Logo
२४ माघ २०७९, मंगलवार
Logo
समाचार

सिक्कीममा हुने खुल्ला ब्याडमिन्टनमा बुटवलका दुई खेलाडी भिड्ने


बुटवल  माघ । भारतको सिक्कीममा आयोजना हुन लागेको खुल्ला ब्याडमिन्टन प्रतियोगीतामा रुपन्देहीका २ जना खेलाडीहरुले पनि प्रतिस्पार्धा गर्ने भएका छन् ।
लाफा समूह बुटवलबाट व्यवसायीक रुपमा व्याडमिन्टन खेल्दै आएका दुई जना युवा भारतको सिक्किममा हुने सिड्डटम खुल्ला ब्याडमिन्टन प्रतियोगिता मा भाग लिन भारत प्रस्थान गरेका हुन । सिक्किम राज्यको ग्यानटक मा हुनलागेको खुल्ला ब्याडमिन्टन टुनामेन्टमा लाफा समुह बुटबलका उदयमान खेलाडीहरु बिबेक न्यौपाने र मनोज फौदारको को समुह प्रतिस्पार्धामा भिड्ने छन् ।उनीहरु लाफा समुहले आयोजना गरेको बि लेभल खुल्ला व्याडमिन्टन प्रतियोगीताका विजेतमा समेत हुन ।
लाफा समुहका अध्यक्ष बबिन थापा र समुहका संरक्षक बासुदेब लामिछानेले मंगलबार खादा लगाएर विदाई गर्दै विदेशी भुमिमा नेपालको नाम राख्नेगरी खेल प्रदर्शन गर्न सुझाव दिएका थिए ।
स्वास्थयका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नारा सार्थक बनाउनको लागि उच्च मनोबलका साथ खेल प्रर्दशन गर्न उनले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी