Logo
२४ माघ २०७९, मंगलवार
Logo

६ महिनामा व्यापार घाटा ७ खर्ब ११ अर्ब


काठमाडौं । चालु आर्थिक वर्षको (२०७९/८०) ६ महिना अर्थात साउनदेखि पुससम्ममा मुलुकको व्यापार घाटा ७ खर्ब रूपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांकअनुसार व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड ८८ लाख ६८ हजार पुगेको छ । पुस मसान्तसम्ममा नेपालले ७ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको वस्तु खरिद गरेको छ भने ८० अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ।

गत आर्थिक वर्षको तुलनामा नेपालको वस्तु आयात र निर्यात दुवैमा कमी आएको देखिएको छ। जसकारण नेपालको वैदेशिक व्यापारको आयतन समेत घटेको भन्सार विभागले जनाएको छ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा वस्तु आयात २० दशमलव ६८ प्रतिशत र वस्तु निर्यात ३२ दशमलव ०१ प्रतिशतले घटेको हो।

गत आर्थिक वर्षको ६ महिनाको नेपालको कुल वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब रुपैयाँको थियो भने चालू आर्थिक वर्षको ६ महिनामा ८ खर्ब ७३ अर्ब रुपैयाँको मात्रै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा
  >>   आईटी क्षेत्रलाई सम्बोधन गर्ने गरी छुट्टै कानुन बनाउछौं: सञ्चार मन्त्री   >>   नेपालीले खान्छन् आवश्यकता भन्दा बढी आयोडिनयुक्त नुन, मात्रा घटाउने तयारीमा सरकार   >>   ‘विद्यार्थीको पठनपाठनमा अभिभावकको भूमिका अपरिहार्य’   >>   टी-ट्वान्टी लिग : स्पट फिक्सिङको आरोपमा नितेश गुप्ता पक्राउ   >>   बालबालिकामा इन्टरनेटको बढ्दो लत   >>   ‘सरकारले नेपाली टेक्नोलोजीलाई प्राथमिकता दिन सकेन’   >>   गार्गी एकेडेमीमा खेलकूद सप्ताह सुरू   >>   आठौं मणिमुकुन्द रनिङ कप भलिबल शुरु, खेलले समाजको चौतर्फी विकासमा टेवा दिन्छ : मेयर खांण   >>   प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता   >>   लुम्बिनीमा सुरु भो रामकथा प्रवचन, दुईहजार श्रद्धालु सहभागी