ट्रेंडिंग:

>> ऐतिहासिक जितगढीः बुटवलको गौरव >> एसीसी प्रिमियर कपः सेमिफाइनलमा आज नेपाल र यूएई भिड्दै >> जितगढी, उजिरसिंह र भगवती जात्राको महिमा फैलाऔं >> बुटवलले नसम्झने त्योे मे २९ >> अस्पतालमा एसईईका विद्यार्थीलाई स्वयंसेवाको अवसर >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> प्रधान सेनापतिद्धारा सैनिक फिल्ड अस्पताल र महाविद्यालयको उद्घाटन >> पोखरा महानगरमा घुस प्रकरण : तारेखमा छुटिन् उषाकिरण >> सल्यान उद्योग बाणिज्य संघको निर्वाचन तयारी पूरा >> सुझाव संकलन गर्न जनतासँग जनप्रतिनिधि कार्यक्रम >> आफन्तले अझै बुझेनन् भीमाको शव >> लुम्बिनीमा ७ मन्त्रीले लिए सपथ, ११ सदस्यीय भयो मन्त्रिपरिषद् >> अन्ततः एमालेले समर्थन गरेपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश >> लुम्बिनीमा एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले बनाए ‘खेलौना’, छिनमै सरकारबाट ‘आउट’, छिनमै ‘इन’ >> युक्रेनका प्रधानमन्त्रीको चेतावनीः रुससँगको युद्ध हारेमा तेस्रो विश्वयुद्ध >> सर्वोच्चको आदेशपछि एन्फा उपाध्यक्ष लामा छुटे >> अब ईसेवाबाटै ब्लुबुक नवीकरण र तेस्रो पक्ष बीमा, यसरी लिन सकिन्छ सेवा >> प्रतितोला ६ सय रूपैयाँ घट्यो सुन >> स्वीकृत पाठ्यपुस्तक प्रयोग नगरे कारवाही >> लुम्बिनीमा आज मन्त्रिमण्डल विस्तार हुने , विना विभागीयले पाए जिम्मेवारी >> आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै >> आजको मौसमः तराईमा हावाहुरी, पहाडमा वर्षा र हिमपातको सम्भावना >> राजनैतिक स्वार्थको चक्रव्युहमा सामुदायिक विद्यालय >> राष्ट्रिय भूमि आयोग गठन गर >> भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान सफल बनाऔं >> उद्यम—व्यवसायमा महिला सहकारीको पाइला >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> ईस्टन क्राफट एण्ड फलेयर्स सिरिजमा बुटवलका आठ युवा >> बैशाख ७ गते शालिग्राम महोत्सव हुने >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा पिप जमेको शल्यक्रिया सफल >> विप्लवको पार्टीले २०८४ को आम चुनावमा भाग लिने ! >> एसिसी प्रिमियर कप : साउदी अरबद्वारा नेपाललाई ७४ रनको लक्ष्य >> तिलोत्तमामा ऋष्यश्रृङ्गको शालिक अनावरण >> लुम्बिनीमा विषयगत समितिका सभापतिहरूद्वारा सपथग्रहण >> रोहिणी खोला किनारमा तीन अर्ब लागतको पेट्रोलियम डिपो निर्माण सुरु >> नववर्षको आरम्भ चैत्रशुक्ल प्रतिपदा कि वैशाख सङ्क्रान्ति ? >> सल्यानमा बस दुर्घटना हुंदा १३ जना घाइते >> एन्फा उपाध्यक्ष दावा लामा पक्राउ >> जँगली बँदेलले गाउँ पसेर मकैबाली खान थालेपछि स्थानीय चिन्तित >> बेष्ट ईन्स्टिच्युटले सुरु गर्यो लोकसेवा तयारी कक्षा >> घुस प्रकरणमा पोखरा महानगरका इन्जिनियर पक्राउ >> स्थानीय तहमा सडक बत्ती बापतको ३७ करोड बक्यौता, किस्ताबन्दीमा बुझाउने तयारी >> इलाम र बझाङमा उपचुनावको मतपत्र पठाइदै,इलाम २ मा १९ र बझाङमा ११ जना उम्मेदवार >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> एसीसी प्रिमियर कप : नेपाल र साउदी अरब भिड्दै >> आज रामनवमी पर्व मनाइँदै, देशैभरि सार्वजनिक बिदा >> जीवजन्तु मानव स्वास्थ्यमा खतरा ! >> स्थानीय तहका विज्ञापनहरू कति समावेशी ? >> तंग्रिन सकेनन् घरेलु उद्योग >> उखुले उठाउँदै किसानको आम्दानी

सुर्खेत दुर्घटनाका मृतक चारै जनाको  सनाखत

८ माघ २०७९, आईतवार
८ माघ २०७९, आईतवार

बुटवल, ८ माघ । सुर्खेतको वीरेन्द्रनगरमा भएको सवारी दुर्घटनाका मृतक चारै जनाको सनाखत भएको छ ।
विरेन्द्रनगर नगरपालिका ११ रत्नरामार्गको भेरी पुलनजिकै झुप्रा खोलामा भएको दुर्घटनामा मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी भएको खुलेको छ । सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा। प्र ०१०२६ च ९२१३ नम्बरको डबल क्याप गाडी दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको थियो ।

उक्त गाडीमा सवार पाँच जना स्वास्थ्यकर्मीमध्ये चारजनाको उपचारका क्रममा मृत्यु भएको पुष्टी भएको हो । गम्भीर घाइते एकजनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

मृत्यु हुनेमा जीप चालक भैरवी गाउँपालिका हाल वीरेन्द्रनगर ७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका ५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ का ३१ वर्षीय वविन शाही र दैलेख गुराँस गाउँपालिका ३ का ३६ वर्षीय राजेन्द्र बीसी छन् । दैलेख भैरवी गाउँपालिका ५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते छन् ।

उनीहरू वीरेन्द्रनगर फकिदैँ गर्दा रातको समय भएकाले हुस्सुले सडक ढाकेको थियो । गाडी चालक सागर, राजेन्द्र, दीपेन्द्र र वविन गम्भीर घाइते भए । बेहोसीमै वीरेन्द्रले प्रहरीलाई फोन गरे । बिहान करिब २ बजेतिर प्रहरीले उनीहरूको उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पुर्‍याएको थियो । वीरेन्द्रराज शाहीबाहेक अन्य चारजनाको उपचारका क्रममा निधन भएको हो ।

दीपेन्द्रजंग शाही डुगेश्वर गाउँपालिका स्वास्थ शाखा दैलेख, बबिन शाही भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखा दैलेखमा कार्यरत जनस्वास्थ्य निरीक्षक छैठौं, र राजेन्द्र बीसी गुराँस गाउँपालिका स्वास्थ्य शाखा दैलेखमा जनस्वास्थ्य निरीक्षक छैठौंमा कार्यरत थिए । दुर्घटना परी घाइते भैरवी गाउँपालिका स्वास्थ्य शाखा दैलेखमा कार्यरत जनस्वास्थ्य निरीक्षक छैठौं वीरेन्द्रराज शाही रहेका छन् ।

गाडीचालक सागर शाही सुर्खेतमा रारा मेडिसिन डिस्ट्रिब्युटर सञ्चालन गर्दै आएका थिए । उनीहरू कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले शनिबार आयोजना गरेको एचएमआईएस, भीएसआईएस, ईएलएससम्बन्धी तीन दिने समीक्षा गोष्ठीमा सहभागी भएर फकिनेक्रममा दुर्घटनामा परेका थिए ।

उनीहरू शनिबार नेकपा एमालेनिकट स्वास्थ्यकर्मीहरूको प्रदेशस्तरीय बैठकमा सहभागी हुन सुर्खेतमा भेला भएको बताइएको छ । राति अबेर छिन्चुमा खानपिन गरेर करिब १ बजेतिर पाँचैजना वीरेन्द्रनगरतर्फ फर्किंदै थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?