ट्रेंडिंग:

>> बुटवलका छापा संचारगृहहरूको संयुक्त बैठक >> अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन >> शँकरनगर सामुदायिक वनमा निःशुल्क आँखाको चेकजाँच शिविर >> सुप्रिम सहकारी घोटाला प्रकरण : आजदेखि थुनछेक बहस हुने >> नयाँ बर्षले पर्यटन क्षेत्रमा दिएको उत्साह >> पर्यटनको नाममा अर्ब सकियो, न बन्यो पूर्वाधार, न आए पर्यटक >> नयाँ वर्ष सबैको घरमा उमंग बनेर आओस् >> पञ्चेबाजा बजाउँदै विद्यार्थी भर्ना >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> परिवर्तनका उपलव्धिको रक्षा जरुरीः छविलाल विश्वकर्मा >> विकासको मूलधारमा जोडिन मिडियाले अभियान चलाउनुर्छ : मन्त्री शर्मा >> कृषिमा फड्को मार्दै बुटवल >> नेपालको शिक्षा प्रणाली बेरोजगार उत्पादन गर्ने कम्पनीः मुख्यमन्त्री >> नुवाकोटमा उजिरसिहको पूर्णकदको मूर्ति अनवरण >> धादिङ – काठमाडौं जोड्ने नागढुङ्गा सुरुङमार्ग छिचोलियो >> एसीसी प्रिमियर कप : हङकङविरुद्ध ८ विकेटको जितसँगै नेपाल सेमिफाइनलमा >> सशस्त्र प्रहरीद्वारा ३ लाख ८२ हजार बराबरको अवैध सामान बरामद >> ‘दुर्घटनापछिको सहजीकरणमा भलाई कोषको ठूलो योगदान’ >> हङकङद्वारा नेपाललाई १ सय १५ रनको लक्ष्य >> सुदुरपश्चिममा गठबन्धन भत्किएपनि फरक पर्दैन : ओली >> माधव नेपालको चेतावनी : लुम्बिनी,बागमति र मधेशमा पनि खतराको घण्टी >> आईएमई ग्रुपको चौथो केबलकार कैलालीको चिसापानीमा शिलान्याश >> लुम्बिनीमा १७ महिनापछि संसदीय समितिले पूर्णता पाउंदै >> राप्रपाको प्रदर्शनमा प्रहरीले हानेको अश्रुग्यासले अस्वस्थ बर्दियाका डांगीको मृत्यु >> विपदबाट एक वर्षमा झण्डै पाँचसयको मृत्यु >> आज प्रतितोला सात सय रूपैयाँले बढ्यो सुन >> एसीसी प्रिमियर कपमा नेपाल र हङकङबीच खेल हुंदै >> एमाले संसदीय दलको वैठक बस्दै >> विश्वदीपले पनि छाडे बाबुरामको साथ >> रिडी पावर कम्पनीका न्यौपानेलाई एक वर्ष कैद ,३ करोड ९८ लाख रुपैयाँ जरिवाना >> दाङमा लागुऔषध सहित महिला पक्राउ >> आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना >> मौसमजन्य रोगको प्रकोप र चुनौति >> ‘शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम’ >> भन्सार कार्यालयको सक्रियता बढ्दो >> सुनछहरीमा ‘शून्य उजुरी’ >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> दाङमा हुन लागेको राष्ट्रिय स्तरको मिडिया महोत्सवको तयारी पुरा >> दाङमा माटोको ढिस्कोमा पुरिएर दुई बालकको मृत्यु  >> सल्यानमा बस दुर्घटना, तीनजना घाइते >> स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम >> सुप्रिम सहकारी घोटाला : जिबि राईसहित २८ जना प्रतिवादीसंग १ अर्ब २ करोड मागदाबी >> ठेकेदार भागेपछि कालीगण्डकी नदीको निर्माणाधीन पक्की पुल अलपत्र >> विनोद चौधरीको बयान लिंदै अख्तियार >> रूपन्देही सुपरलिगः लुम्बिनी खुकुरी फाइनलमा >> राजतन्त्र फर्काउन असम्भव : देउवा >> इजरायलमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक घरबाट ननिस्कन दूतावासको आग्रह >> आर्थिक वर्षको नौ महिनामा पूँजीगत खर्च ३२ प्रतिशत मात्रै >> आज सुनको मूल्य घट्यो >> कांग्रेस बैठक : संसद् अधिवेशन अन्त्य गर्ने निर्णयको निन्दा

नर्सहरुको श्रम शोषण गर्ने स्वास्थ्य संस्था खारेज गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

१५ माघ २०७९, आईतवार
१५ माघ २०७९, आईतवार

काठमाडौं-

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नर्सको श्रमशोषण गर्ने स्वास्थ्य संस्थाहरुको नवीकरण नगर्ने र खारेजसम्म गर्ने बताएका छन्।

नेपाल नर्सिङ संघको ६१ औं वार्षिकोत्सब कार्यक्रममा बोल्दै गिरीले निजी क्षेत्रमा नर्सको तलब निकै कम भएको सुनेकाले श्रम शोषण गर्ने संस्थालाई अनुगमन गरि आवश्यक कारबाही गर्ने बताए।

‘नर्सको तलब ८/१० हजार पनि छ भन्ने सुनें। यो निकै भयावह र कहालीलाग्दो अवस्था हो। तपाईंहरु तथ्य र प्रमाणसहित हामीलाई जानकारी दिनुस् त्यस्ता संस्थालाई कारबाही गर्छौं,’ उनले थपे, ‘नर्सको तलब पेन्सिलले लेखिन्छ भन्ने सुनेको छु, तर अब यस्तो हुँदैन, अब स्वास्थ्य संस्था डिजिटल पेमेन्टमा जानुपर्छ। नर्सहरुको बैंक खाता खोलिनुपर्छ।’

गिरी आफूले नर्सिङ क्षेत्रको धेरै कुराहरु आफूले सिक्नुपर्ने भन्दै नर्समैत्री ऐन बनाउने समेत बताए। उनले नर्सिङ क्षेत्रको समस्या समाधानको लागि मन्त्रालयले सबै कुरामा समर्थन गर्ने बताएका छन्।

सोही कार्यक्रममा बोल्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानकी रजिष्ट्रार प्रमिला देवानले नर्सहरु लामो समय उही तहमा काम गर्न वाध्य भएको बताइन्। नर्सहरुको समस्या समाधानमा मन्त्रालयले अनुगमन गर्दिनु पर्ने उनको भनाई थियो। उनले भनिन्, ‘नर्सहरुलाई प्राइभेट क्षेत्रमा तलब छैन, सरकारीमा २५/३० वर्ष उही तहमा काम गर्नुपर्ने वाध्यता छ। स्तरवृद्दि हुँदैन। यो कुरा हामीले बारम्बार भनिरहेका छौँ। स्तरवृद्दि हुन अदालत नै धाउन पर्ने भए नीति के को लागि बन्छ?’

नेपाल नर्सिङ संघकी अध्यक्ष मनकुमारी राईले पनि नर्सहरुको पढाई र योग्यता अनुसार तलब नभएको बताइन्। नेपालमा नर्सहरुलाई एकदमै न्यून पारिश्रमिक भएको उनको गुनासो थियो।

नेपाल नर्सिङ संघकी निवर्तमान अध्यक्ष प्रा डा तारा पोखरेलले नर्सहरुलाई पर्याप्त सुविधा दिएर नेपालमै राख्नु पर्ने बताइन्। ‘नेपालका अस्पतालमा नर्सको अभाव छ। बेलायत र क्यानाडाले नेपाली नर्स माग गर्छ। नर्स सबै बाहिर पठाएर नेपालमा के गर्ने? स्तरीय स्वास्थ्य सेवा पाउन नर्सहरुलाई सुविधा दिएर नेपालमै राख्नुपर्छ,’ उनले भनिन्।

‘जेष्ठ नागरिक स्वास्थ्य सुरक्षा हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ आज ६१ औं नेपाल नर्सिङ दिवस मनाइदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?