ट्रेंडिंग:

>> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै >> प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु >> २८ लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ >> बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु >> पाल्पामा कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो >> बुटवलको मिलनचोकमा युवाहरुबीच चक्कु प्रहार, एक गम्भीर >> चेन्नईसामु गुजरात ६३ रनले पराजित >> आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> लुम्बिनी प्रदेश सरकारको चासोः नयाँ बजेट छाडेर नयाँ सरकार >> जनताको अपेक्षा अझैपनि तपसिलमा ! >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> पश्चिम नेपाल बस व्यवसायीमा खरेल नेतृत्वको संयुक्त व्यवसायी प्यानल घोषणा >> पर्यटकीय गन्तब्य बनाउन ‘निग्रोधाराम उत्सव’ >> दुर्गा प्रसाईंलाई दिएको हतियार इजाजत छानबिन गर्न सर्वोच्चको आदेश
मुख्य खबर

सरकारको ठेकेदारलाई ७ दिने अल्टिमेटम, को को परे ?

१४ माघ २०७९, शनिबार
१४ माघ २०७९, शनिबार

नवलपरासी,माघ – सडक पुर्वाधार विकास कार्यालय रुपन्देहीले विभिन्न ठेकेदार तथा निर्माण कम्पनीलाई चेतावनी सहित काम शुरु गर्न सार्वजनिक सुचना जारी गरेको छ । जिल्ला स्थित विभिन्न स्थानका पुर्वाधान निर्माण कार्यको ठेक्का लिएका निर्माण कम्पनीले काम नगरिदिदा अलपत्र परेको आयोजनाहरुको काम तत्काल काम सम्पन्न गर्नका लागि सार्वजनिक सुचना प्रकाशित गरि चेतावनी दिइएको हो ।
लुम्बिनी प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात पुर्वाधार निर्देशनालय अन्तरगतको सडक पुर्वाधार विकास कार्यालयबाट नवलपरासी र रुपन्देहीमा ठेक्का लिएको तर बर्षाैसम्म काम नगर्दा आयोजना निर्माण हुन सकेको छैन ।

बेलामा अयोजना निर्माण सम्पन्न नहुदा स्थानिय जनताले सास्ती ब्यहोर्न परेको हुदा कार्यालयले ठेकेदारलाई काम गर्नका लागि कडाई गर्न थालेको छ । आयोजना सम्पन्न नभए पछि स्थानिय जनताले दैनिक जसो कार्यालयका प्राविधिक तथा कार्यालयमा फोनसम्पर्क समेत गरि विरोध जनाउदै आएका छन् ।
कार्यालयमा मात्रै नभई सम्बन्धित क्षेत्रका जनप्रतिनिधिलाई पनि दैनिक जसो दवाव दिइने कार्य भई रहेको छ । तर ठेकेदारहरु सो काम सम्पन्न गर्नका लागि वेवास्ता समेत गर्दै आएका छन् । ठेकेदारले ठेक्का लिए पछि विभिन्न बहाना बनाउदै काममा ढिलाई गर्ने गरेको समेत पाइएको छ । बेलामा काम सम्पन्न गर्दा उनीहरु महगीको मारमा पर्न पर्दैन्थ्यो,तर उनीहरु आफ्नै लापर्वाहीले आफुलाई नै समस्या निम्त्याउने गरेको प्राविधिकहरुले बताएका छन् ।

कार्यालयले सार्वजनिक गरेको सुचनामा १५ वटा आयोजनाका कार्यहरु मध्ये ६ वटा आयोजना नवलपरासीको रहेको छ । जस्मा नविन कन्ट्रक्सन वर्दघाट १३ नवलपरासीले सरावल गाउपालिका पहुँच मार्ग नवलपरासीको ठेक्का लिएको छ । महेश नविन जेभि नवलपरासीले पनि सरावल गाउपालिका पहुँच मार्ग नवलपरासी र हिम सगरमाथा महेश नबिन जेभि नवलपरासीको नाममा पनि सरावल गाउपालिका पहुँच मार्ग नै ठेक्का उल्लेख गरिएको छ । त्यसै गरि महेश इन्जिनियरिगँ तथा विल्डर्स प्रालि नवलपरासीले सुनवल तुरिया —पर्सावल— अमरौट —बन्जरिया— घिनहवा —लालपाटी —तोनवा सडकको ठेक्का लिएको छ ।

त्यसै गरि सुगम ओम इन्फास्क्ट्रचर जेभि ललितपुर तुरिया खोला पुल पुरानो हुला

की सडक नवलपरासीको ठेक्का लिएको छ । सरावल देवीनगर सिमलटाडी नयाँटोल हुदै सुनवल मिश्रौली जोड्न्े सडकको ठेक्का लि.वि.निर्माण सेवा कुश्मा ४ पाल्हीनन्दन ३ नवलपरासी परासीले लिएको छ । यि सडकको ठेक्का भएको बर्षाै वितिसक्यो,तर हालसम्म निर्माण कार्य सम्पन्न नहुदा सो कार्यालयले सार्वजनिक सुचना प्रकाशित गरेको छ । माघ १३ गते प्रकाशित गरिएको सुचनामा यस कार्यालय अन्तरगत ठेक्काहरुमा सम्बधित निर्माण ब्यवसायिहरुलाई तोकिएको समय सिमा भित्र कार्य सम्पन्न गर्न पटक पटक मौखिक तथा लिखित रुपमा जानकारी गराउदा पनि लामो समय देखी निर्माण कार्य सम्पन्नगर्न गराउने तर्फ कुनै अग्रसरता नदेखाएकाको कार्य तािलका अनुसार अपेक्षित प्रगति हािसल नगरेको हुदा समयमै कार्य सम्पन्न गर्न गराउनका लागि अनुरोध गरिएको छ ।

उल्लेखित निर्माण ब्यवसायिहरुले तत्काल साईटहरुमा श्रोत साधनहरु परिचालन गरि निर्माण कार्यमा तिब्रता दिईन सो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र अधिकारिक प्रतिनिधि अनिवार्य रुपमा कार्यालयमा उपस्थित भै कार्य सम्पन्न गर्ने सुनिश्चितता सहितको संसोधन कार्य तालिका पेश गर्न हुन समेत जानकारी गराइएको छ ।
यदि निर्धारित समय सम्ममा पनि कार्य सम्पन्न गर्न तर्फ अग्रसरता नदेखाएमा सार्वजनिक खरिद ऐन २०६३,सार्वजनिक खरिद नियमावली २०६४ तथा सो कार्यालयसँग भएको सम्झौता बमोजिम आवश्यक कारवाही समेत हुने ब्यहोरा सहितको सार्वजनिक सुचना प्रकाशित भएको छ । निर्माण ब्यवसायिबाट हुने ढिलाईले जनता र सरकार दुबैलाई समस्या भएको सरावल गाउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । ठेकेदारले काम नगर्दा स्थानियबासी धुलाम्य सडकले प्रभावित हुदा गाउपालिकामा गुनासो लिएर आउने गरेका छन,उनले भने,तर ति आयोजनाहरु लुम्बिनी प्रदेश सरकार मार्फत हुने हुदा गाउपालिकाबाट पनि केही गर्न सक्ने अवस्था छैन् । जति सके छिटो आयोजना सम्पन्न गर्दा स्थानियबासीको पर्ने मर्का हट्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?