ट्रेंडिंग:

>> रास्वपा स्वार्थी, अस्थिर र डोलायमान : ओली >> एनजी मार्केटको बम्पर उपहार डेढकरोडको घर विजेतालाई बनाइदिने सझौता हस्तान्तरण >> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन
मुख्य खबर

संकटमा बंगुर व्यवसायी : ‘उत्पादन लागत घटाउन घाँस खुवाउन विज्ञको सुझाव’

२० माघ २०७९, शुक्रबार
२० माघ २०७९, शुक्रबार

बुटवल, माघ – बंगुर व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका तिला बहादुर सुर्यवंशीले बर्षमा ४ सय देखि ५ सय बंगुरका पाठा पाठी बिक्रि गर्दथे । महासंघका सचिव छत्र बुढाथोकीले बर्षमा करिव ३ हजार देखि ३५ सयसम्म पाठा/पाठी बर्षमा विक्रि गरेको स्मरण छ । तर गत बैशाख महिना यता उनिमात्रै होईन कुनै पनि व्यवसायीहरुले एउटा पनि बंगुरका पाठापाठी विक्रि गरेका छैनन ।
२,३ वटा बंगुरका पाठा पाठीहरु घर मा नै पाल्ने, हुर्काउने, मासुको रुपमा प्रयोग गर्ने प्रचलन केही बर्ष पहिला देखि सुरुवात भएको छ । जसको लागि रुपन्देही सहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा पाठा पाठी उत्पादनका लागि बंगुर पालन गर्ने किसानको संख्या समेत बढ्देको थियो । तर कोरोना कहर पछि आर्थिको आर्थिक मन्दीको असरको कारण अहिले बंगुर व्यवसायीहरु पलायन हुने अवस्था आएको छ ।
बंगुर व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तिला बहादुर सुर्यबंशीका अनुसार प्रदेशमा करिव ५ सय भन्दा बढि बंगुर फार्म दर्ता भएर सञ्चालनमा रहेका थिए । तर अहिले २०० भन्दा बढि फार्म बन्द नै भैसकेको उनको भनाई रहेको छ । अध्यक्ष सूर्यबंशी भन्छन्–‘नवलपरासीमा मात्रै केही समय यता ७० वटा भन्दा बढि फार्म बन्द भएको खबर पाएको छु, कतिपय विक्रि गरेर विदेश पलायन भएका छन् भने कतिपयले पेशा परिर्वतन गरेका छन् ।’
ठुला व्यवसायीक रुपमा बंगुर पालिका प्रदेशका २ सय भन्दा बढि बंगुर फार्म अहिले बन्द भएको प्रारम्भीक तथ्यांक बंगुर व्यवसायी महासंघ संग छ ।
भारतबाट गहु आयात बन्द भएपछि आकाशिएको दाना(चोक्कर)को भाउको कारण उत्पादन लागत थेग्न नसकेर किसानहरुले फार्म बन्द गर्नुपरेको गुनासो गर्दै आएका छन् ।
प्रति किलो ३ सय रुपैयाँमा बंगुर विक्रि गर्दै आएका किसानले अहिले पनि ३ सय मा नै बंगुर विक्रि गर्दै आएका छन् । तर दानाको मूल्य भने अहिले आकाशिएको छ । एक बर्ष पहिला ४० किलो दाना(चोक्कर)को १२ देखि १३ सय रुपैयाँमा पाउने गरेकोका अहिले मुल्य बढेर २२ सय देखि २३ सय रुपैयाँ पुगेको छ ।
घार वा टोल छिमेकमा उपभोगका लागि बंगुरका पाठापाठी पालन गर्ने प्रचलन समेत हराउदै जानु, मानिसमा बंगुरको मासु उपभोग गर्ने क्रस शक्तिको समेत अभाव हुँदा बजारमा बंगुरको मासुको माग ह्वात्तै घटेको व्यवसायी भनाई छ ।
बैंक तथा वित्तीय संस्थाले समेत कृषि कर्जा बन्द गरेको कारण पनि किसानले चर्को व्याज थेक्न नसकी फार्म नै विक्रि गरेका छन् भने कतिपय बैंकको किस्ता तिर्न नसकेर फार्म लिलाम विक्रि गरी कर्जा चुकाएको बताउँछन् ।
केही समय पहिला नवलपरासीको एउटा बंगुर फार्म बैंकले लिला निकालेको थियो । जसमा पारिवारिक सहयोगले लिलाम हुन बाट जोगीएपनि अन्य फार्म सञ्चालकहरु भने बैंकको किस्ता थेग्न, बैंक किस्ता समेत तिर्न नसकेको कारण समस्यामा परेका छन् ।

लागत कर्म गर्न घाँसमा आधारित उत्पादनमा जोडः
पछिल्लो समयमा बंगुर व्यवसाय नै पलायन हुन थालेको भन्दै सरोकारवालाहरुले बंगुर पालनमा विविधिकरण ल्याउनुपर्नेमा जोड दिएका छन् । आर्थिक मन्दी संगै मानिसहरुले बंगुर पालनका लागि पाठा पाठी खरिद गर्न छाडेको, बजारमा बंगुरको मासुको पनि माग कम रहेको कारणण् बंगुर व्यवसाय नै पलायन हुने अवस्था आएको भन्दै अव यसलाई विविधिकरण गर्नुपर्नेमा जोड दिइएको हो ।
प्रदेशको कृषि तथा भुमि व्यवस्था मन्त्रालयका पुर्व महाशाखा प्र्र्रमुख तथा पशुपंक्षि विज्ञ तुलसीराम भण्डारीले अव किसानले उत्पादनमात्रै भन्दा पनि बंगुरको विभिनन परिकार बनाएर बजारीकरण गर्नु पर्ने बताउँछन् । केही समय देखि बंगुर पालन व्यवसाय फष्टाएको भएपनि अहिले आएर बंगुर को खपत बजारमा न्युनरहेको भन्दै उनले अव व्यवसायीलाई विविधिकरण गर्दै बिकल्प बंगुरको मासुका विभिन्न परिकार बनाएर विक्रि गर्नुपर्ने, पोर्क रेष्टुरेन्ट सञ्चालन गर्ने, मासुको अचार बनाउने, किमा बनाउने, मोमोब नाउने, मासुलाई स्मोक गरी भण्डारण गर्ने, मासु लाई ब्रान्डीङ्ग गरी विदेश सम्म निर्यात गर्न सक्ने गरी योजना बनाउन आवश्यक रहेको उनको भनाई छ ।
अर्का विज्ञ,कृषि तथा भुमि व्यवस्था मन्त्रालयका पुर्व महाशाखा प्रमुख डा. प्रदिप शर्मा पौडेलले एक जना किसानले बंगुर पाठापाठी विक्रिका लागिपालना गरेका सोहीको सिको गर्दै अन्य किसानले समेत पाठा पाठी नै पाल्ने सस्कृती रहेको भन्दै यस्लाई चिर्नको लागि भिन्दा भिन्दै किसानले भिन्दा भिन्दै प्रयोजनका लागि बंगुर पालना गर्नुपर्ने बताएका थिए ।
उनले बंगुर मासुका लागि बजारीकरण गर्दा १० देखि १२ महिना भित्रमा बजारमा पठाउन आवश्यक रहेको भन्दै जुन स्वादका लागि समेत राम्रो हुने बताउँछन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै उनले दानामा आधारिरहेर बंगुर पालन गर्दा अहिले लागत बढे्को र लागत अनुसारको प्रतिफल प्राप्त नभएको अवस्थामा घाँसमा आधारित बंगुर पालनमा जोड उनको भनाई छ । बंगुर फार्महरुले घाँसमा आधारित रहेर बंगुर पाल्दा दिनमा एक पटक मात्रै घाँसलाई दानाको रुपमा उपलब्ध गराउँदा त्यसले बंगुरको स्वाथ्य समेत राम्रो हुने, मासु समेत स्वादीलो हुने भएको कारण यो तर्फ किसानले विकल्प प्रयोग गर्नुपर्ने बताएका थिए ।
बर्सिम, लुसन घाँस,जै घाँस, क्लोफरा घाँस, बदामे घाँस लगायतका घाँस बंगुरलाई खुवाउँदा अन्यको तुलनामा ६० प्रतिशत सम्मको उच्च ग्रोथ रेट प्राप्त भएको उनको भनाई रहेको थियो ।

खपत बढाउन पोर्क फेष्टिभल
पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय बुटवलका नि.प्रमुख डा. परवेज आलमले बंगुर व्यवसायीहरुको प्रर्वद्धनका लागि बुटवल उद्योग बाणिज्य संघ द्धारा आयोजना हुन लागेको कृषि मेलामा ‘पोर्क फेष्टिभल’ आयोजनागर्न लागिएको बताउँन्छने । बंगुरको मासुको फाईदा, उपभोगीता, यसले गर्ने सकारातमक प्रभाव सहित बंगुर पालनमा अपनाउनुपर्ने विविधिकरण मेलामा प्रस्तुत गरिने बताए । बंगुर व्यवसायी महासंघ लुम्बिनी प्रदेश संगको सहकार्यमा उक्त कार्यक्रम आयोजना हुने र अन्तरक्रिया, गोष्ठी समेत सञ्चालन हुने उनको भनाई छ ।
लुम्बिनी प्रदेशले केही समय पहिला प्रति बर्ष ५ हजार बंगुरका पाठा पाठी अन्य प्रदेशमा निर्यात गर्दै आएको थियो । १९ हजार मेट्रिक टन बंगुरको मासु उत्पादन हुँदै आएको यो प्रदेशमा अहिले भने मासुको संख्या घटेको छ ।
बंगुरको मासु मुटुरोगीका लागि राम्रो मानिन्छ । खसी र राँगाको मासु ‘रेडमिट’मा पर्छ भने ‘चाम्र्सफ्याट’ नामक तत्व हुने बंगुर ‘ह्वाइट मिट’मा । ‘रेडमिट’लाई कोलेस्टोरलको स्रोत मानिन्छ । छिटो बढ्ने बंगुरको मासुको यस्तो गुण र स्वादका कारण यसप्रतिको परम्परागत धारणामा तीव्र परिवर्तन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?