Logo
२४ माघ २०७९, मंगलवार
Logo

रामपुर नगरपालिकाको नगर सभा तथा १२ औं अधिवेशन


पाल्पा  माघ – रामपुर नगरपालिकाको नगर सभा तथा १२ औं अधिवेशन सकिएको छ । गत पौष २३ गते बाट सुरु भएको अधिवेशन सकिएको हो ।
बैठकले चालु आर्थिक वर्षमा २०७९÷०८० मा सञ्चालन हुने नगर भित्रका ७७ वटा योजनाको संशोधन गरी रकमान्तर तथा शिर्षकान्तरण गरेको छ । रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको नगर सभामा रामपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक दुर्गा देवी भण्डारी गौतमले वडा तथा विषयगत शाखाबाट संशोधनका लागि सिफारिसमा रकमान्तर तथा शिर्षकान्तर भएका योजनाहरु प्रस्तुत गरेकी थिइन् ।

बैठकले रकमान्तर तथा शिर्षकान्तर भएका योजनाहरु सर्वसहमतिमा पारित गरेको छ । बैठकमा बोल्दै रामपुर नगरपालिकाका प्रवक्ता एवं रामपुर १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले विकास निर्माणका योजनाहरु संगै आर्थिक, सामाजिक रुपान्तरणमा सोच्ने समय आएको बताए । उनले जनप्रतिनिधिहरुले आफैले आफैलाई समिक्षा गर्ने समय आएको बताए ।
रामपुर नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष दामोदर पाठकले नगर विकासको लागि सबै मिलेर लाग्नुको विकल्प नभएको बताए। न्यू होटल श्रीनगरको सभाहलमा भएको सभाको दोस्रो बैठकमा रामपुर नगरपालिकाका नगरसभा नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, नगर प्रवक्ता कपिल बहादुर खाँण, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी र पत्रकारहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी