ट्रेंडिंग:

>> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने !
प्रमुख समाचार

तस्करी नियन्त्रणमा नवलपरासी प्रहरीको ‘तहल्का’

१ महिनामा १ करोड ७३ लाख राजश्व दाखिला
१९ माघ २०७९, बिहीबार
१९ माघ २०७९, बिहीबार

बुटवल माघ– जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले १ महिनाको अवधीमा १ करोड ७३ लाख १८ हजार ७ सय ६७ मूल्य बराबरको राजश्व दाखिला गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प) तथा मातहत प्रहरी ईकाई समेतबाट मिति २०७९।०९।१७ गते देखि मिति २०७९।१०।१८ गते सम्म (१ महिनाको अवधिमा) जिल्लाका बिभिन्न स्थानबाट १ करोड ६८ लाख २८ हजार ७ सय ६७ मुल्य बराबरको भन्सार छली बिभिन्न अवैध मालसामान (चिनी, बिभिन्न किराना सामान, हार्डवेयरको सामान, लत्ता कपडा, बिभिन्न ईलेक्ट्रोनिक सामान, सवारी साधनका पार्टपुर्जा र पशु तथा चौपाया) बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर तथा राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाईएको प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।

त्यसैगरी प्रहरीले यस अवधीमा नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न २२ वटा ट्याक्टर लाई पक्राउ गरी आवश्यक कारबाहीको लागि सम्बन्धित स्थानीय तहमा बुझाएको छ, जसबाट ३ लाख ४२ हजार ५ सय मुल्य बराबरको राजश्व दाखिला भएको सूचना अधिकारी पाण्डेयको भनाई छ ।

सोही अवधिमा प्रहरीले १ लाख ६२ हजार ५ सय मूल्य बराबरको अवैध काठ बरामद गरी डिभिजन वन कार्यालयमा बुझाएको छ । यसरी यस अवधीमा प्रहरीले अवैध मालसामान, अवैध नदीजन्य पदार्थ उत्खनन् कारवाही, अवैध काठ समेत गरी कुल जम्मा १ करोड ७३ लाख १८ हजार ७ सय ६७ मुल्य बराबरको राजश्व दाखिला गरेको हो । खुल्ला सीमानाको कारण अबैधरूपमा भन्सार छली गरि ल्याएको बिभिन्न सामानहरू ओसार पसारमा संलग्न ५ जना मानिसहरू, १२ वटा मोटरसाइकल र २ वटा ट्याक्टर समेतलाई नियन्त्रणमा लिई आबस्यक कार्बाहीको लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ । साथै नवलपरासी (पश्चिम) प्रहरीले चालु आर्थिक बर्षको श्रावण १ गतेदेखि हालसम्म ४ करोड २९ लाख ३० हजार ७ सय ६५ मुल्य बराबरको राजश्व दाखिला गरेको छ ।

जसमा ४ करोड २ लाख १५ हजार १ सय ६० मुल्य बराबरको अवैध रूपमा भन्सार छली गरि ल्याएको बिभिन्न मालसामान रहेको छ भने ११ लाख ८६ हजार २ सय ५० मुल्य बराबर अवैध नदिजन्य पदार्थ उत्खनन कारबाही र १५ लाख २९ हजार ३ सय ५५ मुल्य बराबरको अवैध वन पैदावर बरामद गरेको प्रहरी नायव उपरीक्षक सूचना अधिकारी भोजराज पाण्डेयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?