Logo
२४ माघ २०७९, मंगलवार
Logo

कालिमाटीको अव आफ्नै पाठ्यक्रम


सल्यान,  माघ – सल्यानको कालिमाटी गाउँपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम आगामी नयाँ शैक्षिक वर्षदेखी पालिकाभित्रका सामुदायीक विद्यालयमा लागू हुने भएको छ । स्थानीय गाउँ शिक्षा समितिका अध्यक्ष तथा कालिमाटी गाउँपालिकाका प्रमुख दान बहादुर केसीले कक्षा १ देखी ८ सम्मको पाठ्यक्रम निर्माण कार्य सकिएको जानकारी दिए । उनले भने, ‘हामीले आधारभुत तह कक्षा १ देखी कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम तयार गरेका छौँ ।

आगामी वर्ष २०८० देखी कार्यान्वयनमा आउँछ ।’ पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाले एक कार्यदल निर्माण गरेको थियो ।
उक्त कार्यदलले कक्षा १ देखी ८ सम्मको पाठ्यक्रमको मस्यौदा तयार गरेकोमा दलित विकास समाज सल्यानद्धारा सञ्चालित मध्यवर्ती क्षेत्रमा जीविकोपार्जनका लागि नविकरणिय ऊर्जामा पहुँच परियोजनाको सहयोग भएपछि कक्षा ८ सम्मको नै पाठ्यक्रम निर्माण गरिएको अध्यक्ष केसीले जानकारी दिए । परियोजनाले पाठ्यक्रमको लेखन, सम्पादन र छपाईँमा सहयोग गरेको छ । स्थानीय पाठ्यक्रम कालिमाटी गाउँपालिकाको सेरोफेरो पालिकाभित्रका ५२ वटा सामुदायीक विद्यालयमा लागू हुने छ ।

स्थानीय पाठ्यक्रम निर्माण कार्यदलले विषयवस्तु र स्थलगत अध्ययन गरेर पालिकाका ७ वटै वडामा छलफल एवम् सुझाव संकलन गरी विज्ञहरु र शिक्षा क्षेत्रसंग सम्बन्धीत सरोकारवालाहरुवीच गहन छलफल मार्फत पाठ्यक्रम निर्माण भएको गाउँपालिकाले जनाएको छ । कालिमाटी गाउँपालिका भित्र रहेका कृषि, पर्यटन, उद्यम, जडीबुटी, रहनसहन, कलासंस्कृति, सम्पदा, भाषा, धर्म, स्थानीय प्रविधी लगाएत विभिन्न विषयलाई समेटेर पाठ्यक्रम निर्माण गरिएको जनाउँदै गाउँपालिका अध्यक्ष केसीले भने, ‘स्थानीय पाठ्यक्रमले पालिकाको शैक्षिक विकास तथा पहिचानमा टेवा पुग्ने र नैतिकवान, चरित्रवान विद्यार्थी उत्पादन हुने अपेक्षा गरेका छौँ ।’
शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेको गाउँपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रूपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यपुस्तक पढाइ सुरु हुने जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय तहले स्थानीय पाठ्यक्रम निर्माण गरेर पाठ्यपुस्तक लागू गर्नसक्ने व्यवस्था गरेकाले आफ्नो पालिकालेले पनि कालिमाटी गाउँपालिकाको सेरोफेरो तयार गरिएको अध्यक्ष केसीको भनाई छ ।

स्थानीय सरोकारवालाहरू विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, स्थानीय बुद्धिजीवी, समाजसेवी, राजनीतिकर्मी, स्थानीय निकायका प्रतिनिधि, व्यवसायी, पेशाकर्मी, ज्येष्ठ नागरिक लगाएतबाट कालिमाटी गाउँपालिकाका सबै वडा मार्फत स्थानीय आवश्यकताका विषयवस्तुहरूको सूची तयार गरेर स्थानीय पाठ्यक्रमको मस्यौदा तयारी तथा त्यसलाई पूर्णता दिइएको पालिकाले जनाएको छ । ‘हाम्रो यहाँको परिवेश; वातावरण र आवश्यकता अनुसारको स्थानीय पाठ्यक्रम निर्माण भएको छ,’ अध्यक्ष केसीले भने, ‘केन्द्रीय पाठ्यक्रमले मात्र स्थानीय ज्ञान, सीप, विधि तथा प्रविधिलाई समेट्न सकेको हुँदैन ।

त्यसैले शिक्षण सिकाइमा स्थानीय पाठ्यक्रमले ठूलो सहयोग पुर्याउने विश्वास लिएका छौँ ।’ स्थानीयस्तरमा रहेका मूल्य, मान्यता, कला संस्कृतिको संरक्षण र सम्वर्धन गर्दै आगामी पुस्तामा हस्तान्तरण गर्न सहयोग पुर्याउने पनि उनको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी