ट्रेंडिंग:

>> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक >> दुर्घटना न्युनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण >> सामाजिक विभेदको पराकाष्ठा : गल्ती एउटाको, निर्दोष बालकलाई सामाजिक सजायँ >> सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा >> आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण >> गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो

सिद्धार्थनगरमा कुपोषित बालबालिका खोज्न शुरु

२२ माघ २०७९, आईतवार
२२ माघ २०७९, आईतवार

भैरहवा,  माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा कुपोषित बालबालिका हुने सक्ने आशंका ‘स्क्रिनिङ्ग’ गर्न सुरु गरेको छ ।
नगरको वडा नम्बर ३, ५ र १३ ले संयुक्त रुपमा शिविर संचालन गरी ६ महिना देखि २३ महिना सम्मका बालबालिकाहरुको ‘स्क्रिनिङ्ग’ गर्न सुरु गरेको हो ।
यी तीन वटै वडाले ६ महिना देखि २३ महिना सम्मका बालबालिकाको तौल वृद्धि अनुगमन गरी पोषकतत्व सर्वोत्तम पिठो वितरण गर्ने तथा कुपोषित बालबालिकाहरुको पहिचान ¬(स्क्रिनिङ्ग) का लागि शुक्रवार देखि वडा नम्बर ३ बाट प्रोत्साहन सहितको नियमित वृद्धि अनुगमन शिविरको शुभारम्भ गरेका छन् । यी तीन वटै वडामा शिविर संचालन हुनेछन् ।
‘केही शिशुहरु कुपोषणको शिकार भएको पाइएपछि हामी तीन वटा वडाका वडाअध्यक्षहरुले संयुक्त रुपमा शिविरको सुरुवात गरेका छौँ’ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले भने, ‘यो शिविरले तीन वटै वडाकावासीहरु लाभान्वित भई शिशुहरुको वृद्धि विकासमा सहयोग पुर्याउने विश्वास लिएका छौँ ।’ ‘बच्चा जोखौँ सर्वोत्तम पिठो बोकौँ’ नारा सहित शुभारम्भ भएको शिविरमा यी वडा बाहेक नगरका अन्य वडावासीका बालबालिकाहरुमा कुपोषण सम्बन्धि आशंका भए शिविरको लाभ लिन सक्ने उनले बताए ।
शिविरको प्रमुख अतिथी सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले शिशुलाई सर्वोत्तम पिठो उपलब्ध गराएर शुभारम्भ गरे । शिविरको शुभारम्भ गर्दै उनले शिशुहरुलाई पोषिलो खाना खुवाउनुपर्ने निकै आवश्यक रहेको उल्लेख गर्दै विरुवालाई दिनहु पानी दिएर हुर्काए झै शिशुहरुलाई पनि पोषिलो खाना खुवाउनेमा कमी नगर्न आग्रह गरे ।
उनले तीन वटै वडाका जनप्रतिनिधीहरुलाई शिविर संचालन गरेकोमा धन्यवाद व्यक्त गर्दै पोषिलो खानाले शिशु स्वास्थ्य रहने र औषधी उपचारमा आर्थिक भार पनि नपर्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले महिला गर्भवती अवस्थामा भएदेखि नै पोषिलो खानामा जोड दिए शिशु पनि स्वास्थय जन्म हुने र कुपोषणको शिकार हुनेबाट जोगिने बताइन् ।शिविरमा आएका शिशुहरुको नियमित तौल गर्ने, चार सय ग्रामको सर्वोत्तम पिठो उपलब्ध गराउने र आवश्यक परेको अवस्थामा स्वास्थ्य उपचार समेत गरिने बताइएको छ ।
नगरपालिकाको वडा नम्बर ३ का वडाअध्यक्षले नारायण प्रसाद उपाध्ययले शिशुहरुको वृद्धि विकासका लागि पोषिलो खाना निकै आवश्यक रहेकोमा जोड दिदै बालबालिका स्वास्थ्य रहे मुलुक स्वास्थ्य रहने बताए ।
नगरपालिकाको वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ्गले बालबालिकाहरु भविष्यको कर्णधार भएको भन्दै आजका बालबालिकालाई स्वास्थ्य राखे भोली समृद्ध मुलुक बनाउनेमा टेवा पुग्ने बताए ।सिद्धार्थनगर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले तीन वटा वडाहरुले संयुक्त रुपमा संचालन गरेको शिविरको प्रशंसा गर्दै अगामी आर्थिक वर्षमा यस किसिमका शिविर संचालनका लागि बजेट विनियोजन गरी नगर स्तरीय शिविर संचालन गर्ने बताए ।एक जनाको शिशु उपर नियमित अनुगमन र स्वास्थ्य उपचारमा ५ देखि १० हजार रुपैयाँ खर्च आउने अनुमान गरिएको वडा नम्बर ३ का आधारभूत स्वास्थ्य केन्द्रका ईन्चार्ज दुर्गा बहादुर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?