ट्रेंडिंग:

>> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा

लुम्बिनीमा हुने राम कथा तीन दिन पछि सर्यो

२० माघ २०७९, शुक्रबार
२० माघ २०७९, शुक्रबार

बुटवल, २० माघ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबारदेखि हुने भनिएको राम कथा प्रबचन ३ दिनपछि सरेको छ । आयोजक राम कथा प्रेम यज्ञ समितिले माघ २४ गते मँगलबारदेखि प्रवचन कार्यक्रम हुने जनाएको छ ।

यही माघ २१ गते देखि २९ गतेसम्म लुम्बिनिको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको सभाहलमा हुने भनिएको प्रवचन माघ २४ गतेलेखि फागुन ३ गतेसम्म आयोजना हुने गरी तयारी भएको आयोजकले जनाएको हो । कथा आयोजक समितिले संचालनगर्ने भण्डारा भने पूर्ववत रुपमा २१ गते शनिबारबाटनै सञ्चालमा आउने बताएको छ ।

९ दिनसम्म हुने प्रवचनमा भारत तथा नेपालका २ हजार बढी श्रद्धालुको सहभागिता रहने राम कथा प्रेम यज्ञ समिति, लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले जानकारी दिए । लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको कार्यक्रममा आध्यात्मिक गुरु मोरारीको ९१२ औं राम कथा आयोजना हुन लागेको हो । ‘साँचो प्रेम र करुणा’ को सन्देश लिएर विश्व यात्रामा रहेका उनले सबै धर्मका प्रमुख तीर्थ स्थलहरू एवम् प्रमुख स्थानहरूमा प्रवचन गर्दै आएका छन् ।

अभियान अन्तर्गत भारतको बोधगया, सारनाथ तथा कुशीनगरमा रामकथा प्रवचन सम्पन्न भइसकेको छ । नेपालमा पनि पछिल्लो डेढ वर्षमा तेस्रो पटक लुम्बिनीमा प्रवचन कार्यक्रमको आयोजना गरिएको हो । यसअघि सन २०२१ मा मुक्तिनाथ तथा २०२२ मा जनकपुरधाममा प्रवचन गरिएको थियो । यसैगरी काठमाडौं र भुसुण्डी सरोवर (तिलिचो ताल) मा समेत राम कथा बाचन भइसकेको छ ।

लुम्बिनीमा हुने प्रवचनमा भक्तजनका लागि निःशुल्क भोजन गराउनुका साथै कार्यक्रमका अवसरमा विश्व शान्तिको कामना गर्दै ९१२ वटा विरुवा लगाउने कार्यक्रम भएको संयोजक अग्रवालले जानकारी दिए ।

यस अघि सन २०१९ मा लुम्बिनीमा तय गरिएको प्रवचन कार्यक्रम कोरोना महामारीका कारण स्थगित भएको थियो । कार्यक्रमको चर्तित भारतीय धार्मिक टेलिभिजन च्यानल आस्थाबाट १७० बढी देशमा प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजक प्रतिनिधि बिकास केडियाले जानकारी दिए । कथा कार्यक्रममा रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत सीमावसर्ती भारतीय शहर तथा गाँउहरुबाट समेत कथा श्रवणका लागि सर्वसाधारणहरुलाई निमन्त्रणा गरिएको छ । कार्यक्रममा आधा बढी पहिलो पटक लुम्बिनीमा प्रवचन सुन्नका लागि आउने आयोजकको दाबी छ । यो कार्यक्रमले लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?