ट्रेंडिंग:

>> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै >> प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु >> २८ लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ >> बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु >> पाल्पामा कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो >> बुटवलको मिलनचोकमा युवाहरुबीच चक्कु प्रहार, एक गम्भीर >> चेन्नईसामु गुजरात ६३ रनले पराजित >> आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> लुम्बिनी प्रदेश सरकारको चासोः नयाँ बजेट छाडेर नयाँ सरकार >> जनताको अपेक्षा अझैपनि तपसिलमा ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पश्चिम नेपाल बस व्यवसायीमा खरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानल घोषणा

प्रविधिको दुरूपयोगमा बालबालिका बढी

२८ कार्तिक २०७५, बुधबार
२८ कार्तिक २०७५, बुधबार

सूचना प्रविधिको विकास दिनदिनै बढिरहेको छ । योसँगै इन्टरनेटको प्रयोग गर्नेको संख्यामा पनि बृद्धि भएको पाइन्छ । इन्टरनेट प्रयोगबाट जति धेरै राम्रा कुराहरू पाइन्छ जति धेरै फाइदाहरू लिन सकिन्छ, त्यसको दुरूपयोगले यसका बेफाइदहरूमात्र हात लाग्छन् ।
पछिल्लो समयमा विशेषगरी साना बालबालिकाहरूमा प्रविधिको दुरूपयोग देख्न सकिन्छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाकी सिता दर्लामीलाई आप्mनो १० वार्षिय छोरा सनम दर्लामीलाई पढाउन नसकिएको बताउँछिन् । भारतीय सेनामा कार्यरत बावुले समयअनुसारका प्रविधिका सामग्रीसँग घुलमिल हुन आवश्यक ठानेर महङ्गो मोवाइल किनिदिए । त्यसको सही प्रयोग छोराले नगरेको देख्दा आजभोलि उनको मन खिन्न हुन्छ ।
विद्यालय पछिको समयमा खाली मोवाइलमा झुन्डिएकाले पढाइमा समेत कमजोर भएको बताइन् । विभिन्न प्रकारका चलचित्र कार्टुन हेरेर पढाइसमेत बिगारेको गुनासो आमाले गरिन् ।
त्यसैगरी नवलपरासीकी सुनिता खत्रीका १६ वर्षका छोरा सुनिल अहिले ११ कक्षामा अध्यननरत छन् । बुबाआमा दुवैको आफ्नै व्यवसाय छ । एकमात्र सन्तान छोरालाई समय दिन उनीहरूलाई खासै समय नै हुँदैन । त्यसैले छोरा कलेजबाट घर आएपछि घरमा भुल्न सकोस् र अध्ययनमा समेत सहज होला भनेर ईन्टरनेट जोडिएको आमा सुनिताले बताइन्ः तर छोराले ईन्टरनेटको सही प्रयोग गर्न सकेन । दुरूपयोग भएको पाइयो ।
उनले भनिन्ः पछिल्लो समय हाम्रो छोराले विद्यालयका गतिविधिमा खासै ध्यान दिँदैन । पढाइ खस्केको छ । मोबाइलको व्यस्तताले उसलाई भ्याई नभ्याई छ । दिनभरी पढ्न छाडेर फेसबुकमा कुरा गर्नु चलचित्र हेर्नु बाहेक ईन्टरनेटको सही सदुपयोग भएन ।
देवीनगर बस्ने दुर्गा गैरेलाई पनि यस्तै समस्या छ । उनका १२ वर्षका कक्षा ६ मा अध्यनन गर्ने सन्दिप गैरेलाई भिडियो हेर्ने, गेम खेल्ने लत बसेको छ । पढाइमा रुचि कम भएको छ । ईन्टरनेटबाट नयाँ कुराहरूको जानकारी लिएर अध्ययनमा सहजता होला भन्ने विश्वास थियो तर आफूले सोंचे भन्दा फरक अवस्था सृजना भएको आमा दुर्गाले बताइन् । उनले भनिन् अझै डर लाग्दा भिडियो हेरेर आफूलाई हैरान पु¥याएको उनको गुनासो छ ।
इन्टरनेटका माध्यमबाट बालबालिकाहरूको अध्ययनमा मात्र होइन धेरैजसो दुब्र्यवहार हुने क्रम बढेको छ । आफूमाथि भएका यस्ता दुव्र्यवहारका बारेमा कतिपय बालबालिका खुल्न सकेका छैनन् । अभिभावकहरूले पनि इज्जतको डरले यसको बारेमा बोल्न डराउँछन् ।
प्रविधिको विकासले धेरै क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ । तर यसको दुरूपयोग गर्ने पनि उत्तिकै छन् । यसको सही प्रयोग गर्न नसक्दा अरूलाई हिंसा हुन जान्छ भने कतिले अरूलाई सताउने उद्देश्यले नै यस्ता क्रियाकलापहरू गरिरहेका हुन्छन् । ईन्टरनेटको दुरूपयोग गरेकै कारणले साईबर विरुद्ध पनि मुद्दाहरू दर्ता हुने गरेका छन् ।
पछिल्लो छ महिनामा यस्तो प्रकृतिका १७ वटा निवेदन परेका छन् । त्यसमा १५ महिला र २ जना पुरुषले ईन्टरनेटका कारण आफूमा हिंसा भएको भन्दै निवेदन दिएको तथ्याङ्ग ईलाका प्रहरी कार्यालय बुटवलमा रहेको छ । à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?