ट्रेंडिंग:

>> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक >> दुर्घटना न्युनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण >> सामाजिक विभेदको पराकाष्ठा : गल्ती एउटाको, निर्दोष बालकलाई सामाजिक सजायँ >> सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा >> आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण >> गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो
चौतारीको रजत दिवसमा रक्तदान

रुपन्देही रक्तदाताको हब होः अभियन्ता चौहान

२२ माघ २०७९, आईतवार
२२ माघ २०७९, आईतवार

बुटवल, २२ माघ

प्रेस चौतारी नेपालको २५ औ स्थापना दिवसको अवसरमा रुपन्देही शाखाले रक्तदान कार्यक्रम गरी मनाईएको छ । कार्यक्रमको चौतारीका केन्द्रीय सचिव प्रदिप आचार्यले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उदघाटन गर्दै पत्रकारहरु आफ्नो पेशासंगै सामाजिक कार्यमा समेत सधै क्रियाशिल रहेको दाबी गरे । दिवसको अवसरमा प्रदेशका १२ जिल्लामा विविध कार्यक्रम गरी भातृत्व र रचनात्मक कार्यहरु गरी मनाईएको उनले बताए । विभिन्न जिल्लामा चौतारी मिलन, फुटसल, मदरसामा स्टेशनरी वितरण लगायतका रचनात्मक कार्यक्रम गरि मनाईएको उनले बताए । प्रेस चौतारी रक्तदान अभियानमा धेरै पहिले देखि जोडिएको भन्दै आगामी दिनहरुमा समेत निरन्तरता दिने प्रतिवद्घता जनाए ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज, रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रुपन्देही रक्तदाताको हब बन्न सफल भएको बताए । रुपन्देही जिल्लाको मागलाई पूरा गर्दै चितवन, पाल्पा, दाङ जस्ता छिमेकी जिल्लासहित देशभरका अधिकांश स्थानमा रगतको मागलाई यहाँबाट पुरा गर्दै आएको उनले बताए ।


रगतको माग धेरै हुने रुपन्देहीमा रक्तदाताको संख्या अभिवृद्धिका लागि अभियानहरु समेत चलाउँदा सफलता मिलेको उनले बताए । कार्यक्रममा सहभागी भएका पुर्व क्रिकेट खेलाडी शक्ति गौचनले खेलाडीहरु खेलसंगै सामाजिक उत्तरदायित्वमा पनि लाग्नुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य मिलन गाहा, सल्लाहकार दिनेश पाण्डे, ब्लड बैकका निरञ्जन राजभण्डारी, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले रगत दान पवित्र कार्य भएको भन्दै सबैमा चेतना जगाउने गरी निरन्तर कार्यक्रम गर्नुपर्ने बताए । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजना तथा नेपाल रेडक्रम सोसाइटी रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २५ युनिट रगत संकलन भएको संयोजक स्वस्तिक श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?