ट्रेंडिंग:

>> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रेस चौतारी रुपन्देहीको आयोजनामा डिजिटल मिडिया व्यवस्थापन तालिम सम्पन्न  >> लुम्बिनी वल्र्ड स्कुलले “हेप्पीनेस लाईफ” कार्यक्रम गर्दै >> दाङमा लागुपदार्थ सहित एक महिला पक्राउ >> ग्याष्ट्रो सेन्टर बुटवलमा पहिलो पटक बच्चाको ईन्डोस्कोपी >> स्वरुप फेर्दै बुटवल बसपार्क : कस्ता बन्दैछन् संरचना ? >> बन चौरी अंकित चिन्ह राखेर एमाले हुम्लाले बनायो लोगो >> एमाले रुपन्देहीको अधिवेशन जेठ १६ र १७ गते, करिब ८ सय मतदाता >> निसन्तान दम्पत्तिका लागि लुम्बिनी प्रादेशिकमा ‘आईयूआई’ सेवा सुरु >> सिईसि र धनगढी विजयी >> सुनको मूल्यमा नयाँ रेकर्ड कायम >> बुटवलमा एक पुरुष मृत अवस्थामा फेला >> प्रधानमन्त्री र देउवाबीचको भेटमा के कुरा भए ? >> नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द >> लुम्बिनीका होटेल व्यवसायीको अनिश्चितकालीन धर्ना शुरु >> समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुग्यो, साढे १७ अर्ब रुपैयाँ ठगी भएको भन्दै उजुरी >> दाङका चार क्रेसर उद्योग बन्द गर्ने निर्णय >> लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि एनआरएनए र चार नगरपालिकाबीच समझ्दारी >> प्रधानमन्त्रीले बोलाए संधानिक परिषद् बैठक >> थुनामा रहेका रायमाझी अस्पताल भर्ना >> कक्षा १२ मा पढ्दै गरेकी युवतीको हत्या प्रकरण: पाल्पा अस्पतालले पोस्टमार्टम गर्न नमानेपछि बुटवल ल्याइयो शव >> टी–२० सिरिजको पहिलो खेमा नेपाल ए र आयरल्याण्ड खेल्दै >> काँग्रेस महामन्त्री थापाको दोस्रो चरणको संवाद यात्रा सुरु >> लुम्बिनीमा तीर्थयात्रीका नाउमा गरिदै आएको होटल व्यवसाय अविलम्ब बन्द गर्न माग >> दाङमा भिरबाट लडेर एकको मृत्यु  >> आईपीएलमा हैदराबादले बनायो सर्वाधिक रन, मुम्बई ३१ रनले पराजित >> यी प्रदेशमा आज पनि चट्याङ्गसहित वर्षाको सम्भावना >> यस वर्षको एसईई आजबाट, ५ लाख भन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी हुँदै >> ‘दलित ज्ञान उत्सव’ रूपन्देहीमा >> उत्कृष्ट नतिजाको अग्रिम शुभकामना >> कस्तो जमाना ? अरुको भलाईमा परिवन्दको डर ! >> सात वर्षमा दुई पटक भाँचियोः अब कहिले बन्छ पुल ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> बुटवलका मासुपसलमा मनपरी नेपालगञ्ज रोडमा सडेगलेको मासु बेचबेखन >> कर्तव्य ज्यान मुद्दाका कसुरदार १८ बर्ष पछी पक्राउ >> वीरेन्द्रनगरमा सडेको अवस्थामा महिलाको शव फेला >> भुमि सम्बन्धि समस्या दुई वर्ष भित्र समाधान हुन्छः मन्त्री अधिकारी >> मदन भण्डारी र स्टार विजयी हुदै अन्तिम चारमा >> प्रदेशको भागबण्डा टुंगिएको छैन : प्रधानमन्त्री >> रमेश खरेलद्वारा रास्वपा छाडेको घोषणा >> विनोद चौधरीसँग कुनै किसिमको पूर्वाग्रह नराखिएको गृहमन्त्रीको स्पष्टीकरण >> दाङमा १२ हजार ८ सय ९८ जना विद्यार्थीले एसइई परीक्षा दिदै >> प्रेस चौतारी रुपन्देहीद्वारा डिजिटल मिडिया तालिम सुरु >> २८ लाख ८८ हजार बराबरको अबैध सामान पक्राउ >> बुटवल १२ राजपुर खोलामा पक्की पुल निर्माण शुरु >> पाल्पामा कक्षा १२ मा पढ्दै गरेकी युवतीको घाँटी रेटेको अवस्थामा शव भेटियो >> बुटवलको मिलनचोकमा युवाहरुबीच चक्कु प्रहार, एक गम्भीर >> चेन्नईसामु गुजरात ६३ रनले पराजित >> आज यी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना >> लुम्बिनी प्रदेश सरकारको चासोः नयाँ बजेट छाडेर नयाँ सरकार

बुटवलमा अक्सिजन सुविधासहित १६–१६ शैयाका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु

१३ माघ २०७९, शुक्रबार
१३ माघ २०७९, शुक्रबार

बुटवल, १३ माघ ।   बुटवलमा अक्सिजन सुविधासहितका १६–१६ शैयाका दुईवटा स्वास्थ्य केन्द्रको निर्माण शुरु भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं १७ को मोतीपूर र वडा नं. १३ को बेलबासमा अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्रको निर्माण शुरु भएको हो ।
वडा नं १७ को मोतीपूरमा शुक्रबार एक कार्यक्रमका बीच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्य केन्द्रको शिलान्याश गरे ।
स्वास्थ्य केन्द्र भवनको शिलान्याश गर्दै प्रमुख पाण्डेयले मोतीपूरको स्वास्थ्य केन्द्रले बुटवलका वडा नं. १७, १८ र १९ का वडाका बासिन्दाले लाभ लिने बताए । उनले तिनाउ पूर्व र तिनाउ पश्चिमका बस्तीको समान विकासका लागि मोतीपूरमा स्वास्थ्य केन्द्र निर्माण थालिएको बताए ।
यसअघि वडा नं. १३ को बेलबासमा स्वास्थ्य केन्द्र भवनको शिलान्यास गरिएको स्मरण गर्दै प्रमुख पाण्डेयले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र समान सुविधाका लागि मोतीपूर र बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको बताए ।
उहाँले यो स्वास्थ्य केन्द्रमा तिनाउ नदी पश्चिमका बासिन्दाले लाभ लिनसक्ने बताउँदै त्यसका लागि बुटवल उपमहानगरले सुविधा र जनशक्ति विस्तार गर्दै जाने बताए । ‘तिनाउभन्दा पश्चिमको बुटवल र तिनाउ पूर्वको बुटवललाई समान हैसियतमा पु¥याउनुपर्ने छ’–उनले भने ।
नगरप्रमुख पाण्डेयले स्वास्थ्य केन्द्र भवनको निर्माण सम्पन्न भएपछि बुटवल उपमहानगरपालिकाले आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने गरी तयारी गरेको बताए ।
निर्माण व्यवसायीले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख पाण्डेयले साउनदेखि अस्पतालका रुपमा सञ्चालन गर्ने बताए ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले स्वास्थ्य केन्द्रले मोतीपूर र आसपासको क्षेत्रले लाभ लिने बताए । उनले आगामी दिनमा अरु सुविधाहरु विस्तार गर्दै जाने योजनामा रहेको बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलभित्रै पछाडि परेको क्षेत्रमा बन्ने स्वास्थ्य केन्द्रले दीर्घकालसम्म लाभ दिलाउने बताए ।
वडा नं. १७ का अध्यक्ष ज्ञानबहादुर रेश्मी, १८ का अध्यक्ष गुरुप्रसाद पंगेनी, वडा नं. १९ का अध्यक्ष चन्द्रसिंह थापा, इन्जिनियर सोमनाथ अधिकारी, वडा सचिव राधिका श्रेष्ठ, जग्गादाताको तर्फबाट भक्तबहादुर कार्कीलगायतले बोल्दै स्वास्थ्य केन्द्र निर्माणले मोतीपूर र आसपासको क्षेत्रमा स्वास्थ्य सुविधा उपलब्ध हुनेमा खुशी व्यक्त गरे ।
बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा एउटा स्वास्थ्य केन्द्रका लागि १ करोड ५७ लाख लागत लाग्ने बताए ।
स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि गत मंसिर ९ मा टेण्डर स्वीकृत भएको निर्माण पक्षले आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।
स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।
३ कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्ने उहाँले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?