ट्रेंडिंग:

>> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

बर्दघाटमा जिल्लाकै पहिलो औद्योगिक ग्राम बन्दै, सांसद चौधरीले पठाए प्राधिक टोली

१५ फाल्गुन २०७९, सोमबार
१५ फाल्गुन २०७९, सोमबार

नवलपरासी, १४ फागुन । सांसद विनोद चौधरीको सक्रियतामा पश्चिम नवलपरासीमा पहिलो औद्योगिक ग्राम निर्माण कार्य अगाडि बढेको छ । नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद चौधरीले औद्योगिक ग्राम निर्माण कार्यबारे चासो राखेर सक्रियता देखाएपछि बर्दघाट नगरपालिकाले खजुरा खोला किनारमा बनाउन खोजेको औद्योगिक क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन डिपिआरको काम अन्तिम चरणमा पुगेको छ ।
उद्योगपति समेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य चौधरीले औद्योगिक ग्राम निर्माण कार्यलाई तीब्रता दिन पहल गरेका हुन् । ‘माननीय ज्यूको पहलमा अहिले नगरपालिकासँगको सहकार्यमा प्राविधक टोलीले निर्माण स्थलमा पुगेर आवश्यक सहजीकरण गर्ने काम भएको छ’–बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले भने–‘प्राविधिक टोलीले अहिले यस अघि तयार गरिएको डिपिआरलाई थप परिमार्जन र व्यवस्थित गर्ने काम भइरहेको छ ।’ प्राविधिक टोली सांसद चौधरीले पठाएका हुन् ।
सांसद चौधरीले नवलपरासी १ मा औद्योगिक ग्राम स्थापना गर्ने घोषणा गरेका थिए । चुनावी प्रतिवद्धता कार्यान्वयन गर्न औद्योगिक ग्राम निर्माणलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको सांसद चौधरीले बताए ।
प्राविधिक टोलीका संयोजक एवंम् मेकानीकल ईन्जीनियर एमएस ज्ञवालीका अनुसार औद्योगिक ग्राममा उद्योग ग्राम स्थल र आवास स्थल आवश्यक पर्ने भएकोले विस्तृत सम्भाव्यता अध्ययन गरी नगरपालिका अघि बढ्नु पर्ने सुझाव दिएको बताए । यसैगरी लगानीकर्ताको अवस्थावारे सम्भाब्यता अध्ययन पश्चात साना देखी ठुला उद्योग सम्म स्थापना गर्न मिल्ने गरी परियोजना अघि बढाउनुपर्ने सुझाव दिएको टोली संयोजक ज्ञवालीको भनाई छ ।
यस अगावै औद्योगिक ग्रामका लागि डिपिआर बनाउने कार्य सकिएको भएपनि उक्त डिपिआरलाई थप परिष्कृत गर्ने कार्य सहित अन्य प्राविधक व्यवस्थापन कार्यमा सांसद चौधरीले सहयोग गरेका हुन् ।
‘नगरपालिकाले संरचना बनाएर पूर्वाधार उपलब्ध गराउन नगरपालिका स्रोतको खोजीमा रहेको नगर प्रमुख श्रेष्ठले बताए । पूर्वाधार बनाउने तर उद्योग सञ्चालन नहुने हो भने नगरपालिकाको लगानी खेर जान सक्छ,त्यो भएर यस क्षेत्रमा उद्योग सञ्चालकरूलाई पनि अहिले देखि नै आह्वान गर्ने कार्य भईरहेको प्रमुख श्रेष्ठले बताए । पचास वर्षको लक्ष्य राखेर औद्योगिक ग्रामको काम भईरहेकोश्रेष्ठले बताए ।
डिपिआर अनुसार औद्योगिक ग्राम पूर्वाधार निर्माणका लागि ३१ करोड ५७ लाख ८४ हजार १ सय ४६ रुपियाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये प्रशासनिक ब्लकमा ५ करोड ८० लाख ३४ हजार ३ सय ८० रुपियाँ, क्यान्टिनका लागि ५८ लाख ९० हजार ६ सय ४ रुपियाँ, सुरक्षागार्ड भवन १४ लाख ६८ हजार ४ सय ६२, प्रहरी क्वाटर ३१ लाख ४६ हजार २ सय २२, डे केयर सेन्टर ४३ लाख ४८ हजार ८ सय ६७ रुपैयाँ खर्च हुने डिपिआरमा उल्लेख छ ।
त्यस्तै गन्जेबोमा २ लाख ४७ हजार ८ सय २६, चार वटा शौचालयका लागि १६ लाख ७२ हजार ३ सय ८३, गार्ड पोष्टमा १ लाख ४५ हजार ४ सय ९१, प्रवेश द्धार ६ लाख २९ हजार ९ सय ४९, बाउण्डरी वाल ३ करोड ७३ लाख ९१ हजार २ सय ३३, सडक २ करोड ३२ लाख ८१ हजार २ सय ४० खर्च हुनेछ ।
खोला तटबन्धका लागि ४ करोड १२ लाख ६३ हजार ६ सय ९९, सौन्दर्यीकरणका लागि १५ लाख १० हजार ७ सय ६३, ढल २ करोड ३० लाख ४३ हजार २३, बाहिरी सरसफाइ,प्लम्बिङ, पानी आपुर्तिमा १ करोड ३१ लाख ५२ हजार ३५, विद्युतीकरण कार्य १ करोड ३५ लाख ७२ हजार १ सय ७५ र ओभरहेड पानीटंकीमा ४९ लाख २९ हजार १ सय १६ रुपैयाँखर्च हुने गरी बजेट प्रस्ताव गरिएको छ ।
डिपिआर अनुसारका कार्य गर्नका लागि बजेटको व्यवस्थापन गरिने नगरपालिकाले जनाएको छ । नगरपालिकाले सबै संरचनाको निर्माण प्रश्चात प्रत्येक बर्ष सो औद्योगिक ग्राममा कृषक, उद्यमी, महिला तथा अन्य उद्योगका लागि उद्योग बाणिज्य संघसँग समन्वय गरि उद्योगको स्थापना गर्न प्रोत्साहनगरिने जनाएको छ । ५० बर्षमा सो क्षेत्रमा एक खर्ब भन्दा बढि लगानी भित्रयाउने लक्ष्य समेत औद्योगिक ग्रामको रहेको छ ।
दीर्घकालीन योजना अनुसार औद्योगिक ग्राम निर्माण कार्य अगाडि बढेको नगरपालिकाले जनाएको छ । लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेश प्रवेश गर्ने मुख्य नाका रहेको बर्दघाट नगरपालिकालाई व्यवस्थित र औद्योगिक क्षेत्रका रुपमा विकास गर्न खोजिएको नगरपालिकाको दावी छ । औद्योगिक ग्रामलाई पहाडको छेउमा राखिएको छ । प्रदुषणलाई मध्यनजर राखेर बस्तिदेखि टाढा राखिएको छ । हालै खजुरा खोला पुलको टेण्डरसमेत भईसकेको हुँदा औद्योगिक ग्रामसँग जोडिएको बरुवा—बर्दघाट सडक हुँदै भारतकोविहार प्रदेशको भैसालोटन नाकासँग प्रत्यक्ष रुपमा यो औद्योगिक क्षेत्र जोडिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?