Logo
२४ जेष्ठ २०८०, बुधबार

लुम्बिनीमा शुन्य पोलिथिन अभियान शुरु


बुटवल, १५ माघ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकालाई शुन्य पोलिथिन पालिका बनाउने अभियान शुरु भएको छ ।
ग्रीनरी नेपाल गैर सरकारी संस्थासंगको सहकार्यमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले ६ महिनासम्म पोलिथिन शुन्य सरसफाइृ अभियान सञ्चालन गर्ने आइतबार घोषणा गरेको हो ।
अभियानको उद्घाटन रुपन्देही ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरेले गरेका छन् । सो अवसरमा बोल्दै सांसद घिमिरेले अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी देश विदेशका पर्यटक आउने महत्वपूर्ण थलो भएपनि पोलिथिनजन्य वस्तुको फोहोरले पर्यटकमा नकारात्मक असर गरेको बताए ।
पोलिथिनजन्य फोहोरले मानव स्वास्थ्य,पशु स्वास्थ्य, खेतीयोग्य जमिन,बालीनाली, वातावरण र पर्यावरणमा प्रतिकुल असर पारेको हुंदा शुन्य पोलिथिन बनाएर वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिए ।
सांसद घिमिरे नगर प्रमुख हुंदा तिलोत्तमा नगरपालिकालाई खुला पोलिथिनमुक्त नगर बनाएका थिए । तिलोत्तमामा एक लाख बढी नगरवासीलाई सरसफाई अभियानमा सहभागी गराएका उनले जन सहभागिताले अभियान सफल हुने अनुभव सुनाए ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले अभियानमा नगरपालिकाका १३ वटै वडाका जनप्रतिनिधि,सामाजिक संघसंस्थालाई सहभागी गराई ६ महिनासमम सरसफाई अभियान सञ्चालन गरी नगरलाई पोलिथिन शुन्य बनाउने बताइन् । अभियानका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकाले १७ लाख ५० हजार रुपैयां वजेट विनियोजन गरेको हरिजनले बताइन् ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ता, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा.हृदयरत्न बज्राचार्य, गैडहवा गाउंपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल, शुद्धोधन गाउंपालिकाका अध्यक्ष विष्णुप्रसाद बस्याल,रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र रेग्मी,सरसफाई अभियान्ता उपेन्द्र अधिकारी,मुक्ति गैह्रे लगायतले बुद्ध जन्मस्थल लुम्बिनीलाई पोलिथिन शुन्य बनाउने अभियानमा सबैको साथ रहने प्रतिवद्धता जनाए ।
ग्रीनरी नेपालका अध्यक्ष निपेश अधिकारीले अभियानमा आफ्नो संस्थाका २२ जना स्वयंसेवक दैनिकरुपमा फोहोर संकलन,फोहोर वर्गीकरण र फोहोर बिसर्जनमा खटिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा
  >>   नेपथ्या तिलोत्तमा र स्टार एकेडेमी विजयी   >>   प्यूठानको झिमरुक गाउँपालिकामा कर्मचारीमाथि हातपात   >>   संविधान समावेशी हुन सकेनः रेशम चौधरी   >>   तिलोत्तमा रेल मार्गको काम अघि बढाउने सर्वदलीय निर्णय   >>   लुम्बिनी केबलकारको उदघाटन प्रधानमन्त्रीबाट   >>   बुटवलका मासु पसल र सप्लायर्सहरुमा अनुगमन   >>   आमसञ्चार क्षेत्र सुधार सुझाव समितिले सरकारलाई बुझायो प्रतिवेदन   >>   पूर्व राज्यमन्त्री चौधरीको निधन   >>   त्रिवेणीको नर्वदेश्वर मन्दिरमा चार मुर्ती अनावरण, जोगजोगिनी पर्यटकीय स्थलको उदघाटन   >>   सरस्वती विद्यालयमा नयाँ नेतृत्व, शिवराजका विद्यालयमा धमाधम व्यवस्थापन गठन