ट्रेंडिंग:

>> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक >> दुर्घटना न्युनीकरण गर्न चालक र सहचालकलाई प्रशिक्षण >> सामाजिक विभेदको पराकाष्ठा : गल्ती एउटाको, निर्दोष बालकलाई सामाजिक सजायँ >> सुदुरपश्चिममा फेरि लफडा : रेशम पक्षका लक्ष्मणकिशोर सर्वोच्चमा >> आगलागीबाट प्रभावित परिवारलाई राहत वितरण >> गुरुकुलीय संस्कृत शिक्षाप्रतिको आकर्षण बढ्दो >> उजिरसिहमा बिदाई तथा शुभकामना >> पुरातात्विक संरचनालाई जोगाउँदै समृद्ध बुटवल निर्माणमा जोड >> अझै हुन सकेन कर्णालीमा मन्त्रिपरिषद् विस्तार >>  भिम रावललाई एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा  निषेध >> वामपन्थीबिच अहिले एकताको सम्भावना छैन : प्रधानमन्त्री >> विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर >> संघीय निजामती सेवा ऐन छिटो पारित गर्न माग >> एमाले पार्टीभित्र देखिए १३ वटा समस्या >> सुनको भाउ आज यथावत् >> लुम्बिनीमा जसपाका मन्त्रीले दिए राजीनामा, समर्थन भने कायम >> गाउंपालिका अध्यक्षले एमाले छाड्दै पदबाटै किन दिए राजीनामा ? >> सल्यान उद्योग वाणिज्य संघमा सत्ता गठबन्धनका श्रेष्ठको प्यानलै बिजयी >> ब्याडमिन्टन खेलाडी उत्पादन गर्दै ‘लाफा समूह’ >> एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा पेस भएका प्रतिवेदनमा आज समूहगत छलफल

लुम्बिनीको ‘रामकथा प्रवचन’ रोक्न धर्मोदय सभाको माग, बौद्ध धर्मावलम्बीमाथि षड्यन्त्र भएको आरोप

१६ माघ २०७९, सोमबार
१६ माघ २०७९, सोमबार

बुटवल, १६ माघ । बुद्ध जन्मस्थल लुम्बिनीमा हुन लागेको रामकथा प्रवचन कार्यक्रम विवादमा परेको छ । लुम्बिनीमा माघ २१ देखि ९ दिनसम्म भारतीय हिन्दु आध्यात्मिक गुरु मोरारी बापुबाट रामकथा प्रवचन गर्ने कार्यक्रमको तयारी भइरहेको छ ।
मारवाडी समुदायका उद्योगी व्यवसायीको अगुवाईमा कार्यक्रमको तयारी भइरहेका बेला बौद्ध धर्मावलम्बीहरुको संस्था धर्मोदय सभाले उक्त कार्यक्रम रोक्न माग गरेको हो ।
बुद्ध जन्मस्थल लुम्बिनी बौद्धमार्गीहरुको पवित्र र सम्मानित स्थल भएकाले गैर बौद्ध धर्मावलम्बी कार्य सञ्चालन षड्यन्त्र भएको भन्दै कुनै हालतमा गर्न दिन नहुने धर्मोदय सभाको माग छ ।
सबै धर्मावलम्बीको आआफ्नो क्षेत्र हुंदाहुंदै बुद्धको पवित्र भूमिमा गैर बौद्ध कार्यक्रम सञ्चालन गर्नुको पछाडि कुनै षड्यन्त्र लुकेको आभाष मिलेको धर्मोदय सभाका महासचिव सागरमान बज्राचार्यले निकालेको विज्ञप्तिमा उल्लेख छ । बौद्ध धर्मावलम्बीको सम्मानित क्षेत्रमा हस्पक्षेप गर्न लागेको क्रियाकलाप तुरुन्त बन्द गर्न लुम्बिनी विकास कोषसंग सभाले माग गरेको छ ।
केही समय अघि लुम्बिनीमै हिन्दु–बौद्ध सम्मेलन आयोजना गर्न खोजिएकोमा त्यसलाई पनि धर्मोदय सभाले प्रतिकार गरेर रोकेको बज्राचार्यले बताए ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले प्रवचन रोक्न माग गरेको विषय आफूले पनि थाहा पाएको तर भेटेर औपचारिकरुपमा कुराकानी नभएको बताए ।
उनले यो कार्यक्रम हिन्दु धर्मको प्रचारका लागि नभएको र बौद्ध कथा पनि प्रवचन हुने भन्दै यसको विरोध गर्नु पर्ने कारण नभएको बताए ।
राम कथा प्रेम यज्ञ समिति लुम्बिनीका संयोजक राजेश कुमार अग्रवालले यो प्रवचन कार्यक्रम लुम्बिनीलाई विश्वसामु परिचित गराउन सहयोग गर्ने र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने बताए ।
होटल संघ लुम्बिनीका अध्यक्ष गोविन्द ज्ञवालीले थला परेको लुम्बिनीको पर्यटनलाई राम कथा प्रवचनले राहत दिने अपेक्षा गरिएकोमा कार्यक्रमको विरोधले होटेल व्यवसायीहरु निराश भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?