ट्रेंडिंग:

>> नासिंदै चौपारीहरु : गमलाको पिपल पूजा गर्दै, संस्कृति जोगाउँदै >> भारतले रोक्यो नेपाली चिया निर्यात,१७ ट्रक चिया भारतमा अलपत्र >> काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना, १९ जना घाइते >> सल्यान उद्योग वाणिज्य संघको मतदान सुरु >> नवलपरासीमा आगलागी : १० घर जलेर नष्ट >> आइपिओ जारी गर्दै ड्रिम इन्टरनेशनल >> एमाले प्रतिनिधि परिषद् बैठक आज, २ हजार ४ सयको सहभागिता रहने >> कथाः हेडसर >> यसरी नियन्त्रण गर्न सकिन्छ आगलागी >> सरकारसँगै फेरिन्छन भूमि आयोग >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कान्तिमा स्तरमापन परीक्षा >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु >> पेमेन्ट गेटवे प्रकरणमा टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेल भ्रष्टाचारी ठहर, मधु मरासिनीलाई सफाइ >> सुप्रिम सहकारीका अध्यक्ष गुरुङ थुनामा, दीपेश पुनसहित ६ जना धरौटीमा रिहा हुने >> यूएईसँग नेपाल ६ विकेटले पराजित, एसिया कप खेल्ने चाहना अधूरै >> संजिवनी टोलको १० औ रक्तदान >> सुदूरपश्चिममा सत्ता गठबन्धन मन्त्रालय भागबण्डाको गृहकार्यमा >> विपिनको रिहाइका लागि पहल गरिदिन प्रधानमन्त्रीलाई आग्रह >> नेपालले युएईलाई दियो १२० रनको लक्ष्य >> अर्घाखाँची बस दुर्घटनामा घाइते १७ मध्ये एक जनाको मृत्यु >> सुन तोलामा ७ सय रुपैयाँले बढयो >> युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल >> स्वचालित विधिबाट परीक्षा केन्द्रको निर्धारण हुने >> इरानमा इजरायलले सुरु गर्‍यो मिसाइल आक्रमण >> जन्ती लिन जान लागेको गाडीले ठक्कर दिंदा एकजनाको मृत्यु >> सिन्धुपाल्चोकमा बेहुली बोकेको जन्ती सवार बस दुर्घटना, ३ जनाको मृत्यु, ५२ घाइते >> होटेलमा बसेकी छोरीलाई रडले हानेर हत्या गर्ने बाबु पक्राउ >> आगलागीमा परेर एक जनाको मृत्यु, ३ घर जलेर नष्ट >> भारतमा लोकसभा चुनाव सुरु, २१ राज्यका १०२ सिटमा मतदान >> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी
देश चिन्तन

मन्त्री र सांसद ज्यूहरु, देश ऋणमा छ, डा. सुनिल शर्माबाट सिक्नुस् प्लिज

१३ माघ २०७९, शुक्रबार
१३ माघ २०७९, शुक्रबार

प्रेमप्रसादको आत्मदाहको घटनाले अरु धेरैको जस्तै मेरो पनि मन वेचैन नबनाएको कहां हो र ? महाकाली सन्धि हुनु आसपासबाट पत्रपत्रिकाको नियमित अध्ययनबाट थोरै जान्ने बुझ्ने भएदेखि नै देश र नागरिकको हितको बारेमा सोच्ने आदत बसेको हो । यद्यपि हामी जस्ता लो प्रोफाइलका मान्छेले देश र नागरिकको बारेमा भलो सोचेको, चिन्ता र चासो गरेको महत्व र मूल्य नहुन सक्छ तै पनि कसैले सोच्न छोड् भने पनि नछाड्ने लत बसेको छ ।

प्रेमप्रसादले उल्लेख गरे जस्तै देशको अर्थतन्त्र केही सीमित ठूला व्यवसायीको कब्जामा पुगेको सत्य हो । एउटा तथ्यांक अनुसार नेपालका बैंकहरुको कर्जा लगानीको ६० प्रतिशत हिस्सा ९६ जनामा र ४० प्रतिशत हिस्सा १८ लाख जनामा भएको छ । उनै ९६ जनाले उद्योग,ब्यापार,बैंक, शिक्षा, स्वास्थ्य जस्ता सेवा क्षेत्रमा कब्जा जमाएका छन् ।

ऐन कानून, निति नियम पनि तिनै ९६ जनालाई पोस्ने अरुलाई कस्ने खालका छन् । यसले गर्दा साना व्यवसायी, उद्यमी टिक्न र माथि उठ्नै नसक्ने अवस्था बनाइएको सत्य हो ।  उद्योग ब्यापार गरेर राज्यलाई कर तिर्ने निजी क्षेत्र संकटको डिलमा पुगेपछि कर र राजस्वमा कमी आएपछि देशको अर्थतन्त्र संकटमा स्वतः पर्ने नै भयो ।

देशको राजस्वले मुश्किलले कर्मचारी पाल्न ठिक्क छ अरु सबै विदेशमा पसिना बगाउने नेपालीले पठाएको रेमिट्यान्स र वैदेशिक ऋणले धानिएको छ देश । चरम भ्रष्टाचार र राज्यको निकम्मापनको कारण अहिले एकजना निर्दोष नेपालीको थाप्लोमा अनाहकमा करिब ७० हजार ऋणको भारी छ ।

सरकारमा पुगेका दलहरु नेताहरु भएभरका दललाई मन्त्री दिएर सरकार टिकाउने ध्याउन्नमा छन् । सरकारले गठन गरेको विज्ञ समितिले संघमा १५ र प्रदेशमा ५ भन्दा बढी मन्त्रालय राख्न हुंदैन भनेर सिफारिस र सुझाव दिएको छ । तर प्रधानमन्त्री र मुख्यमन्त्रत्रीहरुलाई यति महत्वपूर्ण सिफारिस र सुझावलाई पटक्कै मतलब गर्दैनन् । किनभने उनीहरुलाई सत्तामा टिकिरहनु छ । प्रतिपक्षमा बसे पनि हुने दलहरु एकाध मन्त्रालयको लोभमा सरकारलाई समर्थन गरेर सत्ताको र्याल काढिरहेका छन् । नेताहरु, दलहरुलाई सत्तोसराप गरेर उदाएका नयां दलका नेता पनि नसोचेको ठूलो भाग लिएर सरकारमा छन् ।

चालु आर्थिक वर्षको लागि तलब भत्ता, निवृत्तिभरण र सामाजिक सुरक्षाका लागि सरकारले रु. ४ खर्ब ४० अर्व छुट्याएको छ जुन अघिल्लो आर्थिक वर्षको विनियोजित बजेट भन्दा करीब २१ प्रतिशतले बढी हो । यो रकम चालु खर्च बजेटको ५८ प्रतिशत हो । चालु वर्ष पारिश्रमिक र सुविधाको बजेट ३१ प्रतिशतले बढाइएको छ भने सामाजिक सुरक्षा भत्ताको लागि मात्र रु. १३२ अर्व विनियोजन गरिएको छ ।

पछिल्लो ५ वर्षमा सार्वजनिक ऋणको अंश कुल गार्हस्थ्य उत्पादनको २३ प्रतिशतबाट बढेर ४१ प्रतिशत पुगेको छ अर्थात रु. ७ अर्वबाट करीब ३ गुणा बढेर रु. २० अर्व पुगेको छ । यसले गर्दा वर्षेनी ऋणको साँवा ब्याज भुक्तानीमा पनि उल्लेख्य बजेट छुट्याउनु पर्ने भएको छ । चालु आर्थिक वर्षको मंसिर महिनासम्म सरकारको राजस्व परिचालन गत वर्षको सोही अवधिको तुलनामा २१ प्रतिशतले घटेर रु. ३२७ अर्व रहेको छ । सोही अवधिमा सरकारको कुल खर्च १२ प्रतिशतले बढेर रु. ४ खर्ब ३५ अर्ब भएको छ ।

केन्द्रीय सरकारले लामो समयपछि नेपाल राष्ट्र बैंकबाट अधिविकर्ष लिनु परेको स्थिति छ । यसरी सरकार अहिले खर्चको लागि वित्तीय स्रोत व्यवस्थापनको दवावमा परेको छ ।

यसरी हेर्दा मुलुकको अर्थतन्त्र ऋणात्मक र निकै खराब छ । यस्तो अवस्थामा केन्द्रदेखि प्रदेश सम्मका सांसद मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले लिने पारिश्रमिक,भत्ता, गाडी,इन्धन,आवास,उपचार लगायत विभिन्न शिर्षकका सुविधामा पुनर्विचार गर्नैपर्दछ । आर्थिक अवस्था कमजोर भएका जनप्रतिनिधिले तलब र सुविधा लिनु जायज भएपनि घरमा आयस्रोत राम्रो भएका सम्पन्न जनप्रतिनिधिको सेवा सुविधा कम्तीमा आधा घटाउनुपर्छ ।

अझ जनताको करबाट पाएको तलब सुविधा पार्टीले लेबी लिने परिपाटी अन्त्य गर्नैपर्दछ । स्वच्छ राजनीति गर्ने हो भने मन्त्री, सांसद,जनप्रतिनिधिले कार्यकर्तालाई पैसा खर्च गरेर राजनीतिमा टिकिराख्छु भन्ने सोंच त्याग्नै पर्छ । मुलुकको अर्थतन्त्र अहिले चरम संकटमा छ । केही सीमित वाहेक आम उद्योगी व्यवसायी संकट उन्मुख छन् । यद्यपि उद्योगी व्यवसायी पनि नाफामुखी मात्रै नभई सेवामुखी, इमान्दार र पारदर्शी हुन भने उत्तिकै आवश्यक छ ।

यस्तो विषम परिस्थितिमा तीन तहका सरकारका जनप्रतिनिधिको सेवा सुविधामा वर्षेनी अर्बौं रुपैयां खर्च हुनु राजनीति नभएर एक खालको आर्थिक अपराध हो । देश समृद्ध भएछ भने, जनताको थाप्लोमा सरकारको ऋण शुन्य भएको अवस्थामा सेवा सुविधा लिउंला अहिले कम्तीमा ५ वर्ष लिन्नौं अथवा आधा मात्रै लिन्छौं भन्ने विवेक र हिम्मत जनप्रतिनिधिहरुमा कहिले आउने हो ? देश टाट पल्टेपछि ?? यदि तपाईहरुले सांच्चै देशका लागि, जनताका लागि राजनीति गरेको हो भने नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले जस्तै छिटो भन्दा छिटो सेवा सुविधा नलिने घोषणा गर्नुस् ।

अनि बल्ल तपाईहरु सांच्चै देश र जनताका लागि राजनीति गर्नुभएको रहेछ भने पत्याउंला । आर्थिक अवस्था राम्रो भएकाले पुरै र अरुले आफ्नो वास्तविक आर्थिक अवस्था अनुसार कम भन्दा कम सेवा सुविधा लिने घोषणा गर्नुभयो भने राजनीति र नेताहरुप्रति जनतामा विद्यमान नकारात्मक धारणा परिवर्तन हुनेछ । राजनीति सांच्चिकै देश र जनताका लागि हो, सेवाका लागि भन्ने पुष्टी हुनेछ ।

सांसदहरुको यस्तो घोषणाले समाजका अरु सबै पक्षलाई नैतिकवान र इमान्दार बन्न दवाव पर्छ र वाध्य पनि पार्छ । यसबाट देशको अर्बौं रुपैयां जोगिंदै जान्छ र तब मात्र देश समृद्धिको दिशामा जान्छ । नत्र जनताको करबाट उठेको राजस्व जति कर्मचारी र जनप्रतिनिधिले तलब भत्ता र नानाथरि शिर्षकबाट सुविधा लिएर ढुकुटी रित्तो पारेर समृद्ध नेपाल सुखी नेपालीको नारा र राग अलाप्ने नैतिकता तपाईहरुलाई हुंदैन । हेक्का भया ।

अन्तमा देशको खराब अर्थतन्त्रलाई मध्यनजर गरेर सांसद वापत पाउने सेवा सुविधा नलिने घोषणा कार्यान्वयन गर्नुभएका मोरङ ३ का माननीय डा. सुनिल शर्माप्रति श्रद्धापूर्वक नमन र सलाम । उहांको यो सत्कर्म संघ र प्रदेशका माननीय र स्थानीय तहका सयौं जनप्रतिनिधिले पनि अनुशरण गरुन् । त्यसो भएमा देश टाट पल्टिनबाट जोगिंदै थोरै भएपनि अर्थतन्त्रमा राहत र जनतामा नेताहरुप्रति सम्मान जाग्ने छ ।

संगसंगै तीनै तहका सरकारका जनप्रतिनिधिको सेवा सुविधा व्यापक कटौति गर्ने कानुन पनि बनाउनुस् ।  अन्तमा फेरि पनि प्रेमप्रसादका २५ सुझावलाई गम्भीरतापुर्वक लिएर कार्यान्वयनमा दिशामा जाऊ सरकार ।

(लेखमा उल्लेखित तथ्यांक नेपाल राष्ट्र बैंकका निर्देशक डा. प्रकाशकुमार श्रेष्ठबाट लिइएको हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?