Logo
२४ माघ २०७९, मंगलवार
Logo

सिद्धार्थनगरमा फागुन ५ देखि राष्ट्रपति रनिङ शिल्ड


भैरहवा, माघ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा अगामी फागुन ५ गते देखि ७ गतेसम्म (तीन दिन) राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरस्तरीय व्यवस्थापन तथा निर्देशन समितीको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

प्रतियोगितामा छात्र–छात्रा तर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्ट खेल हुने सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए । प्रतियोगितामा सहभागिताका लागि नगरमा रहेको सबै विद्यालयहरुलाई अनुरोध गरिएको उनले बताए ।

‘नगरमा सामुदयिक, निजी, धार्मिक गरेर कुल ७२ वटा विधालय छन्’ उनले भने, ‘हामीले सबैलाई अनुरोध गरिसकेका छौँ, अधिकांश विद्यालयहरु सहभागी हुने अपेक्षा छ ।’

उनका अनुसार प्रतियोगितामा एथलेटिक्स अन्र्तगत छात्रा तर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार, चार हजार एक सय , चार हजार चार सय मिटर र छात्र तर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीन हजार, चार हजार एक सय, चार हजार चार सय मिटर रिले दौड हुनेछन् ।

त्यस्तै छात्रा तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो (८ सय ग्राम), सटफुट (८ पाउन्ड) र छात्र तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो (८ सय ग्राम), सटफुट (१२ पाउण्ड) पनि खेल हुने बताइएको छ ।

यस्तै मार्शल आर्ट अन्र्तगत तेक्वान्दो खेलको छात्रा तर्फ अन्डर ४२ के.जी, ४४ के.जी, ४६ के.जी र छात्र तर्फ अन्डर ४५ के.जी, ४८ के.जी, ५१ के.जी तौल समूहका खेलाडी सहभागी हुने सिद्धार्थनगर नगरपालिकाको शिक्षा अधिकृत जानह्वी पाण्डेले बताइन् । सो क्रममा कराँते खेल प्रदशनीको रुपमा समेत खेलाइने छ ।

‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कार्यविधी अनुसार प्रतियोगिता संचालन गर्ने नगर स्तरीय समितीले निर्णय गरेको छ’ उनले भनिन्, ‘सोही कार्यविधी अनुसार प्रतियोगिता संचालन हुनेछ ।’

उनका अनुसार प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर १८ वर्ष ननाघेको, भलिबल र कबड्डी खेलमा सहभागी हुने खेलाडीहरु फरक फरक हुने पर्ने, अन्तराष्ट्रिय खेल खेलका खेलाडीलाई खेलमा समावेश नगरिने लगायत प्रतियोगिताको कार्यविधी अनुसार हुनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका खेलाडीहरु राष्ट्रिय स्तर खेलमा सहभागी हुनका लागि लुम्बिनी प्रदेशमा हुने खेलमा सहभागी भइ छनौट हुने नगरपालिकाका शिक्षा शाखाका सुब्बा कृष्ण पोखरेलले बताए । प्रतियोगतामा प्रथम हुने टिम र खेलाडीलाई राष्ट्रपति रनिङ शिल्ड, ट्रफि, मेडल, प्रमाण पत्र, द्धितिय र तितृय विजेतालाई ट्रफि, मेडल, प्रमाण प्रदान गरिने नगरपालिकाको कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी