ट्रेंडिंग:

>> आम्दानीको स्रोत बन्दै सालको पात >> एसीसी प्रिमियर कपः नेपाल हङकङसँग पराजित >> आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने ओली सच्चिएपछि अहिलेको समीकरण : भुसाल >> कानुनविपरित भर्ना शुल्क असुल्दै निजी विद्यालयः बुटवल उपमहानगर भन्छ– गुनासो आएको छ, अनुगमन गर्छौं >> हामीलाई कमजोर ठाने फेरि अर्को उथलपुथल : नेपाल >> लुम्बिनीसहित देशका विभिन्न प्रदेशमा ठूलो हावाहुरी, २४ घण्टे चेतावनी >> रास्वपा स्वार्थी, अस्थिर र डोलायमान : ओली >> एनजी मार्केटको बम्पर उपहार विजेतालाई डेढकरोडको घर बनाइदिने सम्झौता हस्तान्तरण >> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद्

नेपाल–युरोपेली सङ्घको बैठक: हवाई सुरक्षा प्राथमिकतामा

२० माघ २०७९, शुक्रबार
२० माघ २०७९, शुक्रबार

काठमाडौँ, २० माघ ।

नेपाल र युरोपेली सङ्घको सम्बन्ध नेपालको हवाई सुरक्षाको उच्च प्राथमिकतामा रहेको छ । बेल्जियमको ब्रसेल्समा बसेको नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठकमा हवाई सुरक्षा द्विपक्षीय सम्बन्धको प्राथमिकतामा रहेको थप प्रस्ट पारिएको हो ।

सङ्घको प्रतिनिधिमण्डलले नेपालमा माघ १ गते भएको यती एयरलायन्स दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ  । दुवै पक्षले दुर्घटनापछिको अवस्थालाई सम्बोधन गर्न नेपाल नागरिक उड्डयनसँगको सहकार्यमा नेपालको अवस्थिति अध्ययन गर्ने विषय हालका लागि केही पछाडि सार्ने विषयमा सहमति जनाएका छन् ।

युरोपेली सङ्घले नेपालको हवाई उडान सुरक्षित नभएको भन्दै अन्तर्राष्ट्रिय उडानमा अनुमति दिएको  छैन । यस विषयमा उच्चस्तरीय तहबाटै भएको पहललाई सङ्घले स्वीकार गरे पनि बारम्बार नेपालमा भइरहेको हवाई दुर्घटनाले थप चुनौती बढाइरहेको छ । तथापि सङ्घले संयुक्त राष्ट्रसङ्घको नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका लागि आफ्नो समर्थन नेपाललाई रहने र बडापत्रले औँल्याएका सिद्धान्तअनुसार अघि बढ्ने प्रतिबद्धता जनाएको छ । यसले भविष्यमा उडान प्रतिबन्ध सङ्घले खुला गर्न सक्ने सम्भावना कायम रहेको सङ्केत गरेको छ ।

अर्को महत्त्वपूर्ण पक्षका रूपमा नेपालको कम विकसित मुलुकबाट विकासोन्मुख मुलुकमा स्तरोन्नतिको सवालमा सङ्घले गहिरो चासो प्रकट गरेको छ । बैठकमार्फत सङ्घले सन् २०२६ मा स्तरोन्नतिपछिको सङ्क्रमणकालीन अवस्थाका लागि महत्त्वपूर्ण सहयोग गर्ने आश्वासन दिएको छ तर त्यसका लागि नेपालले तयार गरेको स्तरोन्नतिको रणनीति सङ्घसँग आदानप्रदान गर्न‘पर्ने सर्त अघि सारेको छ ।

भविष्यमा विकासोन्मुख मुलुकमा स्तरोन्नति भएपछि गर्न सकिने द्विपक्षीय व्यापार सम्बन्धबारे पनि बैठकमा गहन छलफल भयो । जसअनुसार नेपालले सङ्घको प्रस्तावित लाभको पूर्ण उपयोग गर्न र आफ्नो निर्यात विविधीकरण गर्न जोड दिएको छ ।

विभिन्न क्षेत्रमा लगानीको जोड

बैठकमा दुवै पक्षका प्रतिनिधिमण्डलले लगानीको सम्भावनाका क्षेत्रको पहिचान र भविष्यमा साझेदारी गर्न सकिने क्षेत्रको पहिचान गरेको छ । विशेष गरी नवीकरणीय ऊर्जाको क्षेत्रमा बलियो लगानीको सम्भावनालाई बैठकले जोड दियो । नेपाललाई युरोपेली लगानी भएको बैङ्क र अन्य युरोपेली वित्तीय संस्थाका लगानीको अवसरको फाइदा लिन सङ्घले प्रोत्साहित गरेको छ । त्यसका लागि दिगो विकासका लागि नयाँ युरोपेली कोषमार्फत ग्यारेन्टी र अनुदानमार्फत समर्थन गरिने आश्वासन पनि उसले दिएको छ । त्यस्ता लगानीहरूले हरित र दिगो आर्थिक विकास र गरिबी न्यूनीकरणजस्ता क्षेत्रमा साझा प्राथमिकताका उद्देश्य पूर्ति गर्न सघाउने अपेक्षा रहने प्रस्ट पारिएको छ ।  त्यस्तै नेपालको शिक्षा क्षेत्रसँगको सहकार्यलाई जोड दिँदै बैठकले विद्युतीय स्वास्थ्य, विपत् व्यवस्थापन, साइबर सुरक्षालगायत क्षमता निर्माणका पाँच नयाँ परियोजनाको छनोट गरेको छ । जनसम्पर्क विस्तार गर्न कलाकारको आदानप्रदान र सांस्कृतिक, कूटनीतिक सम्बन्धलाई बढावा दिइने सहमति बैठकमा भएको छ ।

द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन नयाँ सरकारले महिला र पिछडिएका समूहको प्रतिनिधित्वलाई थप सुदृढ गर्नुपर्नेमा सङ्घले जोड दियो । सरकारको नीति तथा कार्यक्रममा व्यक्त गरिएअनुसार संविधानको कार्यान्वयन र कार्यान्वयनलाई थप प्रवद्र्धन गर्ने प्रमुख मस्यौदालाई संसद्मा पेस गर्ने नेपालको प्रतिबद्धतालाई सङ्घले स्वागत गरेको छ । शान्ति प्रक्रियाका बाँकी काम सङ्क्रमणकालीन न्यायलाई पूर्णता दिन आग्रह गरेको छ । त्यस्तै दुवै पक्षले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि प्रयास जारी राख्नुपर्नेमा आफ्ना धारणा साटासाट ग¥यो । नेपाल र सङ्घले साझा हितका विषयमा मानव अधिकार परिषद्मा रचनात्मक रूपमा संलग्न हुने प्रतिबद्धता जनाएको छ ।

कोभिड–१९ महामारीमा खोप अभियान र आर्थिक उत्प्रेरणासहित नेपालको प्रतिक्रियाको प्रशंसा गर्दै विश्वव्यापी जलवायु र वातावरणीय सुशासनका लागि सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनमा पुग्ने नेपालको प्रतिबद्धताको पनि सङ्घले प्रशंसा गरेको छ ।

यसका लागि जलवायु वित्त प्रतिबद्धताको पारदर्शिता र जवाफदेहिताको महत्वलाई जोड दिँदै हरित सङ्क्रमण, दिगो र सामाजिक रूपमा समावेशी छ भनी सुनिश्चित गर्न आवश्यक रहेकोमा दुई पक्षले सहमति जनाएको छ ।

परराष्ट्र सचिव भरतराज पौड्याल र सङ्घका एसिया तथा प्रशान्त क्षेत्रका लागि उपप्रबन्ध निर्देशक पाओला पाम्पालोनीको संयुक्त अध्यक्षतामा बैठक बसेको थियो । आयोगको अर्को बैठक सन् २०२४ मा नेपालमा हुने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?