ट्रेंडिंग:

>> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत

तेस्रो संस्करणको रोटरी ब्याडमिन्टनको तयारी पूरा

२० माघ २०७९, शुक्रबार
२० माघ २०७९, शुक्रबार

बुटवल, २० माघ ।

रोटरी ईन्टरनेश्नल ३२९२ नेपाल भुटान अन्तरगतका क्लबका सदस्य बीचमा खेल प्रतियोगितामार्फत भातृत्व विकास गर्ने उद्देश्यका साथ तेस्रो डिष्ट्रिक लेभल रोटरी ब्याडमिन्टन २०२२–२३ प्रतियोगिता हुने भएको छ । रोटरी क्लब अफ बुटवल र रोटरी क्लब अफ बुटवल डाउनटाउनको संयुक्त आयोजनामा शनिबार प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको तयारी पुरा भएको रोटरी क्लब अफ बुटवल अध्यक्ष बोनिन पियाले शुक्रबार बुटवलमा पत्रकार सम्मेलनमा जानकारी गराए । रोटरी ईन्टरनेश्नल ३२९२ नेपाल भुटान अन्तरगतका क्लबहरुका सदस्यहरु प्रतियोगितामा सहभागिता हुन पाउने उनले बताए । क्लब आफना सदस्यहरु बिचमा खेलमार्फत भाईचारा विकास गर्ने रुपमा प्रतियोगितालाई लिएको उनले बताए । विश्वमा नै ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने मुल नारा आत्मसात गर्दै रोटरी क्लबले शिक्षा, स्वस्थ्य, खानेपानी, सरसफाई, मातृशिशु र वातावरण जस्ता मानव जीवनका आधारभुत क्षेत्रमा सामाजिक र मानविय कार्यमार्फत अभियान चलाउँदै आएको छ ।

तिलोत्तमा ब्याडमिन्टन क्लब शंकरनगरमा हुने प्रतियोगिताको सबै तयारी पुरा भएको रोटरी क्लब अफ डाउनटाउनका अध्यक्ष भरत रानाले बताए । मेन्स डबल्स र भेटान्स गरी दुई इभेन्टमा हुने प्रतियोगिताको मेन्स डबल्सतर्फ उपाधि विजेता टिमले नगद २० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी दोस्रो र तेस्रो टिमलाई क्रमश: नगद १५ हजार र १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । भेटान्सतर्फ भने उपाधि विजेता टिमलाई नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा दोस्रो र तेस्रो टिमलाई क्रमश १० हजार र ६ हजारसहित कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा १ सय ५६ क्लबहरुबाट ४० टिम सहभागी ९ लाख खर्च हुने अनुमान रहेको छ । ईटहरीमा पहिलो र बुटवल डाउनटाउनको आयोजनामा दोस्रो गरि दुई संस्करण सम्पन्न भएको प्रतियोगिताको तेस्रो संस्करणको तयारी भएको पुरा भएको छ ।

पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक रोहित पुरी, टिकाराम पन्थ, सहसंयोजक वसन्त थापा क्लवका सचिव लालहरि पाण्डे, कोषाध्यक्ष जिवकान्त काफ्लेलगायतले पनि प्रतियोगिताबारे आ आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np