ट्रेंडिंग:

>> पाँच प्रदेशमा हावाहुरीसहित वर्षा हुने अनुमान >> ड्रोनको प्रयोग र यसको अपरिहार्यता >> कार्यक्षेत्र र कार्यक्रम बिस्तार गर्दै मुक्त कमलरी विकास मञ्च >> जटायू रेष्टुरेण्ट पर्यापर्यटनको गन्तव्य बन्दै >> आगलागी पीडित भोकैः सरकार कहाँ छ ? >> नेपालमा मुद्रास्फीति नियन्त्रणको खाँचो >> तीन करोड अड्किदा बिमितको बिचल्ली >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा >> तिलोत्तमा व्यापार संघ र क्रिमशन अस्पतालबिच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता >> गोरक्ष पात्रदेवता मठ चौघेरामा सुविधा सम्पन्न धर्मशाला बन्दै >> उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार >> एकेडेमी अफ बार टेण्डरमा निःशुल्क बारिष्टा तालिम शुरु >> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा

‘बुटवलमा नदीजन्य पदार्थको मनपरी उत्खनन् र अवैध ओसारपसार’

७ माघ २०७९, शनिबार
७ माघ २०७९, शनिबार

बुटवल, ७ पुस । बुटवलको तिनाउ–दानव कोरिडोर निर्माणका क्रममा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार हुन थालेपछि बुटवल उपमहानगरपालिकाले नियन्त्रणको पहल थालेको छ ।
कोरिडोर निर्माणका लागि ठेक्का पाएको निर्माण कम्पनीले बुटवल क्षेत्रभित्रको नदीजन्य पदार्थ उत्खनन् गर्दा राजस्व भुक्तानी नगरेको र नदीजन्य पदार्थको मनपरी उत्खनन् र ओसारपसार हुन थालेको पाइएपछि बुटवलले नियन्त्रणको पहल थालेको हो ।
शुक्रबार बुटवल उपमहानगरपालिकाको अगुवाईमा सरोकारवालासहितको टोलीले अनुगमन गरी नदीजन्य पदार्थ प्रयोग गरेवापत् निर्माण कम्पनी राजस्वको दायरामा आउने, अवैध उत्खनन् र ओसारपसार रोक्ने निष्कर्ष निकालेको थियो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा शनिबार बसेको बैठकले राजस्वको दायरामा नआएको निर्माण व्यवसायीलाई राजस्वको दायरामा ल्याउने र निरन्तर अनुगमन तथा नियमन गर्ने निर्णय गरेको हो ।
बैठकले तिनाउ र दानव नदीमा भइरहेको दोहन नियन्त्रण गर्नका लागि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, बुटवल उपमहानगरपालिका र सरोकारवाला निकायका बीचमा समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ ।
तिनाउ–दानव करिडोर निर्माणका क्रममा सञ्चालन हुने उपकरण तथा ढुवानीका साधनबारे पूर्वजानकारी गराउने र नदीजन्य पदार्थ उत्खनन् र ढुवानी बिहान सूर्योदयदेखि बेलुका सूर्यास्तसम्म मात्रै गर्ने निर्णय बैठकले गरेको छ ।
तिनाउ–दानव करिडोर निर्माण पक्षसँग नदीमा उत्खनन् र ओसारपसारमा समन्वय र नियमन गर्नका लागि बैठकले बुटवल उपमहानगरपालिकाका राजस्व अधिकृतको नेतृत्वमा समिति बनाएको छ ।
समितिमा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी र वडा कार्यालयका प्रतिनिधि रहने निर्णय बैठकले गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
बैठकमा जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्नका लागि सबै संयन्त्र क्रियाशील हुनुपर्ने बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले तिनाउ दानव करिडोर निर्माणमा पूर्ण सहयोग हुने बताउँदै निर्माणका क्रममा अवैध उत्खनन् र निकासी हुन नदिन निर्माण पक्षपनि चनाखो हुनुपर्ने बताए ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले रुपन्देहीमा कसैले पनि नदीजन्य पदार्थको अवैध उत्खनन् र ओसारपसार गर्न नपाउने बताउँदै नियमनमा सहकार्य गर्ने बताए ।
सडक डिभिजन कार्यालय बुटवलका होम बहादुर एसीले नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा निर्माण पक्षले नियमसंगत तरिकाले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा निर्माण कम्पनी लामा बिरुवा जेभीका दीपेन्द्र डंगोलले बुटवल उपमहानगरपालिकालाई नदीजन्य पदार्थवापतको राजस्व बुझाउने र आगामी दिनमा बुटवलसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा औद्योगिक क्षेत्रका भोलानाथ भुजेल, निर्माण व्यवसायी मञ्जु भुसाल, वडाध्यक्षहरु ज्ञानबहादुर रेश्मी, गुरुप्रसाद पंगेनी, रामचन्द्र क्षेत्री, डिल्लीप्रसाद शर्मा उपाध्यायलगायतले बोलेका थिए ।
तस्वीर : फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?