ट्रेंडिंग:

>> पुसभित्र सबै जिल्लाका अधिवेशन गर्ने एमाले लुम्बिनी प्रदेशको निर्णय >> इजरायलमा कामदार पठाउने सरकारको तयारी >> ‘मुटु जोगाउनै मूख्य चुनौति’ >> विद्यालयमा अनिवार्य सूचना अधिकारी >> सियारीमा अति विपन्न १४ परिवारलाई आवास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कृषक फकाउँदै स्थानीय सरकार >> संस्कृत भाषा अथाह सागर हो, अवमूल्यन नगरौं >> क्रिकेट खेलको पुर्वाधारमा जोड दिन आग्रह >> फरार प्रतिवादी पक्राउ >> दशौ राष्ट्रिय प्रतियोगिता लक्षित खेलाडी उत्पादनमा जोड >> घोराहीमा रेविज सप्ताह सम्पन्न >> मोटरसाइकलमा आगो लगाएको अभियोगमा महिला पक्राउ >> पाल्पाका चिकित्सकहरु पनि आन्दोलनमा >> राष्ट्रपतिद्वारा पैदल हिंडेरै इन्द्रजात्रा अवलोकन >> विजय सभाको झल्को दिने गरी श्रेष्ठ प्यानलको घोषणा सभा >> राष्ट्रिय यातायात उद्यमशील मजदुर भलाई कोषमा पुनः भुषाल >> तीन व्यवसायीको ६० करोड लगानीमा तिलोत्तमामा सिद्धार्थ भूमि ग्रुप >> वर्षौंदेखि जङ्गलमा बास, भएन व्यवस्थापनको पहल >> आकस्मिकबाहेक सबै सेवा बन्द गरेर बाँकेका डाक्टरहरु आन्दोलनमा >> ‘मोहम्द डे’ को उत्सवमा सहभागी भएर मुख्यमन्त्री चौधरीले दिए शुभकामना >> कर्णाली एमाले अधिवेशन : प्यानल बनाएर चुनाव लड्ने तयारी >> भेरी करिडोर सिंचाई तथा नदी व्यवस्थापन कार्यालय स्थापना >> भदौ ६ को सहमति अनुसार सुन तस्करी अनुसन्धान आयोग बनाऊ : रास्वपा >> देवघाटमा नुहाउन गएका दुई युवक वेपत्ता >> गुण्डा नाइके समेत ६७० बन्दीको कैद मिनाहाबारे सरकारसंग जवाफ मागिने >> एमाले बागमतिको मतदान समय स-यो >> आज इन्द्रजात्रा पर्व मनाइँदै >> बर्दियामा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिन मुख्यमन्त्री चौधरीको निर्देशन >> हात नफैलाऊ, पौरख देखाउ >> भीम प्रदेशको उत्कृष्ट अस्पताल >> पश्चिम दाङमा पुल बनाउन माटो परिक्षण >> ‘विश्व कीर्तिमान’ ले परिवारमा ‘हर्ष’ >> विश्व रेबिज दिवसः रेबिज के हो र कसरी बच्ने ? >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> चार बुँदे सहमतिपछि ईःको आन्दोलन स्थगित >> बालविवाह गर्न लागेको जोडी प्रहरी आएको थाहा पाएपछि फरार >> मिस डायमण्ड नेपाल २०२३ को तयारी पूरा >> ट्रेक्टर र मोटरसाईकल एक आपसमा ठोकिदा ३ जना घाइते >> पर्यटन प्रवद्र्धनका कार्यक्रममा जोड दिन सुझाव >> प्राकृतिक र कृत्रिम जलाशयलाई बहुउपयोगी बनाउने गरी पर्यटकीय गन्तव्य बनाइने >> बालिका जबरजस्ती करणी अभियोगमा एकजना पक्राउ >> ओलीले भने– मिशन ८४, हरेक वडामा ५१ प्रतिशत एमाले >> एमाले एक्लैले सरकारको नेतृत्व गर्ने गरी अभियान चलाएका छौ : शंकर पोखरेल >> गैंडहवामा १६ पालिकाको घुम्ती बैठक >> अधिकांश डाक्टरहरुमा मपाईंत्व र रुखोपन >> ‘ई’को जीवन रक्षा र सडक व्यवसायीलाई वैकल्पिक व्यवस्था गर : आयोग >> प्रत्येक नेपालीको थाप्लोमा ७९ हजार २०१ रुपैयाँ सरकारी ऋण >> राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप >> डाक्टरहरु आज पनि आन्दोलनमा
अन्तर्वार्ता
मेला वार्ता

कृषि, पर्यटन र औद्योगिक विकासको लागि मेलाले टेवा पुर्याउनेछ

९ माघ २०७९, सोमबार ०८:५३
९ माघ २०७९, सोमबार ०८:५३

रमेश कर्माचार्य
अध्यक्ष, सुनवल उद्योग वाणिज्य संघ

कृषि, पर्यटन उद्योग र ब्यापार, राष्ट्र निर्माणको बलियो आधार भन्ने नारा सहित सुनवल उद्योग वाणिज्य सँघको आयोजनामा यहि माघ १० गतेदेखी माघ २२ गतेसम्म सुनवल नगरपालिकाको सोमनाथमा दोश्रो सुनवल औद्योगिक ब्यापार मेला २०७९ को आयोजना हुँदैछ । समग्र कृषि, पर्यटन र औद्योगिक विकासको लागि मेलाले टेवा पु¥याउने उद्देश्यले मेलाको आयोजना गरिएको छ । मेलाको आयोजनाका बारेमा सुनवल उद्योग वाणिज्य सँघका अध्यक्ष एवं मेला आयोजक समितिका संयोजक रमेश कर्माचार्यसँग गरिएको कुराकानीको सम्पादित अँश ।

मेलाको तयारी कहाँ सम्म पुग्यो ?

–हामीले पहिलो पटक मेला आयोजना गरेको ३ वर्षपछि दोश्रो पटक मेलाको आयोजना गरेका छौँ । विगतका वर्षमा कोभिडका कारण मेला आयोजना गर्न सकिएन । यसवर्ष आयोजना गर्द आयोजक सँगसँगै स्थानियहरु पनि निकै उत्साहित भएको पाएका छौँ । मेला आयोजनाको लागि स्टल निर्माण, विभिन्न जनजातीका सँस्कृति झल्काउने स्टल निर्माण, वाल उद्यान लगायतका काम सकिएको छ । विभिन्न सँघसँस्था, आमा समुह, क्लवहरु सँगको समन्वय पनि भैसकेको छ । समग्रमा तयारी करिव ९० प्रतिशत सकिएको छ ।

मेलामा कतिवटा स्टल रहने छन? कुन कुन ब्यवशायिक क्षेत्रका स्टलहरु रहेका छन ?
–मेलामा अहिले १ सय ५० वटा स्टल रहनेछन जसमा ५० वटा स्टल नितान्त स्थानियतह भित्रका ब्यवशायीहरुको लागि रहने छ । जसमा कृषि, लघु उद्यमी, कुटिर उद्योग लगायतको लागि रहने छ भने बाँकी रहेका १ सय स्टल ब्यवशायिक स्टल रहने छन । ब्यवशायिक स्टलमा कपडा, जुत्ता, दैनिक उपभोग्य सामाग्री, इलेक्ट्रोनिक्स लगायतका रहने छ । हामीले खानाको लागि छुट्टै फुडमार्टको ब्यवस्थापन गरेका छौँ । जहाँ विभिन्न जनजाती विशेषका खानाका परिकारको ब्यवस्था हुने छ यस्तै बालउद्यानले पनि दर्शकलाई लोभ्याउने छ भन्ने कुरामा विश्वस्त छौँ ।

 

मेलाको विशेष आकर्षण के रहेको छ ? कति दर्शकहरु अवलोकन गर्ने अनुमान गर्नु भएको छ ?
–सामान्यतः औद्योगिक ब्यापार मेला भन्ने वित्तिकै विभिन्न व्यावसायीक स्टलहरु सँगसँगै कृषि प्रदशर्नी , वाल उद्यान, विविध साँस्कृतिक कार्यक्रमहरु , सुनवल डान्स आइडल साथै विद्यार्थीहरुलाई समेत लक्षित गरेर विज्ञान प्रर्दशनी लगायत मेलामा आकर्षणहरु रहेका छन् । मेलामा विद्यार्थीहरुले प्रदर्शनीमा राख्ने विज्ञान प्रर्दशनी विशेष आकर्षणको केन्द्र बन्नेछ भन्नेमा हामी विश्वस्त छौँ । १२ दिनसम्म सँचालन हुने महोत्सवमा हामीले करिव १ लाख अवलोकनकर्ताहरु आउने अपेक्षा गरेका छौँ यसको मुख्य आधार भनेको अहिले यस क्षेत्रमा अन्य कतै पनि मेला महोत्सव आयोजना भएको छैन । हामी यो मेला सफल हुनेमा आशावादी छौँ ।

मेलाप्रति स्थानिय संघसंगठनको कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
–पक्कैपनि मेला सफल बनाउन स्थानिय संघसंघठन तथा राजनैतिक दलको महत्वपुर्ण भुमिका रहने गर्दछ । त्यसैले हामिले मेला संचालन गर्ने भन्ने निणर्य गरे सँगै स्थानिय राजनितिक दल , स्थानिय सँगसंगठन साथै विभिन्न जनजातिगत संगठनहरु सँग छलफल भयो । मेलालाई सुनवलवासी सवैको सझा कार्यक्रम गराउने र सवैले आ आफ्नो ठाँउबाट पुर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । उहाँहरुको सल्लहा सुझावहरुले हामिलाई थप हौसला पनि प्राप्त भएको छ ।

अन्त्यमा,
सुनवल उद्योग वाणिज्य सँघले आयोजना गरेको ब्यापार मेला मात्र ब्यवशायीक मेला नभइ यस क्षेत्रको पहिचान सँग पनि जोडिएको छ । त्यसै कारण यो मेलालाई सफल तुल्याउन सम्पूर्ण उद्योगी ब्यवशायी, सुनवलबासी लगायत छिमेकी जिल्ला र पालिकाका आदरणिय महानुभावहरुसँग अनुरोध गर्दछौँ र मेला सँचालनमा सहयोग गर्नुहुने सबैमा धन्यवाद प्रकट गर्न चाहान्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?