ट्रेंडिंग:

>> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा
फ्रन्टपेज

पार्किङ्ग शुल्कमा ‘उप-महानगरको मिलेमतो’

नगरमा पार्किङ्गको सहज व्यवस्थापन एवं नियमन गर्नुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरु पार्किङको नाममा स्वार्थ जोडेर काम गरिरहेका छन् । नगरको ठाउँ–ठाउँमा स्वार्थ समूहले सरकारी र निजी जग्गामा पार्किङ्ग भन्दै चर्को शुल्क असुली गरिरहेका छन् ।
२० माघ २०७९, शुक्रबार
२० माघ २०७९, शुक्रबार

बाँके माघ – शहरमा पार्किङ्गको सहज व्यवस्थापन एवं नियमन गर्ने जिम्मेवारी पाएको नेपालगन्ज उपमहानगरपालिकाले स्वार्थ समूहलाई पार्किङ्ग गर्न अनुमति दिएको छ ।

उपमहानगरकै जनप्रतिनिधिको संलग्नताका कारण सरकारी र निजी जग्गामा समेत पार्किङ्गका नाममा यतिबेला नेपालगन्जका ठाउँ–ठाउँमा लुट मच्चाइएको छ । यसरी सर्बसाधारणलाई ठगि गर्न अनुमति दिए वापत जनप्रतिनिधिले आर्थिक लाभ लिइरहेको स्रोत बताउँछ । अनुसन्धान गर्ने हो भने स्वार्थ समूह र जनप्रतिनिनिधिको मिलोमतोमा नेपालगन्जमा पार्किङ्गका नाममा मच्चाइएको आतंकको भण्डाफोर हुने स्थानीय बताउँछन् । साथै उनीहरुले यस्ता गतिबिधि तत्काल रोकेर छानविनको माग गरेका छन् ।

पार्किङ्गका नाममा भइरहेको लुटको पछिल्लो उदाहरण हो–यातायात कार्यालय नेपालगन्ज । कारकांदोस्थित सुर्खेतरोडमा रहेको उक्त कार्यालय साँघुरो बाटो अनि बस्तीको माझ रहेको बाँके गाउँमा भर्खरै सारियो । उक्त कार्यालयको छेउमै व्यक्तिको खाली जग्गा छ जहाँ यातायात कार्यालयमा दैनिक आउने सयौं सेवाग्राहीको सवारीसाधन पार्किङ्गका नाममा भन्दै एउटा समूहले चर्को रकम असुली गरिरहेको छ ।

व्यक्तिको जग्गामा सवारी पार्किङ्ग लागिका भन्दै थमाइएको चिट्मा शुल्क उल्लेख छ तर कस्ले कस्को अनुमतिमा पार्किङ्ग गरिरहेको हो भन्ने उल्लेख छैन । जर्बजस्ती पार्किङ्ग शुल्क दिन बाध्य कोहलपुरबाट यातायात कार्यालय आएका सेवाग्राही दिपेन्द्र ओलीले भने–‘यहाँ यातायात कार्यालय सार्नुको उद्देश्य नै यही खाली जग्गामा पार्किङ्गमा लगाएर सेवाग्राहीबाट पैसा असुल्ने देखियो । नेपालगन्जमा यहाँ मात्र होइन अन्य ठाउँमा पनि यस्तै आंतक छ । जनप्रतिनिधिको मिलोमतो बिना यस्तो कसैले गर्न सक्दैन । यस्तो गतिबिधि रोकेर तत्काल छानबिन हुनुपर्छ ।’ यातायात कार्यालय आउने सेवाग्राहीबाट साईकल पार्किङ्ग गरेवापत रु १०, मोटरसाईकल पार्किङ्ग गरेवापत रु २० रुपैया लिने गरिएको छ । कारको रु ४०,बसको रु ६० र बसको रु १०० शुल्क तोकिएको छ । आफ्नो कार्यालयमा आउने सेवाग्राहीलाई पार्किङ्गका नाममा लुटिरहेको देखेको भएपनि कानमा तेल हालेर बसेका छन् ।

पार्किङ्गका नाममा अर्को लुट रिक्सा चालकको नाममा देखिएको छ । रिक्साको अव्यवस्थाकाबीच नेपालगन्जमा रिक्सा चालकहरु केही स्वार्थ समूहको कमाइ गर्ने भाडो बनाएका छन् । जमुनाह नाका क्षेत्रमा इ–रिक्साहरुको भिडभाड बढी भएको र सडकमै पार्किङ गर्दा आवतजावत प्रभावित हुने गरेको भन्दै उपमहानगरपालिकाले शुल्क उठाउने जिम्मा दिएका व्यक्तिहरुले पार्किङ व्यवस्थापनभन्दा तोकिएको भन्दा बढी शुल्क उठाएर ठगी गर्दै आएका छन् । तोकिएको रु २० भए पनि १० रुपैया बढि अर्थात रु ३० शुल्क लिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाले पार्किङ्गको व्यवस्थापन गर्ने भन्दा स्वार्थ समूह सँग मिलेर लुट मच्याउन प्रोत्साहित गरिरहेको छ । यस्तो कार्य रोकेर पार्किङ्गलाई लुट मच्याउने माध्यमका रुपमा दुरुपयोग गर्नेहरुका बिषयमा छानबिन गर्नुपर्ने सर्बसाधारणहरुले आवाज उठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?