान सुरज दराईले पारी सम्हाले । उनले २६ बलमा ४० रनको योगदान दिए । यसैगरि बिक्रम भुषालले २४ बलमा २६ तथा लाल बहादुर थापाले ६ बलमा २० रन बनाएका थिए । टाईर्गसका ब्याट्सम्यान १९.५ बल पुरै विकेट गुमाएर १ सय २८ रनमात्र जोडे । मणिग्राम किङ्गका सुभाष विकले ३, कृष्ण पराजुली र अमरसिह रौतेलले समान २–२ विकेट लिएका थिए । मणिग्राम किङ्गका सन्दिप रजाली म्यान अफ द म्याचबाट पुरस्कृत भएका थिए ।
बुधबारको पहिलो खेलमा ज्ञानोदय गोल्डसले रोयल च्यालेन्जर भैरहवासंग तथा दोस्रो खेलमा नुसी वारिर्यसले एनएससिए टाईगर्ससँग प्रतिस्प्रर्धा गर्ने छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?