ट्रेंडिंग:

>> तिलोत्तमा व्यापार संघका कर्मचारी र सदस्यले मेडिटेक हस्पिटलमा छुट पाउने >> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत
मुख्य खबर

रेसुङ्गामा पर्यटकको मन तान्दै पौराणीक चित्र

१३ माघ २०७९, शुक्रबार
१३ माघ २०७९, शुक्रबार

 गुल्मी माघ ।
रेसुङ्गा क्षेत्र यतिबेला आन्तरिक तथा वाह्य पर्यटकहरुको लागि आकर्षणको केन्द्र बनेको छ । धार्मिक महत्वसँगै पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास हुदै गएको रेसुंगामा सरकारी स्तरवाट मात्र नभई यक्तिगत लागनी खर्चेर बनाइएका संरचनाले आकर्षण बढाउन थालेका छन् ।
रेसुंगा क्षेत्रमा निर्माण गरिएका र निर्माणधिन अबस्थामा रहेका यस्ता संरचनाहरुको दृश्यावलोकन गर्न र बनभोज खानको लागि युवायुवतीदेखि वृद्धवृद्धाहरुसम्म रेसुंगाको गर्जुरा, नुनामारे, पोखरी क्षेत्र, भुवनेपार्क लगायतका स्थानमा पुग्ने गर्दछन । रेसुंगाको सदियौंदेखिको ऐतिहासिक तथा धार्मिक महत्व हुँदाहुँदै पनि प्रचार प्रसारको अभावमा ओझेलमा पर्दै आएको छ ।


रेसुंगा क्षेत्रको प्रचार प्रसारका यतिबेला गुल्मीदरवार गाउँपालका ३ निवासी सुब्बा बस्नेतले ५० लाख भन्दा बढी रकम खर्च गरेर आफ्नै लगानीमा मन्दिर निर्माण गरेका छन । रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाको संगम स्थल भुवने डाँडाँमा निर्माण गरिएको उक्त आकर्षक मन्दिरले त्यहाँ जाने जो केहीको पनि मन लोभ्याई रहन्छ । भगवान राम लक्ष्मण र सिताको पौराणिक प्रसंगलाई जोडेर निर्माण गरिएको उक्त मन्दिरमा रिष्यश्रृंङ्गदेखि बानर सेना र जटायुसँगै त्रेता युगमा अयोध्याका राजा दशरथले श्रृंङ्गे रिषीलाई हात्ती घोडा सहित निमन्त्रणा पठाउँदा छोडिएको हात्ती घोडाका पाईलाको निशानी समेत रहेको छ ।

रोजगारिको शिलसिलामा हङकङ, मलेसिया र फिलिपिन्स लगायतका देशमा आफ्नो व्यवसाय संचालन गर्दै आउनु भएका बस्नेतले कोभिडको समयमा घरमा आएको अवशरमा खाली समयलाई कसरी सदुपयोग गर्ने भनेर मन्दिर बनाउने सोंच बनाएको बताए । उनले आफुलाई धर्मप्रति निकै आस्था रहने भएका कारण पनि सामाजिक काममा लाग्ने प्रेरणा जागेको उनको भनाई छ ।

निकै कलात्मक ढंगले निर्माण गरिएको उक्त मन्दिर रेसुंगाको काखमा अबस्थित छ । मनकारी बस्नेतले निर्माण गरेको श्रीरामको उक्त मन्दिर अन्य मन्दिरहरु भन्दा भिन्न प्रकारको र पौराणिक प्रसगले कुँदिएका छन । तिनै चित्र र मुर्तिहरुको दृश्यावलोकन गर्न पर्यटकहरुको मुख्य गन्तव्य स्थल बन्ने पुर्व वडाध्यक्ष खुम खत्रीले बताए । मन्दिर निर्माण भएपछि अहिले त्यस क्षेत्रमा बनभोज खान जानेर र टिकटक बनाउन जानेहरुको चहलपहल बढ्दै जान थालेको छ । विदाको समयमा मनोरम हिम श्रृङखला हेर्न र पारिवारिक घुमघाम र भेटघाटका लागि पनि उक्त ठाउँ सबैका लागि आकर्षणको केन्द्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?