ट्रेंडिंग:

>> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै >> बर्दियामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिन मुख्यमन्त्री चौधरीको निर्देशन >> हात नफैलाऊ, पौरख देखाउ >> भीम प्रदेशको उत्कृष्ट अस्पताल >> पश्चिम दाङमा पुल बनाउन माटो परिक्षण >> ‘विश्व कीर्तिमान’ ले परिवारमा ‘हर्ष’ >> विश्व रेबिज दिवसः रेबिज के हो र कसरी बच्ने ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चार बुँदे सहमतिपछि ईःको आन्दोलन स्थगित >> बालविवाह गर्न लागेको जोडी प्रहरी आएको थाहा पाएपछि फरार >> मिस डायमण्ड नेपाल २०२३ को तयारी पूरा >> ट्रेक्टर र मोटरसाईकल एक आपसमा ठोकिदा ३ जना घाइते >> पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिन सुझाव >> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा
खेलकुद
दृष्टिविहिन खेलकुद

खेल छन्, मैदान छैनन्

बुटवलमा नै मैदानविना अभ्यास गरी विश्व च्याम्पीयनसम्म पुगेका उनीहरुको लागि अहिले पनि बुटवलमा कुनै पनि अभ्यास गर्ने मैदान छैन । दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष निर्मल पौडेलले मैदान अभाव कहिले कस्को मैदानमा कहिले कस्को मैदानमा अभ्यासका लागि जानुपर्ने बध्यता रहेको बताउँछन् ।
२४ माघ २०७९, मंगलवार ०९:०५
२४ माघ २०७९, मंगलवार ०९:०५

बुटवल, माघ-  दृष्टिविहिन भएका व्यक्तिहरुको क्रिकेट प्रतियोगीता ? सुरुवात दिनमा दृष्टिविहिन व्याक्ति क्रिकेट खेल्न सक्छन? भन्ने जो कोही पनि जिज्ञास थियो । तर रुपन्देही जिल्लामा पहिलो पटक अपाङ्गता अभियन्ताका रुपमा रहेका विमल पौडेलको संयोजकत्वमा गठन भएको दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीबाट आधा दर्जन बढि खेलाडी अन्तराष्ट्रिय खेलाडीहरुले समेत सहभागीता जनाई सकेका छन् । राम प्रसाद पौडेल, सुनिल गुरुङ्ग, शंकर रेग्मी रामु विसी, अब्दुल अहिर लगायतका खेलाडीहरुले एशियास्तरको पारा ओलम्पीकमा समेत सहभागीता जनाइ उत्कृष्ट प्रर्दशन गरे ।
२०७५ सालमा लुम्बिनीका समेत खेलाडी सहभागी भएको दृष्टिविहिन क्रिकेट महिला प्रतियोगीतामा ट्वान्टी–२० सिरिजनै नेपाली नेत्रहीन महिला क्रिकेट जितेको थियो । पाकिस्थानमा भएको ट्वान्टी–२० सिरिजमा सहज जित हुदै नेपाली टोली विश्व विजेता भएको थियो । जसमा लुम्बिनी बाट सहभागी खेलाडी थिईन गिता पौडेल, आशा रेगामी । उनिहरु रुपन्देहीका खेलाडीहरु हुन ।
बुटवलमा नै मैदान विना अभ्यास गरी विश्व च्याम्पीयनसम्म पुगेका उनीहरुको लागि अहिले पनि बुटवलमा कुनै पनि अभ्यास गर्ने मैदान छैन । दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष निर्मल पौडेलले मैदान अभावकारण कहिले कसको मैदानमा कहिले कस्को मैदानमा अभ्यासको लागि जानुपर्ने बध्याता रहेको बताउँछन् ।
अन्य सामान्यक्रिकेट मैदान लाई नै प्रयोग गरेर उनिहरुले भुईमा गुडाएर खेल्ने क्रिकेट (दृष्टिविहिन क्रिकेट) को अभ्यास गर्दै आएका छन् । तर अन्य सामान्य प्रकृतिको खेल्ने मैदानमा दृष्टिविहिन भएका व्याक्तिहरुले खेल्न मुस्कील पर्दछ, भौतिक संरचना अभावको कारण उनीहरुले अहिले अन्य मैदानलाई मागेर खेल अभ्यास तथा प्रतियोगीता गर्दै आएका छन् ।
क्रिकेट एउटा उदाहरण मात्रै हो । पछिल्लो समयमा गोलबल प्रतियोगीताका लागि पनि मैदान अभाव छ । आज भन्दा ३ बर्ष पहिला बुटवलमा पहिले पटक भुईमा गुडाएर छर्रा सहितको (आवाज आउने) बलको प्रयोगले खेलिने खेल गोलबल प्रशिक्षणका लागि दृष्टिविहिन क्रिकेट संघ लुम्बिनीका अध्यक्ष निर्मल पौडेलले कयौ स्थान धाउँदा धाउँदा पनि मैदान पाएनन न।
कहिले फुटसल मैदान, कहिले ब्याडमिन्टन कोर्ट मैदान खोज्दै गर्दा उनले केही खेलाडीहरु जम्मा पारेर बुटवलको नवदिलीप कर्वड हल (बुटवल ब्याडमिन्टन क्लव)को कोर्टमा प्रशिक्षण दिए ।
व्यस्त कोर्टमा उनीहरुले केही दिनमा लागि मात्रै कोर्ट मागेर त्यहाँ ग्लोवलका लागि आवश्यक पर्ने संरचना अस्थायी रुपमा डोरी र टेप टाँसेर मिलाएका थिए । सोहीमा अभ्यास प्रशिक्षण गरिएको थियो ।
दोस्रो पटक उनले मैदान अभावकै कारण प्रशिक्षण र प्रतियोगीतागर्नको लागि तिलोत्तममा रहेको युनिक फुटसल मैदान मागे । त्यहाँ उनले खेलाडीहरुको लागि प्रशिक्षण चलाए, प्रतियोगीता समेत गरे ।
सोमबार मात्रै उनले बुटवल ब्याडमिन्टन क्लवको कोर्ट मागेर ३ दिन सम्म प्रतियोगीता गरे । जसमा ६ वटा समुह, महिला समुहले समेत भाग लिएका थिए ।
अध्यक्ष पौडेल भन्छन्–‘यो खेलका लागि समतल मैदान आवश्यक पर्दछ, जसमा दृष्टिविनिहले कानले सुनेर बल आएको संकेत अनुसार गोल गर्ने, सिठ्ठीको आधारमा खेल्नुपर्ने हुन्छ । ’ गोलबल एक धेरै अनौठो खेल हो जुन दृश्य अपाङ्गता भएका मानिसहरू माझ प्रख्यात छ ।
यस खेलमा खेल्ने खेलाडीको आँखामा पट्टी बाँधिन्छ । गोलबलका लागि एक टिममा ६ जना हुनेछन् भने मैदानमा ३ खेलाडीले मात्र एक पटकमा प्रतिस्पर्धा गर्नेछन ्।
गोलबलमा प्रयोग हुने बलमा भित्र बेइल्स राखिएको हुन्छ जसले गर्दा खेलाडीलाई बल आफूतिर आएको जानकारी लिन मद्दत पुग्छ । कोर्टको दुइ भागमा दुई टिमका ३–३ जना खेलाडी बसेका हुन्छन्। विपक्षीले हानेको बल रोक्न असफल भएमा त्यो बल गोल हुन्छ ।
गोलबालका लागि उपयुक्त मैदान अभावको कारण विभिन्न स्थान भौतारिनुुपरेको प्रशिक्षक गिता रेग्मीको भनाई छ ।
अनुसार दृष्टिविनिहता भएका व्याक्तिहरुको लागि स्थानीय सरकार, प्रदेश सरकार वा संघीय सरकारले लुम्बिनी प्रदेश स्तरियर पारा खेलकुदका लागि छुट्टै खेल ग्राम बनाउन आवश्यक रहेको उनको भनाई छ । गोलबल खेलाडी सन्तोष न्यौपानले आफुहरुको लागि नियमित अभ्यास गर्ने मैदान भएमा निकट भविश्यमा राष्ट्रिय तथा अन्तष्ट्रिय स्तरको पारा खेलकुदमा सहभागी भई उपाधि जित्न सक्ने बताउँछन् । यसको लागि मैदान, उचित प्रशिक्षक, उचित खेलकुद सामग्री समेत आवश्यक रहेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?