ट्रेंडिंग:

>> अर्घाखाँची र गुल्मीमा वनको डढेलो गाउँमा पस्दा ३० बढी घरगोठ जले >> बागेश्वरी संगीतालयले मनायो रजत जयन्ती >> आम्दानीको स्रोत बन्दै सालको पात >> एसीसी प्रिमियर कपः नेपाल हङकङसँग पराजित >> आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने ओली सच्चिएपछि अहिलेको समीकरण : भुसाल >> कानुनविपरित भर्ना शुल्क असुल्दै निजी विद्यालयः बुटवल उपमहानगर भन्छ– गुनासो आएको छ, अनुगमन गर्छौं >> हामीलाई कमजोर ठाने फेरि अर्को उथलपुथल : नेपाल >> लुम्बिनीसहित देशका विभिन्न प्रदेशमा ठूलो हावाहुरी, २४ घण्टे चेतावनी >> रास्वपा स्वार्थी, अस्थिर र डोलायमान : ओली >> एनजी मार्केटको बम्पर उपहार विजेतालाई डेढकरोडको घर बनाइदिने सम्झौता हस्तान्तरण >> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम

रिब्दीकोटमा कुमाल बालबालिकालाई खाजा

४ मंसिर २०७५, मंगलवार
४ मंसिर २०७५, मंगलवार

विद्यालयमा बालबालिका नियमित नभएपछि रिब्दीकोट गाउँपालिका, पाल्पाले विद्यालयमा दिवा खाजाको व्यवस्था गरेको छ । गाउँपालिकाको ख्याहा, जोगीथुममा रहको कालिका आधारभूत विद्यालयमा दिवा खाजाको व्यवस्था गरिएको हो । उक्त विद्यालय कुमाल बस्तीमा रहेको छ । खाजाका लागि गाउँपालिकाको सहयोग बाहेक स्वतन्त्र रूपमा १ लाख ६० हजार रकम संकलन भएको छ ।
विद्यार्थीको उपस्थिति न्यून र नियमित उपस्थिति नदेखिएपछि दिवा खाजा कार्यक्रम लागू गरिएको गाउँपालिकाका शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद बेल्बासले बताए । उनका अनुसार गाउँपालिकाले खाजा बापत प्रतिविद्यार्थी दैनिक २० रुपियाँ र खाजा व्यवस्थापन सहयोगीका लागि मासिक चार हजार दिने गरिएको छ । खाजा पकाउने भाँडा, खाने प्लेट र ग्याँसको व्यवस्था गरिएको छ । बालबालिका विद्यालयमा आएको हाजिरी अनुसार निकासा दिइएको र विद्यालयले बार अनुसार रुटिङ बनाएर खाजा खुवाइरहेको बेल्बासेको भनाइ छ ।
दिवा खाजाले विद्यालय छाड्ने र अनियमित हुने दर कम भएको विद्यालयका प्रधानाध्यापक सुरेश कुमालले बताए । खाजा शुरु भएपनि बालबालिकाहरू खुसी भएर विद्यालय आउँछन् प्रधानाध्यापक कुमालले भने, भोक लाग्यो भन्दै विद्यालय छाडेर जाँदैनन् । बालबालिकालाई बारपिच्छे चना अण्डा, रोटी तरकारी, हलुवा, पुलाउ तरकारी, फलफूललाई खाजाको रूपमा दिने गरिएको छ । उनले गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधी, संघसंस्थाहरूबाट दिवा खाजा व्यवस्थापनका लागि छुट्टै १ लाख ६० हजार रकम उठेको र उक्त रकमलाई बैंकको खातामा राखिएको कुमालको भनाइ छ । उक्त विद्यालयमा कक्षा १–८ मा १ सय ११ बालबालिका र बालविकास केन्द्रमा २० जना बालबालिका रहेका छन् ।
गाउँपालिकामा ३७ सामुदायिक र २ संस्थागत गरी ३९ वटा विद्यालय छन् । गाउँपालिकाले १५ विद्यालयलाई शिक्षण सहयोग अनुदानका लागि २० लाख बजेट विनियोजन गरेको छ । दरबन्दी शून्य रहेको, दरबन्दी कम रहेको र नीजी स्रोतका शिक्षक रहेका विद्यालयका लागि उक्त बजेट अनुदानको रूपमा कार्यविधि बनाएर दिइने गाउँपालिकाका प्रमुख नारायण बहादुर जिसीले बताए ।

…………………….
विद्यार्थीको उपस्थिति न्यून र नियमित उपस्थिति नदेखिएपछि दिवा खाजा कार्यक्रम लागू गरिएको हो । बालबालिका विद्यालयमा आएको हाजिरी अनुसार निकासा दिइएको र विद्यालयले बार अनुसार रुटिङ बनाएर खाजा व्यवस्थापन विद्यालयले गरिरहेको छ ।
बिष्णुप्रसाद बेल्बासे
शिक्षा शाखा प्रमुख, रिब्दीकोट गाउँपालिका, पाल्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?