ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ह्वील चियर वितरण >> राप्ती नदीमा माछा मार्ने क्रममा बगेर एक युवा वेपत्ता >> दाङमा मुटुका बिरामीको छैन तथ्याङ्क >> बुटवल उद्योग बाणिज्य संघको नेतृत्वका लागि अर्यालको प्यानल घोषणा >> बुटवलको समृद्धिको लागि औधोगिक क्षेत्र विकासको फड्को मार्ने थलो >> तिलोत्तमा–१३ को जनता माविमा निःशुल्क औद्योगिक प्रशिक्षण तालिम हुने >> एमाले कर्णाली अधिवेशनको निर्वाचन कार्यक्रम सार्वजनिक >> अभिनेता अनमोल केसी पक्राउ >> सल्यानमा जीप दुर्घटना, १५ जना घाइते >> बजार अनुगमनमा तीव्रता (फोटो फिचर) >> आयोग प्रभावकारी भए मात्र संसद र सरकार प्रभावकारी >> डाक्टर कुट्नेलाई कारवाही गर्न निर्देशन >> राजेश स्मृतिको विजयी शुरुवात >> मृगौला रोगीलाई ११ हजार रुपैया आर्थिक सहयोग >> एमाले बागमतीको मतदान फेरि एक बजे सर्‍यो >>  राष्ट्रिय फुटबल टोलीका विमल अस्ट्रेलिया पलायन >> एमाले बागमती अध्यक्ष चुन्न आज मतदान >> रविको चेतावनी : २०८४ को चुनावमा पुराना दल वा रास्वपा मध्ये एउटाको राजनीति सकिन्छ >> प्रधानमन्त्री प्रचण्ड पाण्डा प्रजनन केन्द्र हेर्न छेन्दुमा,भोलि नेपाल फर्कने >> आज विश्व मुटु दिवस, विभिन्न जनचेतनामूलक कार्यक्रमहरू गरी मनाइँदै >> एमाले कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै >> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै
सम्पादकीय

रुस युक्रेन युद्धको एक बर्षः क्षति रोक्न युद्धबिराम घोषणा गर

१६ फाल्गुन २०७९, मंगलवार ०९:२२
१६ फाल्गुन २०७९, मंगलवार ०९:२२

रुसले युक्रेनमाथि आक्रमण गरेको एक बर्ष पूरा भएको छ । गत बर्ष यही समयदेखि दुई देशबीच कायम तनाव युद्धमा परिणत भएपछि सारा विश्व त्यसको प्रभावबाट मुक्त हुन सकिरहेको छैन । फागुन १२ गते बिहानैदेखि रुसी सेनाले युक्रेनमाथि हमला थालेपछि सुरु भएको तनावले अहिले विश्व प्रभावित भएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेमा रुसमाथि आर्थिक नाकाबन्दी लगाउने र युक्रेनलाई हतियार तथा सैनिक सहयोग गर्न आफू बाध्य हुने चेतावनी अमेरिकालगायत पश्चिमा मुलुकले रुसलाई दिएका थिए तर त्यो चेतावनीका बाबजुद रुसले युक्रेनमाथि आक्रमण ग¥यो । युक्रेनको सार्वभौमिकता जोगाउन रुसको प्रतिकार गर्ने बताउँदै युक्रेनलाई आश्वस्त पारिरहेका अमेरिका, जर्मनी, बेलायत लगायतका ठूला देशले रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन । तरपनि युद्धको अन्त्य हुन सकेको छैन । रुस युक्रेन युद्धका कारण हजारौं नागरिकको मृत्यु भएको छ । लाखौं मानिस प्रभावित भएका छन । विशेषगरि विश्व आर्थिक क्षेत्रमा गंभीर असर परेको छ । युक्रेन कुनै बेला सोभियत संघकै हिस्सा थियो तर रुसको होइन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्व सोभियत संघ फर्काउने सपना हो भने त्यो अब सम्भव छैन । त्यो ठूलो मूल्य चुकाउने भविष्य बन्न सक्छ । इतिहासकै कुरा गर्दा सन् १९९१ को डिसेम्बर २५ मा मिखाइल गोर्भाचोभले राष्ट्रपति पद धान्न सकेनन् । राजीनामा दिए । सोभियत संघले लिएको गलत अर्थनीतिका कारण मानिसलाई पाउरोटी किन्न घन्टौँ बिताउनुपर्ने भयो । बजार हाहाकार थियो । सन् १९५० देखि अन्तरिक्ष होडबाजीमा राज्यको सम्पत्तिको ठूलो हिस्सा त्यसतर्फ खर्च भयो । जसका कारण मिखाईलको सत्तापलट भयो । अहिले मिखाईलकै बाटोमा भ्लादिमिर पुटिन हिँड्ने प्रयास गरिरहेका छन । यदि त्यो हो भने अव त्यो उनको दिवास्वपना बन्ने निश्चित छ । उनको पनि मिखाईलकैजस्तै पतन निश्चित छ ।

सन् १९९९ देखि दुई कार्यकाल प्रधानमन्त्री र दुई कार्यकाल राष्ट्रपतिको रूपमा २३ वर्षदेखि शासनसत्ता सम्हाल्दै आएका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको खस्किएको अर्थतन्त्रलाई उकास्न उल्लेखनीय भूमिका निर्वाह गरिरहेको जनाइन्छ । अस्थिर अर्थतन्त्रलाई स्थिर बनाउन सफल भएसँगै पुटिनको आत्मविश्वास बढ्दै गएको र विश्वजगतमा रुसले गुमाएको साखलाई ब्युताएर अमेरिकासँग पुनः टक्कर लिने रणनीतिका साथ पुटिन अग्रसर रहेको चर्चा भइरहेको छ । यद्यपि रुस र युक्रेनबीचको वर्तमान सवाल युद्ध आक्रमण नभएर रुसको ‘सुरक्षा चिन्ता’ मात्र भएको पुटिनले बताउँदै आएका छन् । युक्रेनमाथि युद्ध गर्ने चाहनामा आफू नरहेको रुसले बताइरहे पनि युक्रेन र पश्चिमा मुलुक यसमा आश्वस्त छैनन् । सन् २०१४ मा युक्रेनबाट क्रिमिया कब्जा गरेको रुसले त्यसैबेलादेखि युक्रेनका विभिन्न क्षेत्र अशान्त बनाउन खेलेको भूमिका र हालै दुई क्षेत्रलाई दिइएको स्वतन्त्रता यसका लागि विशेषरूपमा जिम्मेवार देखिन्छ । आफूसँग टाढा र पश्चिमा मुलुकसँग नजिक बन्दै गएको युुक्रेनका कारण चिढिएको रुसले आफ्नो राष्ट्रिय सुरक्षाको सवाल सम्बोधन नभएको भन्दै युद्धमा होमिएको दावी गर्दै आएको छ । अव रुससंग युद्धविरामको विकल्प छैन । रुसको युक्रेनमाथिको ज्यादतीको विरोधमा चीन र उसका सहयोगी राष्ट्र बाहेक सारा विश्व एक भएका छन । यो एकताले रुसको अधिनायक बन्ने सपना तुहिने भएको छ । नेपालमा पनि रुस र युक्रेन युद्धलाई लिएर बेलाबेलामा प्रदर्शन हुँदै आएका छन । शान्ति समाजले यसको नेतृत्व गरिरहेको छ । निश्चितरुपमा विश्व अहिले युद्धको बिभिषिकातर्फ फर्कन सक्दैन । बिश्वका लागि युद्धभन्दा शान्ति प्रिय छ । त्यसकारण शान्ति समाजले नेपालमा गरिरहेको प्रदर्शन जस्तै विश्वका धेरै मुलुकमा प्रदर्शन भएका छन । रुसको अधिनायकबाद बन्ने सपना रोक्न अमेरिकालगायतका ठूला देशको भूमिका महत्वपूर्ण छ । अव विश्वलाई तेश्रो विश्वयुद्धको आवश्यकता छैन् । युद्ध उन्मादको सपनामा रमाउने प्रयास अरु शक्ति राष्ट्रले पनि नगरुन । रुस युक्रेन युद्धबाट अरु राष्ट्रले पनि शिक्षा लिनु जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?