ट्रेंडिंग:

>> गण्डक नहरमा डल्फिन भेटियो >> नवलपरासीमा सोमबारदेखि अन्तरप्रदेश राष्ट्रिय पुरुष कवड्डी प्रतियोगिता हुँदै >> नेपालगञ्जमा दिसाजन्य लेदो ब्यवस्थापनको समस्या अन्त्य >> रुख कटानको काम सुरु >> श्रम स्वीकृतिको काम एकै दिनमा हुने >> आयरल्यान्ड वुल्भ्सले दियो नेपाल ‘ए’ लाई २२३ रनको विशाल लक्ष्य >> एसईई अनुगमनका जथाभावी अनुमति पत्र रद्द >> १९ वर्षीया पद्मा सुनार हत्याका अभियुक्त सार्की सार्वजनिक >> बागमतिमा मुख्यमन्त्रीलाई विश्वासको मत दिए मन्त्रीलाई कारवाही : घिमिरे >> सडकबत्तीको महसुल तत्काल भुक्तानी गर्न पालिकाहरुलाई प्राधिकरणको आग्रह >> नमुना महिला विकास सहकारीको स्थापना दिवस >> स्थानीय वायुले देशभरको मौसम बदली >> आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको लगातार दोस्रो जित >> नेपाल ए र आयरल्यान्ड ए टोलीबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला आजदेखि >> प्रदेशमा अपाङ्गता कार्यक्रमः सीप बिर्सदै पूर्वाधारको पछिपछि >> प्रि मनसुनको जोखिम र सावधानी >> मधेशमा बिकराल बन्दै मिटर ब्याजको समस्या >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल

उपमेयर कप महिला भलिबलको उपाधि एभरेष्ट बोर्डिङलाई

१५ माघ २०७९, आईतवार
१५ माघ २०७९, आईतवार

तिलोत्तमा,१५ माघ ।   चौथो उपमेयर कप खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि बुटवलको एभरेष्ट बोर्डिङ हाई स्कुलले जितेको छ ।   तिलोत्तमा–८स्थित कुंवरवर्ती बोर्डिङ स्कुलको प्रांगणमा शनिबार सम्पन्न फाइनलमा न्यू होराइजन बोर्डिङ स्कुल बुटवललाई सोझो सेटमा पराजित गर्दै एभरेष्टले उपाधि जितेको हो ।

यस्तै साविकको शिल्ड विजेता कुंवरवर्ती बोर्डिङ हाई स्कुल तेस्रो र हिलबर्ट मावि कपिलवस्तु चौथो भएका छन् ।

तिलोत्तमा नगरपालिकाको आयोजना र कुंवरवर्ती बोर्डिङ हाई स्कुलको संयोजनमा भएको प्रतियोगितामा रुपन्देही र कपिलवस्तुका ९ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगितामा एभरेष्टकी निशा चौधरी बेस्ट स्पाइकर,यमुना रसाइली बेस्ट डिफेन्स,सरस्वती कट्टेल बेस्ट लिफ्टर,शान्ता सुनार बेस्ट प्लेयर,मिना सुनार उदियमान खेलाडी तथा अर्जुन घिमिरे बेस्ट कोच घोािषत भए ।

यस्तै कुंवरवर्ती बोर्डिङकी बुनु आले अनुशासित खेलाडी, न्यू होराइजनकी संगिता चौधरी बेस्ट सर्भर,हिलबर्ट माविकी स्मारिका चौधरी बेस्ट ब्लकरका रुपमा पुस्कृत भएका छन् ।

प्रतियोगिताको समापन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खांणले नगर भित्रका संस्थागत विद्यालयहरुले शिक्षा क्षेत्रमा ठूलो योगदान गरेका चर्चा गर्दै सामुदायिक र संस्थागत विद्यालयबीच सरकारले गर्ने विभेद अन्त्य हुनुपर्ने बताए । उनले खेलकुदको विकास, खेलाडी उत्पादनमा कुंवरवर्ती बोर्डिङ नगरपालिकामै उत्कृष्ट रहेको भन्दै सराहना गरे ।

सो अवसरमा उपमेयर जागेश्वरी चौधरीले खुलला महिला भलिबल प्रतियोगिताले आम महिलाहरुलाई खेलकुदप्रति आकर्षित गर्न सफल भएको भन्दै यस्ता प्रतियोगितालाई अफ विस्तारित र फराकिलो बनाउनुपर्ने बताइन् ।

विद्यालयका प्राचार्य दीपक खनालले विद्यालयले विद्यार्थीको सर्वाङगीण विकासका लागि शैक्षिक क्रियाकलापसंगै खेलकुद,संगीत र अतिरिक्त कियाकलापलाई पनि उत्तिकै प्राथमिकता दिएको हुंदा विद्यार्थी र अभिभावकको रोजाईको विद्यालय बनेको बताए ।

कार्यक्रममा नगरपालिकाका शिक्षा ,युवा तथा खेल्कुद शाखा प्रमुख गंगा राम आचार्य, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, बिद्यालयका अध्यक्ष लक्ष्मण खनालले आआफ्ना भनाई राखेका थिए । प्रतियोगिताको विजेता टिमले ६१ हजार, दोस्रोले ४१ हजार, तेस्रोले २१ हजार र सान्त्वना हुनेले ११ हजार नगद सहित शील्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख युवराज रिमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?