ट्रेंडिंग:

>> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च >> स्वास्थ्य सेवा बिस्तार गर्दै आम्दा >> गण्डकीका मुख्यमन्त्रीले गरेका निर्णयविरुद्ध कांग्रेस सर्वोच्चमा >> सुदूरपश्चिमका प्रदेश प्रमुखको कदमविरुद्ध कांग्रेस र नाउपा अदालत जाने >> डढेलोले लिदै कर्णालीबासीको ज्यानः दुई महिनामा सातजनाको मृत्यु >> सुदूरपश्चिमका प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीका दुवै दाबी अस्वीकार, फेरि पेश गर्न आह्वान >> सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नेपालगञ्जमा अभियान >> सिद्धार्थ कटेजलाई हरियो स्टिकर >> सशस्त्र प्रहरीद्वारा २ सय ७२ केजी गांजा बरामद >> गाउँलेले श्रमदान गरेर मर्मत गरे पाँच किलोमिटर सडक >> लुम्बिनीमा सात संसदीय समितिका सभापति सर्वसम्मत >> वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

व्यवसायीको माग : गौतमबुद्ध विमानस्थलबाट नेपाल एअरलाइन्सको अन्तर्राष्ट्रिय उडान

‘फेब्रुअरी २ तारिखदेखि जजिराको उडान सुचारु हुन्छ’
१० माघ २०७९, मंगलवार
१० माघ २०७९, मंगलवार

बुटवल, १० माघ ।   एक महिनादेखि गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान ठप्प हुंदा रुपन्देहीको निजी क्षेत्र चिन्ता र तनावमा छ । खराब मौसमको कारण देखाउंदै हिमालय एअरलाइन्सले डिसेम्बर १६ र जजिराले डिसेम्बर २१ देखि उडान बन्द गरेपछि विमानस्थल सुनसान बनेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर होटेल लगायत पर्यटन सम्बन्धित व्यवसायमा यहां निजी क्षेत्रको अर्बौं लगानी भएको छ । तर शुरु भएको ६ महिनामै अन्तर्राष्ट्रिय उडान महिना दिनसम्म बन्द हुंदा व्यवसायीमा अन्तर्राष्ट्रिय उडान कतै लामै समय नचल्ने हो कि भन्ने आशंकाले बैंकको चर्को ब्याज र किस्ता कसरी तिर्ने भन्ने चिन्ता छाएको छ ।

४३ अर्ब लगानी भएको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु भएको ६ महिनामै सेवा बन्द हुंदा विमानस्थलको मात्र नभई राष्ट्रकै हवाई सेवाबारे विश्व बजारमा नकारात्मक सन्देश गएको सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष भिष्म न्यौपाने बताउंछन् । सरकारी बेवास्ताले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बन्द हुन पुगेको उनको ठम्याई छ ।

‘राज्यको ४३ अर्ब लगानी भएको विमानस्थलमा अन्तर्राष्ट्रिय उडान महिना दिन ठप्प हुंदा रुपन्देहीको निजी क्षेत्र ज्यादै चिन्तित बनेको छ’– न्यौपानेले भने–‘विदेशी एअरलाइन्सले बन्द गरेपनि नेपाल एअरलाइन्सले उडान नियमित गर्नुपर्दछ ।’
भारतसंग सरकारी तहबाट (जीटुजी) वार्ता गरेर हवाई रुटको लिखित सहमति लिन ढिलाई गर्न नहुने न्यौपानेको सुझाव छ ।

चेम्बर अफ कमर्स रुपन्देहीले अर्थमन्त्री विष्णु पौडेलसमक्ष जिल्लाका दुई दर्जन बढी निजी क्षेत्रका संघसंस्थाहरुसंग छलफल गरी तत्काल सरकारी स्वामित्वको नेपाल एअरलाइन्सबाट उडान सुचारु गर्न माग गर्दै संयुक्त ज्ञापनपत्र बुझाएको छ ।

अध्यक्ष अनिल ज्ञवालीले अन्तर्राष्ट्रिय उडान नियमित गराउन र थप एअरलाइन्सलाई आकर्षित गर्न भारतसंग हवाई रुट संगै वैदेशिक रोजगारीमा जाने नेपालीहरुको श्रम र भीसा स्वीकृति र स्वास्थ्य परीक्षण गर्ने कार्यालय विमानस्थलमै छिटो स्थापना गर्न सरकारले प्राथमिकतामा राख्नुपर्ने मागसहित अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएको बताए ।
‘हामीले रुपन्देहीबाटै निर्वाचित नेतालाई अर्थमन्त्री र मुख्यमन्त्री पाएका छौं अब अब उहांहरुले अन्तर्राष्ट्रिय उडान नियमित गराउने विषयलाई प्राथमिकता दिनुपर्छ’– ज्ञवालीले भने ।

होटेल व्यवसायी गोपाल राना सरकारले अन्तर्राष्ट्रिय उडान बन्द हुंदा लुम्बिनीको पर्यटन व्यवसायमा ठूलो धक्का लागेको बताउंछन् । सरकारले जतिसक्दो छिटो अन्तराष्ट्रिय उडान सुचारु गर्नुपर्ने उनले बताए ।

 

उनले एक दुई वटा एअरलाइन्सले वैदेशिक रोजगारीमा जाने नेपालीलाई लैजाने र ल्याउने गरेर मात्रै विमानस्थलबाट लाभ लिन नसकिने भन्दै बौद्धमार्गीहरु भएका देशहरुसंग कनेक्टिभिटी बढाएर गुणस्तरीय पर्यटक भित्राउन धेरै एयरलाइन्सहरुलाई आकर्षित गर्न प्रभावकारी पहल हुनुपर्ने बताउंछन् ।

रुपन्देही नागरिक समाजका अध्यक्ष इश्वरी चापागाईले रुपन्देहीबाट निर्वाचित संघीय र प्रदेश सांसद, प्रदेश सरकारले अन्तर्राष्ट्रिय उडान सुचारु र नियमित गर्न कुनै पहल नगरेको गुनासो गर्छन् ।
४३ अर्ब खर्च गरेर बनेको विमानस्थल विजनेशबिहीन हुंदा राज्यलाई ठूलो व्ययभार बढेको भन्दै उनले यो विमानस्थल भैरहवा र रुपन्देहीको मात्र नभई लुम्बिनी प्रदेशकै गौरवको आयोजना भएकाले प्रदेश सरकारले समेत गम्भीरतापुर्वक चासो दिनुपर्ने सुझाउंछन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले मौसमका कारण २१ डिसेम्बरदेखि स्थगित जजिरा एअरलाइन्सको उडान फेब्रुअरी २ तारिखदेखि पुनः सुचारु हुने दावी गर्छन् ।
अन्तर्राष्ट्रिय उडान बन्द हुनुमा मौसम वाहेक अन्य कारण नभएकाले निजी क्षेत्रले उडान सुचारु हुंदैन कि भनेर आशंका गर्नु नपर्ने झाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?