ट्रेंडिंग:

>> एसईई अनुगमनका जथाभावी अनुमति पत्र रद्द >> १९ वर्षीया पद्मा सुनार हत्याका अभियुक्त सार्की सार्वजनिक >> बागमतिमा मुख्यमन्त्रीलाई विश्वासको मत दिए मन्त्रीलाई कारवाही : घिमिरे >> सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरुलाई प्राधिकरणको आग्रह >> नमुना महिला विकास सहकारीको स्थापना दिवस >> स्थानीय वायुले देशभरको मौसम बदली >> आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार दोस्रो जित >> नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि >> प्रदेशमा अपाङ्गता कार्यक्रमः सीप बिर्सदै पूर्वाधारको पछिपछि >> प्रि मनसुनको जोखिम र सावधानी >> मधेशमा बिकराल बन्दै मिटर ब्याजको समस्या >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री

पूर्वखोलाका विद्यालयमा छात्रालाई सेनेटरी प्याड

३ मंसिर २०७५, सोमबार
३ मंसिर २०७५, सोमबार

पाल्पाको पूर्वखोला गाउँपालिकाका विद्यालयमा छात्राका लागि सेनेटरी प्याडको व्यवस्था गरिएको छ । रजस्वलाका बेला छात्राहरू विद्यालयको पढाइ छाड्ने र कक्षामा नियमित नभएको पाइएपछि गाउँपालिकाले सेनेटरी प्याड वितरण गरेको हो ।
गाउँपालिकामा रहेका आधारभूत ८ र माध्यमिक तह ७ गरी १५ विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेको हो । आधारभूत तहका ८ विद्यालयहरूमा अकला आधारभूत, सिलवा, मदन आश्रित आधारभूत, सिलवा आधारभूत, शारदा आधारभूत, कमला आधारभूत जल्पा, जनप्रकाश आधारभूत जल्पा, जनउज्ज्वल आधारभूत, रिङनेरह, खाडदेवी आधारभूत, बीरकोट, जनकल्याण आधारभूत, बिरकोट छन् । त्यसैगरी माध्यमिक तहका ७ विद्यालयहरूमा जनमार्ग मावि, सिलवा, सरस्वती मावि, जल्पा, शम्भु मावि, जल्पा, उद्बुद्ध मावि, रिङनेरह, मातृभूमि मावि, देवीनगर, गणपति मावि, बीरकोट, जनप्रिय मावि हेक्लाङ्ग छन् ।
आधारभूत तहका विद्यालयमा प्रति विद्यालय ७२ वटा र माध्यमिक तहका विद्यालयमा प्रति विद्यालय २१६ का दरले सेनेटरी प्याड दिइएको गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालले जानकारी दिए । दिइएका प्याडले विद्यालयमा पुग्ने नपुग्ने अवस्था हेरि थपघट गरिने ढकालले बताए । महिनावारी भएपछि विद्यालय छाड्ने, अनियमित हुने देखिपछि विद्यालयमा सेनेटरी प्याडको व्यवस्था गरेको ढकालले बताए । उनका अनुसार विद्यालयमा रहेका महिला शिक्षकलाई जिम्मेवारी गराई उनीहरू मार्फत उक्त कार्यक्रमलाई प्रभावकारी बनाइनेछ ।
पूर्वखोला गाउँपालिकाको ७५ प्रतिशत अनुदान तथा विद्यालयको २५ प्रतिशत लगानीमा गाउँपालिकाका सात माध्यमिक विद्यालय र आठ आधारभूत विद्यालयमा प्याड वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद पौडलले बताए । गाउँपालिकाका छात्राले विद्यालय नजाने गरेपछि विद्यार्थीका पढाइ र स्वास्थ्य स्थितिलाई ध्यानमा राख्दै प्याड वितरण गरिएको र यसलाई निरन्तरता दिइने अध्यक्ष नुनबहादुर थापाको भनाइ छ । उनका अनुसार ती विद्यालयहरूमा सेनेटरी प्याडको प्रयोग, कम उमेरमा हुने बिवाहले स्वास्थ्यमा पार्ने प्रभाव, प्रजनन् स्वास्थ्य जस्ता बिषयलाई केन्द्रित गरि गाउँपालिकाले हेल्थपोष्ट मार्फत स्वास्थ्य शिक्षा कार्यक्रम शुरु गर्न लागेको छ ।
महिनावारी भएका बेला छात्रालाई समस्या हुने र कतिपयले विद्यालय आएपछि बीचमै पढाइ छाडेर घर जाने तथा विद्यालय नै नगई तीन÷चार महिनासम्म रजस्वलाकै कारण बिदा लिने गरेको शिक्षकले बताएका छन् । स्वास्थ्य शिक्षा सहित सेनेटरी प्याडको व्यवस्थाका लागि गाउँपालिकाले एक लाख बजेट बिनियोजन गरेको छ । गाउँपालिकामा ३७ विद्यालय रहेका छन् । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?