Logo
२३ जेष्ठ २०८०, मंगलवार

स्वीव्ट एजुकेशन र एक्सलेरेट विच सम्झौता


बुटवल(बुटवल टुडे)– “भविष्यका लागि विद्यार्थीहरूलाई सशक्त बनाउने  अभियान अनुसार  स्वीफ्ट एजुकेशन ले   सफ्टवेयर इन्जिनियरिङ, डिजाइन र उद्यमशीलतामा शिक्षाविद्हरू प्रदान गर्न स्वीव्ट एजुकेशन र एक्सलेरेत साझेदार मा सम्झौता गरिएको छ ।
स्वीव्ट एजुकेशनका विद्यार्थीहरूलाई अत्याधुनिक, प्राविधिक  शिक्षा प्रदान गर्ने सम्झदारी पत्र मा हस्ताक्षर भएको हो ।  स्वीव्ट एजुकेशनको तर्फबाट फाउन्डर सुवास साही र एक्सलेरेटबाट फाउन्डर तथा सिईयो लाभिन हेमलानीले हस्ताक्षर गरेका हुन ।
सहकार्यले विद्यार्थीहरूलाई कोडिङ, डाटा विज्ञान, युएक्स डिजाइन, साइबर सुरक्षा, र ब्लकचेनका क्षेत्रमा नवीनतम उद्योग–सान्दर्भिक ज्ञानमा पहुँच प्रदान गर्न दुवै संस्थाहरूको विशेषज्ञतालाई एकसाथ ल्याउनेछ ।

साझेदारीले विशेष बुटवल उपमहानगरपालिका  र विराटनगर का विद्यार्थीहरुलाई  टेक उद्योगमा प्रतिभा खोज्ने एपीएसी,  अन्तर्राष्ट्रिय कम्पनीहरूमा रोजगारीका लागि अवसर समेत प्राप्त हुने छ । यो अभियान अन्र्तगत नेपालका अन्य  शहरका विद्यार्थीहरूलाई उपलब्ध गराउनेछ । पूर्ण–समय पाठ्यक्रमहरू एक्सलेरेट संस्था  मार्फत काम हुने छ ।   गरिनेछ  स्वीव्टले उत्कृष्ट मेन्टरहरू, ट्यूटर र  एचआर परामर्श प्रदान गर्नेछ । स्वीव्ट एजुकेशन र  एक्सलेरेट.को विद्यार्थीहरूलाई आफ्नो करियरमा सफल हुन आवश्यक पर्ने उपकरण र स्रोतहरू उपलब्ध गराउन प्रतिबद्ध समेत व्याक्त गरेका छन ।
सम्झौता अनुसार  डिजिटल युगमा फस्टाउनको लागि आवश्यक सीप र ज्ञान भएका व्यक्तिहरूलाई सशक्त बनाउन उनीहरूको साझा मिशनमा महत्त्वपूर्ण कदम अगाडि बढाएको छ । स्वीव्ट एजेकनशले निकट भविश्यमा नै पाठ्यक्रम समेत निर्माण गरी स्थानीयतहमा समाजिक उत्तरदायित्व अन्र्तगका निःशुल्क आईटी, प्रविधि तालिम सञ्चालन गर्दै छ । सञ्चालन गरिने कार्यक्रमको बारेमा विद्यार्थीहरुलाई जानकारी स्वीव्ट एजुकेशनको वेभसाईट मार्फत सार्वजनिक गरिने जानाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?