ट्रेंडिंग:

>> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा >> जेठको पहिलो साता बुटवलमा हाफ म्याराथन तथा रोड रेस >> प्लाष्टिक नियन्त्रण : धेरै गफ, कमजोर कार्यान्वयन >> ओम्स नेपाल लुम्बिनीमा अर्जुन नेपाल >> सशस्त्र प्रहरीद्वारा ५० लाख बराबरको अवैध सामान बरामद >> अहिलेको गठबन्धन कति दिन टिक्छ टुङ्गो छैन : नेपाल >> सबै वामपन्थी शक्ति ध्रुविकरण हौं : प्रधानमन्त्री >> देशभर गर्मी बढ्यो, तराईका विभिन्न ठाउँमा तातो हावा >> एमाले कार्यालयमा प्रचण्ड र माधव, ओली भने अस्वस्थताका कारण अनुपस्थित >> विश्व पृथ्वी दिवस >> झिल्कोले सिंगो गाउँ नै सखाप
मुख्य खबर

रोजगारीको लोभमा मानव तस्करी

१५ माघ २०७९, आईतवार
१५ माघ २०७९, आईतवार

चन्द्रौटा(कपिलवस्तु), माघ ।
मानव तस्करी रोक्नकोलागि विभिन्न संघ संस्थाले गर्दै आएको पहल निरथक हुदै गएको पाइएको छ । मानव तस्करी रोक्नका लागि विभिन्न निकायले आ आफ्नो क्षेत्रबाट पहल थालेको भने पनि मानव तस्करीका घटनाहरु भने बढ्दै गएका छन् ।
पछिल्लो समय कपिलवस्तुमा मानव तस्करीको घटना विकराल बन्दै गएको छ । रोजागरी लगायतको विभिन्न प्रलोभनमा परि विचौलयाको चंगुलमा पर्दै गएका छन् ।

शान्ति पुनःस्थापना गृह कपिलवस्तु शाखाको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७८÷०७९ मा २ सय ८० जनालाई उद्धार गरिएको थियोे । यस्तै आर्थिक वर्ष २०७७÷०७८ मा २ सय ५२ जनालाई उद्धार गरिएको उल्लेख छ । जस अनुसार २८ जनाको उद्घार भएको संख्याले वृद्धि भएको पुष्टि गर्छ ।

यस्तै शान्ति पुनःर्स्थापना गृह कपिलवस्तुका प्रमुख बसन्ती जिसीले यस चालू आर्थिक वर्षमा मात्रै ६ जनालाई उद्धार गरिएको बताइन् । जसमध्ये २ जनालाई विदेशबाट उद्धार गरिएको जिसीले जनाइन् । देशभरि मध्ये अहिलेसम्म कपिलवस्तु जिल्लाकै सबैभन्दा बढी १ हजार ७ सय ६५ जनालाई परामर्श दिएको उनको भनाइ छ ।

छिमेकी मुलुक भारत लगायत तेस्रो खाडी मुलकबाट यस वर्ष २ जनालाई उद्धार गरिएको छ । विदेश जान लागेका अन्य बाँकी सिमानाकाबाट उद्धार गरिएको हो । उद्धार गरिएका मध्ये सबैभन्दा बढी १८ देखि २५ वर्ष उमेर समुहका १ सय ४६ जना रहेका छन् । बिचौलियको चंगुलमा फसेका अधिकांश अबिबाहित महिला रहेको तथ्यांक छ । कपिलवस्तुको कृष्णनगर शाखाले ६ हजार ५ सय ६२ जनालाई परामर्श दिएको जनाएको छ ।

पिडितको उजुरीको आधारमा प्रहरीको सहयोगमा विभिन्न मुद्दामा ४ वटा दर्ता गरिएको छ । दर्ता भएका उजुरी मध्ये मानव बेचबिखन विरुद्ध १ जना, जबरजस्ती करणी तथा ओेसारपोसार विरुद्ध २ जना र सार्वजनिक मुद्दा १ जना माथि दर्ता गरिएको छ । बिहिबार शान्ति पुनःस्थापना गृह कपिलवस्तु शाखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्यांक सार्वजनिक गरेको छ ।

नेपालबाट हजारौँ महिला तथा बालबालिकाहरु वैदेशिक रोजगारीको बहानामा भारत लगायत खाडी मुलुकमा बेचबिखन भइरहेका छन् । नेपाल राजनैतिक उथलपुथल, बढ्दो गरिबी, लैँगिक भेदभाव, न्यून आर्थिक स्तर, छिमेकी मुलुकसँगको खुला सिमाना र बेरोजगारका कारण बेचबिखनमा पर्ने गरेका छन् । यसमा पनि सबैभन्दा बढी दलित र जनजाति समुदायका व्यक्ति रहेका छन् ।

सोझासिधा, महिला र बालबालिकाहरुलाई बेचबिखन गर्ने बिचौलियाहरुको गिरोह नै सक्रिय देखिएका छन् । यसरी वैदेशिक रोजगारीमा जाने महिलाहरुको शोषणको अवस्था झन् भयावह भएको तथ्यांकमा उल्लेख छ । बेचबिखनमा अधिकांश अबिबाहित, हिंसामा परेका महिला, अभिभावक गुमाएका बालबालिका र श्रीमान वैदेशिक रोजगारीमा गएका महिला पनि रहेका तथ्यांकले देखाएको छ ।
शान्ति पुनःर्स्थापना गृह क्षेत्रीय संयोजक भूमिराज भट्टराईले मानव बेचबिखनका विभिन्न नयाँ स्वरुप पर्न थालेको बताएका छन् । चाइना, मकाउमा जबरजस्ती यौन व्यवसायका लागि भारतका विभिन्न ठूला शहरहरु हुँदै अफगानिस्तान, अमेरिका, क्यानडासमेत तस्करी भइरहेको उनले बताए । बैदेशिक शिक्षाका लागि केही कन्सलटेन्सी मार्फत, मानव तस्कर भइरहेको उनको भनाइ छ ।

कोरिया र चाइनामा बिबाहको बहाना र नेटवर्किङ व्यवसायका नाममा तस्करी भइरहेको समेत उनले बताए । १८ वर्ष मुनिका बालबालिकाहरुलाई बिहार, पञ्जाब, नाइजेरिया, तान्जेनिया, अफ्रिकन मुलुक र नेपालभित्रै केही शहरमा अर्केस्ट्राम काममा लगाइएको उनले जनाए । मनोरञ्जन उद्योग जस्तै डान्सबार, मसाज पार्लर, क्याविन रेष्टुरेन्टमा पनि धेरै संख्यामा श्रमजीवी महिला तथा बालबालिकाहरु कार्यरत रहेको भट्टराईले जिकिर गरे ।
नेपाल भारत मैत्री बसमा तस्करले लैजाँदा सहज हुने गरेको सरोकारवालाहरुको भनाइ छ । उनीहरुका अनुसार दिउसो जाँदा चेलिबेटी बेचबिखनविरुद्ध काम गरिरहेका संघसंस्था लगायत प्रहरीले समेत निगरानी गर्दा जटिल हुने गरेको छ । कतिपय पारिवारिक सम्बन्ध नराम्रो भएका कारण श्रीमती सामाजिक सञ्जाल लगायत विभिन्न सम्बन्धमा परि बेचिन पुग्ने गरेका छन् । केही सरकारी कर्मचारीले श्रीमतीलाई समय नदिँदा यस्ता घटना संलग्न हुन बाध्य भएको छन् ।
यस्ता मानव तस्करीका घटना बढ्दो देखिएपनि स्थानीय सरकार मौन छ । गैर मानवीय अपराधिक घटना न्यूनीकरण गर्न सरकारीभन्दा गैरसरकारी संघसंस्था सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?