ट्रेंडिंग:

>> वृद्धभत्ता दक्षिण एसियाकै नमूना कार्यक्रम : पूर्वराष्ट्रपति भण्डारी >> पुर्वी नवलपरासीमा एक सय ५० बढी जंगलमा आगलागी >> तराईको औलो हिमाल सर्दै >> वेष्टइन्डिज ए विरुद्ध खेल्ने नेपाली टोली घोषणा >> सल्यान कुमाखमा हत्या आरोपमा ११ जना पक्राउ >> पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस आज >> तराईको तापक्रम ४० डिग्री माथि, तातो हावाबाट बच्न आग्रह >> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता
मुख्य खबर

प्रवासीको सहयोगले बन्ने भो पक्की पुल

९ माघ २०७९, सोमबार
९ माघ २०७९, सोमबार

गुल्मी,  माघ – उखानै छ “खाने मुखलाई जुँगाले छेक्दैन” मनैदेखि काम गर्ने ईच्छा शक्ति भयो भने अरुको मुख ताक्नु पर्दैन । यस्तै ईच्छा शक्ति देखाएका छन गुल्मी आँपचौरका प्रवासीहरुले । उनीहरुले यतिबेला प्रवासमा बसेर पनि आफ्नो गाउँघरको दुखसुख र पीरमर्का बुझ्दै सामाजिक कार्यमा हातेमालो गर्दै आईरहेका छन ।
गाउँमा केही मानिस औषधि उपचारको अभावमा अलपत्र पर्नु पर्दैन । समाजमा कुनै नयाँ काम गर्नु परेमा सबैले सामुहिक छलफल गरेर रकम संकलन गर्ने प्रचलन छ । असाहय र विपन्नदेखि बिदेसमा अलपत्र परेका कैयौ नेपालीहरुको दुखमा मलम लगाउने काममा सधै अग्रसरता देखाउँदै आएका छन आँपचौरका प्रवासीहरुले ।
आँपचौरका प्रवासीहरुले यतिबेला गाउँमा पर्यटन प्रबद्र्धनमा नयाँ कामको थालनी गरेका छन । उनीहरुले धार्मिक महत्व बोकेको कोटेश्वर धामको महत्वलाई उजागर गर्न प्रवासीकै लगानिमा पक्की पुल निर्माण गर्न लागेका हुन । बर्षा याम र चाडपर्वको समयमा कोटेश्वर गुफा जाने तिर्थालुहरुलाई खोला तर्न समस्या भएपछि प्रवासीहरुको पहलमा पक्की पुल निर्माण गर्ने सोंच बनाएको हाल युरोपमा रोजगारी तथा व्यवसाय संचालन गर्दै आईरहेका फडिन्द्र भट्टराई बताउँछन । भट्टराई जस्तै हाल जापानमा रोजगारि गर्दै आएका स्थानीय किरण खरेल र तुलाराम तिवारी जस्तै युवाहरुको पहलमा पक्की पुल निर्माण गर्न शुरु गरिएको हो ।

जय जय कोटेश्वर समूहको पहल एवं धार्मिक व्यक्तित्वको सहयोगमा कोटेश्वर धाम जाने सडक अन्र्तगत धैटेआँप नजिकै गेँदी खोलामा पक्की पुल निर्माण गर्न शुरु गरिएको पुल निर्माण समितिका संयोजक डिल्लीराज अर्यालले बताए । पुल निर्माणमा ६ लाख ५० हजार रकÞम खर्च हुने भएको छ । उक्त पुलको लम्बाई १३ मिटर र चौडाई करिब दुइ मिटर रहने छ । दुइ महिना भित्र उक्त पुल निर्माण कार्य सम्पन्न भएपछि दुइपाँग्रे सवारी साधन र पैदल यात्रुहरुलाई आवत जावत गर्न सहज हुने भएको छ ।

पुलले मुसिकोट नगरपालिका र चन्द्रकोट गाउँपालिकालाई समेत जोड्ने भएको छ । आँपचौर त्यसै पनि नेपालमै कफीको उद्गम स्थलको रुपमा परिचित छ । कफीको पहिचानसँगै पर्यटकीय विकासको माध्यमबाट समेत आँपचौरलाई परिचित बनाउने अभियानमा आफुहरु जुटेको सामाजिक अगुवा तुलाराम तिवारीले बताए । पुल निर्माणमा सहजिकरणका लागि जापानबाट तुलाराम तिवारी, किरण खरेल र वेलायतवाट फडिन्द्र भट्टराइलाई बैदेशिक आर्थिक सहयोग संकलन समिति संयोजकको रुपमा रहेका छन । धार्मिक क्षेत्र जाने ढाउँमा पुल निर्माण शुरु भएपछि स्थानीयहरु थप खुसि बनेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?