ट्रेंडिंग:

>> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल
फ्रन्टपेज

डुवान रोक्न तात्दै पालिका सरकार

गाउँपालिका अध्यक्ष चौधरी सहित प्राविधिक शाखा लगायतका कर्मचारीहरुको संयुतm टोलीले स्थलगत गरेर धनेवा खोला अन्तरगत रहेको तिन वटा प्रमुख साईफनको अध्ययन गरेको छ ।
१८ माघ २०७९, बुधबार
१८ माघ २०७९, बुधबार

 नवलपरासी, माघ – जिल्ला स्थित धनेवा खोलाको साईफन भत्किएर मर्मत सम्भार नभएको काम गाउँपालिका आफैले मर्मतमा अग्रसरता देखाएको छ । साईफल मर्मतका लागि सरकारले चाँसो देखाउदा विगत तिन दशक देखी जिल्लाको सरावल गाउपलिका स्थित डुबानको जोखिममा रहेका स्थानिय बासिन्दाको समस्या हल गर्नका लागि गाउपालिकाले अग्रसरता लिएको हो ।

गण्डक सम्झौता पश्चात धनेवा खोलाको दुई किनारमा भारतिय पक्षले बाँध निर्माण गरेको थियो । बाँध अन्तरगत विभिन्न स्थानमा बाहिरबाट बगेर जाने कुलोका पानीको निकासका लागि साईफन पनि निर्माण भएको थियो । साईफन दुई तिन बर्षमै भत्कियो,गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले भने,त्यही बेला देखी तत्कालिन भुजहवा,रामपुर खडौना,बडहरादुबौलिया,रमपुरवा गाविसको शंकरपुर गाँउ डुबान पर्दै आएको छ ।
शंकरपुर गाउ हाल पाल्हिनन्दन गाउँपालिका अन्तरगत पर्छ । बाँकी भुजहवा,रामपुरखडौना,बडहरादुबौलिय गाविस मिलाएर हाल सरावल गाउपालिकाको वार्ड नं.५,६ र ७ नम्बर कायम गरिएको छ । धनेवाखोला र झरहीखोला तल शंकरपुलमा पुगेर एउटैमा मिसिएको छ । झरही खोलाको पानीको प्रवाह र घनत्व बढि हुने हुदा झरहीखोलामा बाढी आउदा पानीले नै धनेवा खोलाको जलनिकास थुनिदिने गरेको छ । जस्ले गर्दा धवेवा खोलाको पानी झरहीमा मिसिनु भन्दा सरावलका ति ३ वटा वार्डका आधा दर्जन गाउ र झण्डै १२ सय विघा क्षेत्रफलको बालनाली नष्ट गर्ने गरेको छ । करोडौको खाद्यान बर्षेनी नष्ट हुने गरेको छ,अध्यक्ष चौधरीले भने,विगतमा पनि यस क्षेत्रका जनता स्थानिय जनप्रतिनिधि मार्फत सरकारसमक्ष आफ्ना समस्या दर्साउदै आएका थिए ।

तत्कालिन जिविसमा पनि पटक पटक डुबानको समस्या उठ्ने गरेको थियो ।साईफन मर्मतका कुरा पनि स्थानियले उठाउदै आएका थिए । तर सुनुवाई हालसम्म भएको देखिएन ्। बेला बेला मुख्यमन्त्री,यस क्षेत्रका साँसदहरु पनि बाढीको बेला स्थलगत अध्ययनमा आउने गरेका छन् ।
आश्वासन पनि दिईने गरेका छन् । तर ति आश्वसान कुरामा मात्र सिमित रहेको वार्ड नं.६ का वार्ड अध्यक्ष छोटेलाल गुप्ताले बताए । अहिले आफुले वार्ड स्तरकै बजेट खर्चेर कम्तीमा एउटा साईफन मर्मतका लागि बजेट बिनियोजन गरेर काम शुरुवात गर्न लगाएको बताए । वार्डले नै समस्या समाधानमा आफ्नो पहलकदमी देखाए पछि सोमवार गाउँपालिका अध्यक्ष चौधरी सहित लेखा शाखा,प्रशासन शाखा,प्राविधिक शाखा लगायतका कर्मचारीहरुको संयुतm टोलीले स्थलगत गरेर धनेवा खोला अन्तरगत रहेको तिन वटा प्रमुख साईफनको अध्ययन गरेको छ ।

अध्ययनकै क्रममा गाउपालिका अध्यक्ष चौधरीले तिनै वटा साईफनको डिजाईन,स्टिेमट गर्न,डिपिआर तयार गर्न प्राािवधिक टोलीलाई निर्देशन समेत गरेका थिए । धनेवा खोलाको सफाईको पनि काम गर्नु पर्ने देखिएको छ,अध्यक्ष चौधरीले भने,पहिला गाउपालिकाको तर्फबाट साईफनको काम शुरु गरौ,धनेवा खोला सफाईका लागि डिपिआर तयार गरौ,ति डिपिआर लिएर प्रदेश सरकार र संघिय सरकारका जनप्रतिनिधि मार्फत बजेट माग गर्न लगाउनका लागि आफु पहल गर्नमा लागिने बताए । आफ्नो साधन स्रोतले प्राथमिकताको आधारमा काम भ्याउन सक्ने कार्य पालिका स्तरबाट हुन्छ,उनले थपे, बढि बजेट आवश्यक पर्ने योजन प्रदेश सरकार र संघिय सरकारमा पठाउछौ । त्यसका लागि यस क्षेत्रका प्रदेश साँसद र संघिय साँसदले पनि अग्ररता लिन पर्यो । स्थानियबासीले ति प्रतिनिधिलाई पनि जनदबाव बढाउनु पर्छ । तिनै सरकारमा रहेका मतदाता जनता उहिँ नै हुन्,सबैले अ आफ्नो स्तरबाट जिम्मेवारी लिएर काम गर्नु पर्ने उनले औल्याएका थिए ।

विगत तिन दशक देखी डुबानको समस्या स्थानियले उठाउदै आएको पुर्व शिक्षक समेत रहेका स्थानिय बुद्धिजिवि झिन्कु चौधरीले बताए । स्थानियबासी सधै आश्वासन र बाढीमा राहत मात्रै पाएका छन्,तर अब आश्वास र रासन चाहिएको छैन्,डुबानको स्थाई समाधान चाहिएको छ । नेपालमा शासकिय ब्यवस्था फेरियो,तर धनेवा डुबान पिडितको अवस्था फेरिएन् । यो यस क्षेत्रका जनताको दुर्भाग्य भएको दुखेसो सो टोली समक्ष राखेका थिए । गाउपालिकाले नै अब कम्तीमा एक बर्षमा एउटा साईफन बन्ने गरि बजेट बिनियोजन गर्दै काम गरि दिन पर्यो,उनले टोली समक्ष अनुरोध गर्दै भने,जनता धेरै निरास भई सकेका छन् । अब थप निरास बनाउन कार्य नहोस । साइफल मर्मतको कामसँगै धनेवा खोलाको सफाई पनि चाडै होस भनेर हाम्रो चाहना रहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?