ट्रेंडिंग:

>> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला

‘सत्ता संघर्ष’ को बुटवलमा विमर्शः किन यस्तो भयो, कारण खोजौंः मुख्यमन्त्री

१४ माघ २०७९, शनिबार
१४ माघ २०७९, शनिबार

बुटवल, १४ माघ ।

पत्रकार रामकृष्ण भण्डारीको ‘सत्ता संघर्ष’ नामक पुस्तकको बुटवलमा परिचर्चा गरिएको छ । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी, विभिन्न राजनीतिक दलका नेता, विश्लेषक, विभिन्न क्षेत्रका व्यक्तिहरु, सञ्चारकर्मीलगायतको सहभागितामा पुस्तकको परिचर्चा गरिएको हो ।

पुस्तकमा ३० वर्षमा २८ सरकार गठन र विघटनसम्बन्धी प्रमुख राजनीतिक घटनाको नालीबेली समेटिएको छ । यसबीचमा सरकार बदल्नमै नेताको चासो देखिए पनि राष्ट्रहित र जनताको पक्षमा काम गर्छाैँ भन्ने कसैमा पनि सोच नभएका कारण सबैजसो सरकार टिक्न नसकेको विषयमा पुस्तक केन्द्रित छ । ०४६ को राजनीतिक परिवर्तनदेखि ०७४ को निर्वाचनबाट बनेका सरकार, राजनीतिक दाउपेच र सत्तासंघर्षमा केन्द्रित रहेको विषयवस्तु कृतिमा समेटिएको छ ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पुस्तकले सत्ता केन्द्रित राजनीतिलाई उजागर गरेपनि यसको कारणबारे भने मौन रहेको टिप्पणी गरे । “यो पुस्तकलाई गोरेटो मानेर सत्ता केन्द्रित राजनीतिका कारणहरु खोतलेर अव अर्को कृति प्रकाश गर्न म आग्रह गर्दछु”–उनले भने ।

संसदीय व्यवस्थामा सरकार बनाउने र गिराउने खेल दुनियाँमा हुने भन्दै उनले तर बहुमतको सरकार किन गराउने खेल भयो ? किन सरकारहरु टिक्न सकेनन् ? यसमा भू राजनीतिको प्रभाव छ कि छैन ? जस्ता विषयलाई समेटेर अर्को पुस्तक ल्याउन सुझाव दिए ।

मुख्यमन्त्री गिरीले सबै कुराको दोष राजनीतिक दल र नेतालाई मात्र दिनुभन्दा यसो हुनुको भित्री कारणहरु पहिल्याउनु जरुरी रहेको औंल्याए । फरक प्रसंगमा उनले आफूले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको हैसियतमा सकेसम्म राम्रो गर्न प्रयास गर्ने भन्दै राम्रो काम गर्न नसके नराम्रो काम भने गर्दै नगर्ने जिकिर गरे । आफू कामप्रति इमान्दार भएर लाग्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

त्यस अवसरमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेकपा माओवादी केन्द्रकी नेतृ सोनिया यादव, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईलगायतले सत्ता संघर्ष नामक पुस्तकले सत्ता राजनीतिको खेललाई उदाङ्गो पारिदिएको बताए ।

पुस्तकमाथि समीक्षा गर्दै विश्लेषक आरसी आचार्यले अर्कोपटक प्रकाशनमा ल्याउँदा यसको अझ गहिराइमा पुग्न सुझाव दिंदै तर पुस्तकले समेटेका अधिकांश विषयवस्तु यथार्थपरक रहेको बताए । कार्यक्रममा पुस्तकका लेखक रामकृष्ण भण्डारीले १० वर्षको मेहनेत लगाएर आफूले पुस्तक प्रकाशन गरेको भन्दै आफूले पत्रकारिताका दौरानमा देखेका, भोगेका, महशुस गरेका, अनुभव गरेका र विभिन्न नेता एवं व्यक्तिसँगको कुराकानीका आधारमा पुस्तक प्रकाशन गरेको जानकारी दिए ।

लेखक भण्डारीले दुई दशकभन्दा लामो पत्रकारिताका दौरानमा देखे, भोगेका घटना, समाचार संकलनका बेला भएका कुराकानी, टिपोट, फोन संवाद, प्रकाशित पुस्तक, प्रतिवेदन, अन्तर्वार्ता तथा स्वअध्ययन पुस्तकका आधार भएको बताए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, सचिव विनोद परियारले पनि पुस्तकका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

यसबीचमा सरकार बदल्नेमै नेताको चासो देखिए पनि राष्ट्रहित र जनताको पक्षमा काम गर्छौं भन्ने कसैमा पनि सोच नभएका कारण सबैजसो सरकार टिक्न नसकेको विषयमा पुस्तक केन्द्रित छ ।

मध्यरातमा बहुदल, प्रारम्भमै विग्रह, दासढुङ्गा, आफ्नैमाथि अन्तरघात, संसद् विघटन, निर्णय उल्टिएको रात, कम्युनिष्टको काँधमा पञ्चायतको रजाइँ, कांग्रेसको काँधमा सूर्यबहादुर थापा, किसुनजीमाथि अर्को घात, विन्तिपत्रले बदनाम, नयाँ खेतालाको खोजी, संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा, प्रधानन्यायाधीशलाई सत्ता, सत्ता स्वार्थको पुनरावृत्तिलगायत शीर्षकमा लेखकले तत्कालीन घटनाक्रमलाई उजागर गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?