Logo
२४ माघ २०७९, मंगलवार
Logo
फ्रन्टपेज

प्रतिष्ठानको इमरजेन्सी सेवा बद्लिएला ?

पाटन अस्पतालबाट एमडी पूरा गरेलगत्तै डा. तिवारी एक महिना अघि प्रतिष्ठानमा हाजिर भएका हुन् । डा. तिवारीले इमरजेन्सी विभागको कमाण्ड सम्हालेपछि विरामीहरुले सहज, सरल र गुणस्तरीय सेवा पाउन थालेका छन् ।

बाँके,माघ = आट गरे के हुँदैन ? इमरजेन्सी विभागमा पहिलो पटक कन्सल्टेन्ट चिकित्सक वस्न थालेपछि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुधारिन थालेको छ । जसको सुरुवात अस्पतालको एमडिजिपी डा. उमाकान्त तिवारीले गरेका छन् । उनी भित्रिएसँगै प्रतिष्ठानले इमरजेन्सी विभागको प्रमुखको जिम्मेवारी दिएको छ । उक्त जिम्मेवारी पाएपछि यि युवा चिकित्सकले इमरजेन्सी सेवा बदल्न आँट देखाएका छन् ।

अहिले डा तिवारीकै कमाण्डमा ८ जना एमबीबीएस डाक्टर, प्यारामेडिक्स तथा नर्सहरु इमरजेन्सी विभागमा परिचालित छन् । यसअघि इमरजेन्सी विभाग एच.एको भरमा चलेको थियो । पाटन अस्पतालबाट एमडी पूरा गरेलगत्तै डा तिवारी एक महिना अघि प्रतिष्ठानमा हाजिर भएका हुन् । डा. तिवारीले इमरजेन्सी विभागको कमाण्ड सम्हालेपछि विरामीहरुले सहज, सरल र गुणस्तरीय सेवा पाउन थालेका छन् ।

‘अस्पतालको इमरजेन्सी भनेको घरको मुल ढोका जस्तै हो’ भन्ने ठान्ने डा. तिवारी भन्छन्–‘जव तपाईको मूल ढोका ठिक छैन, बलियो छैन भने चोर पस्ने जोखिम हुन्छ । त्यस्तै अस्पतालको इमरजेन्सीले अस्पतालको अवस्था दर्शाउँछ । इमरजेन्सीमा जाँदाजाँदै तुरुन्त उपचार भयो कि भएन ? समयमा विरामीको रोग पहिचान भयो कि भएन ? भन्ने कुरा महत्वपूर्ण हो । अहिलेसम्म प्रतिष्ठानको इमरजेन्सी विभागमा एमडिजिपी गरेको चिकित्सक नै आएको रहिन्छ । म आएदेखि इमरजेन्सी विभागलाई विरामीमैत्री र गुणस्तरीय बनाउँदै लैजाने प्रयास प्रारम्भ भएको छ ।’

इमरजेन्सी विभागमा आउने विरामीको अवस्था वर्गिकरण गरेर उपचार गर्ने गरिएको छ । विरामीलाई छिटोछरितो, गुणस्तरीय र प्रभावकारी सेवा दिनका लागि रोगको जटिलताका आधारमा वर्गीकरण गरेर उपचार सेवा दिने गरिएको हो । इमरजेन्सी विभागले अहिले रोग पहिचान गरेरमात्रै उपचार गर्ने विधिलाई अवलम्वन गरिएको छ । ‘विरामीले अनावश्यक औषधि खानु पर्यो अर्को तर्फ आर्थिक व्यवभार पनि थप्नु हुँदैन उनले भने–‘अहिले त्यो अवस्था बन्द भएको छ । विरामीको रोग पहिचान भएपछि मात्र औषधि दिने गरिएको छ ।’

एमडिजिपी डाक्टर हुँदा विरामीले तत्काल उपचार पाउने गरेका छन् । त्यस्तै विरामीको अवस्था अनुसारको उपचारका लागि अन्तर विभाग समन्वयको काम पनि प्रभावकारी देखिएको छ । ‘सामान्य खाले अप्रेसनका लागि जिल्लाबाहिर जानुपर्ने बाध्यता समेत अव रहँदैन डा तिवारीले भने–‘अहिले त प्रतिष्ठानमा रेफरल विरामी आइरहेका छन् ।’ उनले अहिले प्रतिष्ठानमा जनरल प्रयाक्टिस ओपिडि सेवा पनि सुरु गर्नुभएको छ । यो ओपिडि यसअघि प्रतिष्ठानमा थिएन । अहिले दैनिक २० देखि ३० जना बिरामी उपचारका लागि आउने गरेको डा तिवारीको भनाइ छ ।

वि.स २०४६ साल बैशाख २२ गते जुम्लाको सिंजामा जन्मिएका डा तिवारी पढाइमा अव्वल छन् । पढ्न तिक्षण तिवारी कक्षामा कहिले दोस्रो हुनु भएन् । जुम्लामा कक्षा ५ सम्म अध्ययन गरेपछि तत्कालीन सशस्त्र विद्रोहका कारण उनको परिवार विस्थापित भएर कैलाली झर्यो । कैलालीमा उनले कक्षा ६ र ७ सम्म अध्ययन गरे ।

८, ९ र १० कक्षा भने किर्तिपुरमा पढे । २०६३ सालमा उत्कृष्ट नतिजासहित एसएलसी उर्तिण गरेपछि उनले २०६५ सालमा सेभिर्यस ललितपुरबाट आइएसी गरे । भैरहवा युनिभर्सल कलेजबाट २०७२ सालमा छात्रवृत्तिमा एमविविएस गर्नुभएका डा तिवारीले २०७९ सालमा छात्रावृत्तिमै पाटन अस्पतालबाट एमडी गरे ।

एनले जिल्ला अस्पताल कालिकोट, भजनी प्राथमिक स्वास्थ्य केन्द्र कैलाली, पाटन अस्पतालमा बसेर पनि सेवा प्रवाह गरिसकेका छन् । भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उनकै पहलमा केन्द्रको फार्मेसी शुभारम्भ भएको हो । सम्भवतः स्वास्थ्य केन्द्रमा आफ्नै फार्मेसी भएको भजनी स्वास्थ्य केन्द्र नेपालकै पहिलो हो ।

उनको वुवा अझै पनि किसानी गर्नु हुन्छ भने आमा गृहणी । चार भाइवहिनी मध्ये उनकी ठूलो दिदी निजामति कर्मचारी हुनुहुन्छ भने वहिनी नि डाक्टर छन् । भाइ भने इन्जिनियर छन् । सानै देखि राम्रो काम गर्ने आटेपछि पुरा गर्ने स्वभावकै कारण इजरजेन्सी सेवा प्रभावकारी बनाउन उनी लागिपरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी