ट्रेंडिंग:

>> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ढाकास्थित दूतावासले नेपालीलाई भन्यो– अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनु >> बाबुले कुकुर मारे, छोराले बाबु >> वीरगन्जमा १५ लाख बढीको भन्सार छलीको सामान बरामद >> रुपन्देहीमा ‘मेरो सवारी मेरो लेन’ अभियान >> ओमानको समुन्द्रमा तेल ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता >> ‘कार्साङ’ को वर्कशपमा दयाहाङ, एक सातापछि छायांकन सुरु >> निरन्तर बढ्दै सुनको मुल्य, तोलाको कति पुग्यो ? >> अदालतको आदेशपछि न्युरोडको फुटपाथ विस्तार पुन शुरु >> सर्पदंशबाट बालकको मृत्यु >> नवलपुरमा पुलबाट खसेर एकको मृत्यु >> प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता >> डिजिटल माध्यमबाट बधाई दिन प्रधानमन्त्री ओलीको आग्रह >> अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती >> आज हरिशयनी एकादशी, कस्तो छ शास्त्रीय मान्यता ? >> जनज्योतीमा पोशाक वितरण >> आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना >> पाण्डवेश्वर मन्दिरमा महा शिवपुराण सुरु >> लायन्स स्टार्सद्वारा बिद्यालयलाई सहयोग >> शिक्षाका लागि समान अवसर आवश्यक >> दृष्टिविहीन स्थायी शिक्षकः खुसी भन्दा पीडा बढि >> भूकम्प पीडितको समस्या समाधान गर >> वातावरणीय नैतिकता सम्झाउने साउन महिना >> रेसुङ्गामा एक महिने साउने मेला शुरु >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२० जनाको मृत्यु >> सिमलताल दुर्घटना: गणपति डिलक्सका चालक र सहचालकको शव फेला >> समाजवादी मोर्चाको बैठक शुरु >> राष्ट्रपति पौडेलद्वारा तीन विधेयक प्रमाणिकरण >> जन्मदिनमा फजुल खर्च नगरी विद्यार्थीलाई सहयोग >> इङल्याण्डका प्रशिक्षक साउथगेटद्वारा राजीनामा >> महान्यायाधिवक्ता पोखरेलको राजीनामा >> सिरिजको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम विजयी >> मोतिपुरमा सातौ जुनियर युवा गोष्ठी सम्पन्न >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ >> नेप्सेमा हरियाली, ७० अंकले बढ्यो >> लुम्बिनीका प्रादेशिक अस्पतालमा निःशुल्क टिकटको व्यवस्था खारेज >> वैवाहिक बलात्कारको मुद्दामा गायक ओडलाई सफाई >> सहयोगको याचना गर्दै न्यौपाने >> परराष्ट्रमन्त्री राणालाई भारत र पाकिस्तानका समकक्षीको बधाई >> उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदुतको भेटवार्ता >> उत्तर कोरियाका कूटनीतिज्ञले दक्षिण कोरियामा शरण लिएको दाबि >> अक्षयकुमारको सरफिरा बक्स अफिसमा असफल >> समाजवादी मोर्चाको बैठक बस्दै >> सिँचाईले ल्यायो खुसी >> बुटवलको चौरहा–गोलपार्क सडकको ठेक्का रद्द, नयाँ टेण्डर आह्वान >> मंगलबार सुन तोलामा ९ सय बढ्यो >> घरमा पुरिएका तीन बालिकाको शव निकालियो, एक अझै बेपत्ता >> श्रम बैंकमार्फत महानगरले रोजगारी दिदै >> बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म ११३ जनाको मृत्यु

‘अब कृषि मेलालाई ब्राण्डिङ् गरौं’

५ फाल्गुन २०७९, शुक्रबार
५ फाल्गुन २०७९, शुक्रबार

‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मूल नाराका साथ बुटवलमा मंगलवारदेखि कृषि मेला सुरु भएको छ । मुलुकको अर्थतन्त्र सुधारको लागि कृषिजन्य बस्तुको आयात प्रतिस्थापनमा जोड दिने कृषि मेलाको लक्ष्य छ । निश्चितरुपमा अहिलेको चुनौति भनेकै आयातमा नियन्त्रण र निर्यात प्रवद्र्धन हो ।

मुलुकको अर्थतन्त्र सुधारको लागि कृषि क्षेत्र एक प्रमुख आधार हो तर अहिलेपनि सरकारको चेत कृषिको प्रवद्र्धनतर्फ आकर्षित भैरहेको छैन । नेपाललाई कृषि प्रधान देश भनिएपनि कृषिजन्य वस्तुको उपभोग अहिलेपनि आयातमा धानिएको छ । यो वास्तवमै नेपालका लागि विडम्वनाको कुरा हो । मुलुकको अर्थव्यवस्था सुधारको लागि अर्थतन्त्रको प्रमुख आधार मानिएको कृषिको व्यवसायिक विकास, प्रविधिको प्रयोग र वैज्ञानिक कृषि प्रणाली अपनाउनु पर्ने आवश्यकता छ । कृषि मेलामा बोल्ने उद्योगी व्यवसायीले पनि सोही कुरामा जोड दिएका छन । बुटवल उद्योग वाणिज्य संघले यस प्रकारको कृषि मेलाको आयोजना गरेर कृषिको व्यवसायिक विकासको लागि प्रवद्र्धनमा जसरी जोड दिएको छ त्यसबाट मुलुकको कृषि क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग नै पुग्छ । त्यसका साथै स्थानीय कृषि बस्तुको प्रवद्र्धन हुनुको साथै पोषणमा सुधार तथा आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने कृषि मेलाको विश्वास छ । अहिलेपनि नेपालको कुल जनसंख्याको ६६ प्रतिशत जनता कृषि क्षेत्रमा आश्रित छन । त्यसबाट मुलुकको कुल ग्राहस्थ उत्पादनमा ३६ प्रतिशत योगदान पुग्छ । अवका दिनमा कृषि क्षेत्रमा रहेको अपार सम्भावनालाई उजागर गर्दै थप लगानी भित्र्याउन र कृषि क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता बढाउन कृषि मेला विशेष सहयोगी हुने आशा गरिएको छ ।

आयोजकहरुले कृषि मेलाको माध्यमबाट पोर्क (बंगुर) को मासुका परिकारको फेस्टिवल समेत आयोजना गरेका छन । यो बर्ष पोर्क फेस्टिबल जस्तै आउँदा बर्षहरुमा अरु कुनै कृषिजन्य उत्पादनको ब्राण्डिङ गरौं । कृषि बस्तुको प्रवद्र्धन तथा विविधिकरण गर्ने माध्यमको रुपमा यस प्रकारको फेस्टिबल महत्वपूर्ण हुन्छ । अहिले बंगुर पालक किसान अत्यन्त मारमा परेका छन । तिनलाई बचाउनु सरकारको दायित्व हो । बंगुरको मासुको मूल्यमा भारी कमी आएको छ । त्यसबाट किसानको लागतसमेत नउठने अवस्था छ । नेपालमा अहिलेपनि हजारौं किसान बंगुर पालनसंग जोडिएका छन । तसर्थ उनीहरुको आत्मबल बृद्धिका लागि पनि पोर्क फेस्टिवल महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । मेला उदघाटनको अवसरमा कृषिको व्यवसायिक विकासको लागि वैज्ञानिक कृषि प्रणाली, प्रतिस्पर्धी क्षमताको बस्तु उत्पादन, उत्पादित बस्तुको लागत घटाउन र कृषिलाई कसरी रोजगारीसँग जोड्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने जरुरी छ । कृषि मेलामा पोर्क फेस्टिवलका अतिरिक्त अत्याधुनिक धान रोप्ने मेसिन, बाली काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिचाई प्रविधि, हाईड्रोपोनिक्स, मौरी पालन, जैविक मल लगायतको प्रदर्शनी समेत आकर्षणको केन्द्र वन्ने छ । कृषिको व्यावसायीक विकासका लागि यी सशक्त माध्यम हुन । यस प्रकारको कृषि मेला देशका अन्य स्थानमा पनि आयोजना गर्ने र मेलाका माध्यमबाट कुनै एक कृषि वस्तु र उपजको प्रवद्र्धन गर्दै जान सकियो भने यसले कृषकमा थप उत्साह बढ्नुका साथै देशको अर्थतन्त्र सुदृढ वनाउन ठूलो सहयोग पु¥याउने छ । कृषि मेला आयोजकले कृषि मेलाभित्र पोर्क फेस्टिवल गरेर मेलालाई पनि विशिष्टिकृत गर्न सकिन्छ र त्यसका माध्यमबाट कृषि क्षेत्रकै विकासमा योगदान पु¥याउन सकिन्छ भन्ने आधार प्रशस्त गरेका छन । वास्तवमा संघले कृषि मेलालाई पोर्क फेस्टिबलको रुपमा ब्राण्डिङ गरेको छ । यो बर्षको पोर्क फेस्टिबलको सफलतालाई मध्यनजर गरेर आउँदा बर्षहरुमा हुने कृषि मेलाहरुलाई विशिष्टीकृत गर्दै यसरी नै ब्रान्डिङ गरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?