ट्रेंडिंग:

>> लुम्बिनीमा दललाई भाग पु-याउन मन्त्रालय फुटालेर थप, विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी >> अर्घाखाँचीको सितापुरमा विद्युतीय जिप दुर्घटना, ७ जना घाइते >> भीरबाट लडेर दुई महिलाको मृत्यु >> दुई दिने भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा >> सञ्चालनको तयारीमा नेपालगञ्ज भन्सार जाँचचौकी >> नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्य सम्झौतामा हस्ताक्षर >> हनुमान जयन्तीमा सर्बत पानी खुवाइयो >> इलाम र बझाङमा हुने उपनिर्वाचनको मौन अवधि आज रातिदेखि >> ‘लोकतन्त्रमा कालो धब्बा लाग्दै गएको छ’ >> विनाशकारी भूकम्प गएको ९ वर्ष पूरा,९२ हजार परिवारका घर बन्न बाकी >> कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ? >> चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना, तराईमा हावाहुरी >> सल्यानमा ११ प्रतिशत कम सुन्तला उत्पादन >> २६ औं भूकम्प सुरक्षा दिवस >> राजनैतिक स्वार्थको चक्रव्यूहमा सामुदायिक विद्यालय >> शिवराजमा निःशुल्क शिक्षाको अभ्यास >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> रुपन्देही मोर्डन स्कुलको वार्षिक उत्सव >> खोलामा डुबेर एकको मृत्यु >> नेपाल मगर महिला संघ रुपन्देहीको अधिवेशन रद्द गर्न माग >> कर्णालीका मुुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने >> बुटवलमा ३ दिने भलिबल प्रतियोगिता सुरु >> कतारी राजाको काठमाडौंमा भव्य स्वागत >> बुटवलले ल्यायो जनसंख्याको अनुपातका नागरिक बडापत्र >> तिलोत्तमा वडा नं. ६ को कार्यालय आफ्नै भवनमा >> ‘विज्ञ भन्छन्ः लु को जोखिम बढ्यो, सरकारसँग रणनीति छैन >> इजरायलले अर्को गल्ती गरे कठोर कदम चाल्ने इरानको चेतावनी >> नेपालसंग खेल्ने वेस्टइन्डिज ‘ए’ टोलीको घोषणा >> साँसद आचार्यको पहलमा आगलागीपीडितलाई राहत >> ७० जनाको टोलीसहित आउँदै कतारी राजा, होटल सोल्टीमा द्विपक्षीय वार्ता >> तीन दशकका अभ्यासलाई सच्याउन समय लाग्छ : गृहमन्त्री लामिछाने >> नेपालगन्जमा कटुवा पेस्तोलसहित तीन जना पक्राउ >> आज सुनको मूल्यमा भारी गिरावट >> एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान >> लायन्स क्लब तिलोत्तमा बुद्धज्योतिको अध्यक्षमा पन्थी >> आज १८ औं लोकतन्त्र दिवस, आम नागरिकमा छैन उत्साह >> कतारका राजा अमिर आज नेपाल आउँदै, देशभर सार्वजनिक बिदा >> लुम्बिनी प्रदेशसहित अधिकांश भूभागमा हावाहुरीको सम्भावना, सचेत रहन आग्रह >> आगलागीका घटनाप्रति एमाले रुपन्देहीको ध्यानाकर्षण >> गहुँ उत्पादन घट्दा किसान चिन्तित >> उपनिर्वाचनः आचारसंहितामा कडाई गर >> कर्साघाट ‘बुटवलको गया’ >> बुटवलः हिजो, आज र भोली >> आगलागी पीडित खुल्ला आकासमुनि >> पहिले स्कुलले खोज्थ्योे, अहिले अभिभावकले खोज्छन् >> राशीअनुसार तपाईंको आजको भाग्य हेर्नुहोस् : आजको राशीफल >> कटुवा पेस्तोलसहित नेपालगञ्जमा तीनजना पक्राउ  >> अमेरिकाले संसदमा पार्टी खोल्यो : चित्रबहादुर केसी >> पारिश्रमिक नबढाएसम्म एसइईको उत्तरपुस्तिका नजाच्ने >> भोलि सार्वजनिक बिदा
खेलकुद शिक्षकलाई तीन दिने प्रशिक्षण

अर्कालाई दोष लगाउने प्रवृत्ति हटाउन सुझाव

७ माघ २०७९, शनिबार
७ माघ २०७९, शनिबार

बुटवल, ७ माघ ।

लुम्बिनी प्रदेशका सामुदायिक विद्यालयका खेलकुद शिक्षकलाई ३ दिने खेलकुद प्रशिक्षण तथा पुनर्ताजगी तालिम सम्पन्न गरेको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा गरिएको तालिमको शनिबार समापन भएको हो । विहिबारदेखि शुरु तालिममा एथलेटिक्ससहित भलिबल, कबाडी गरि विभिन्न खेलहरुको आधारभुत नीतिनियमका साथै खेलाडीहरुलाई क्षमता विकासका लागि समेत शिक्षकबाट गरिनुपर्ने विषयहरुको ज्ञान दिईएको थियो ।

कार्यक्रमको एक समारोहका बीच लुम्बिनी प्रदेशका शिक्षा तथा खेलकुद मन्त्रालयका युवा तथा शिक्षा महाशाखा प्रमुख मनोज गैरेले सहभागीलाइ प्रमाणपत्र र मायाको चिनो वितरण गर्दै विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा पहिचान गरि उनीहरुको चाहना बुझेर प्रशिक्षण गर्न सके नतिजा राम्रो मिल्ने बताए । तालिमबाट थोरै भएपनि वृतिविकास हुनेमा आशावादी भएको उनले बताए । जिल्ला खेलकुद विकास समितिमा संघिय अड्डा भएको हुदा प्रदेश सरकारसंग समन्वय हुन नसकेको र चलायमान नभएको बताए । हरेक विद्यालयमा खेलकुद शिक्षक अनिवार्य हुनुपर्ने प्रावधान ल्याएको भएपनि कतिपयमा नरहेको उनले बताए । खेलकुदको सफ्टवेयर पार्टमा जनप्रतिनिधि बजेट बिनियोजन गर्न नचाहने तर पुर्वाधारमा जोड दिने गरेको उनले बताए । बच्चाहरुको लगावलाई पहिचान गरि अभिभावकहरु बुझाउन सकेको अवस्थामा खेलकुदमा आकर्षक बढ्ने उनले बताए । तालिमबाट विधागत रुपमा प्राप्त ज्ञान र सीपलाई आआफनो क्षेत्रमा पुगेर प्रभावकारी कार्यान्वयन हुनेमा आशाबादी रहेको उनले बताए ।

प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले १२ औ राष्ट्रपति रनिङशिल्डमा उत्कृष्ट गरेको प्रदेशलाई यो वर्ष पनि अझ बलियो प्रदर्शन गर्न मद्दत मिल्ने रुपमा प्रशिक्षण दिईएको बताए । खेलको जगका रुपमा ग्रास रुट लेभलको विद्यालय खेलकुद भएको भन्दै यहि तहबाट खेलाडीको छनौट र राम्रो प्रशिक्षण दिने गरि खेलकुद शिक्षकलाई प्रशिक्षण चलाएको उनले बताए । धेरै कठिनाई ब्यहोरेर गतवर्ष कार्यक्रम सम्पन्न गरेको स्मरण गर्दै जिल्लाभित्र संचालन हुने प्रतियोगिताहरु संघसंस्थालाई समेटेर लग्न जरुरी रहेको बताए । आईटिएफ र खोखो ऐच्छिक खेलका रुपमा अघि बढाउने उनले बताए । आफनो क्षेत्रमा विद्यार्थीहरुमा भएको प्रतिभा पहिचान गरेर अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, कबड्डीका मुख्य प्रशिक्षक पार्वती राई, राष्ट्रिय महिला भलिबल टिमको मुख्य प्रशिक्षक जगदिश भट्टले प्रशिक्षण दिएका थिए । सबै खेलको जननी एथलेटिक्स भएको भन्दै उनले फिजिकल फिटनेश आवश्यक हुने बताए ।

कार्यक्रममा भलिबल प्रशिक्षक जगदिश चन्दले देशकै खेलकुदलाई लुम्बिनी प्रदेश अगुवाई गरेको बताए । खेलमा लागेर खेलकुदको विषयमा बुझ्ने र ज्ञान बाड्ने काम आफुले गरेको उनले बताए । खेलाडी विद्यालयमा रहेको भएपनि प्रशिक्षक नहुने र प्रशिक्षक रहेको परिषदमा भने खेलाडी नहुनु जस्ता सरकारको नितिगत रुपमा खेल क्षेत्रको उपेक्षा भएको भन्दै नया नीति ल्याएर सुधारमा लाग्नुपर्ने सुझाव दिए । कबड्डीका मुख्य प्रशिक्षक पार्वती राईले सीप सिक्ने र सिकाउने रुपमा तालिम भएको बताईन् । छोटोसमय र विषयबस्तु धेरै भएको उनले बताईन । राष्ट्रपति रनिङशिल्ड अघि देशमै पहिलोपटक लुम्बिनी प्रदेशको अगुवाईमा चलाईएको कार्यक्रम अन्य प्रदेशलाई सिकाई भएको बताईन् ।

कार्यक्रममा सहभागी खेलकुद शिक्षक निरु शर्माले सिकेका कुराहरु फिल्डमा पुगेर ज्ञान दिन सके सार्थक हुने बताइन । स्वस्थ्य नै धन हो भन्ने मुलमन्त्रलाई लिएर मानव स्वस्थ्यसंगै खेलाडी उत्पादनमा समेत मद्दत मिल्ने गरी सरकारको योजना ल्याउन सुझाव दिए । यसैगरि खेलकुद शिक्षक कृष्ण रामडागीले १३ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पुर्वसन्ध्यामा आयोजना धेरै उपलब्धि भएको बताए । छोटो समयमा निक्कै महत्वपूर्ण तालिम भएको भन्दै यो सिकेका ज्ञानलाई आआफनो ठाउमा पुगेर बाड्ने प्रतिवद्घता जनाए । दक्ष खेलाडी पहिचान, जनशक्तिलाई क्षमता विकास गर्ने बताए ।

कतिपय खेल खेलाउन स्थानियस्तरमा प्राविधिक कठिनाई रहेको भन्दै यसको समन्वय गर्न तीन तहकै सरकारसंग आग्रह गरे । कालिका मानव ज्ञान माबिका प्रधानाध्यापक दिनेश थापाले अतिरिक्त क्रियाकलाप नभई अनिवार्य क्रियाकलाप बनाएर लाग्नसके उत्कृष्ट नजिता आउने बताए । शैक्षिकसंग खेलकुद गतिविधिलाई जोडेर अघि बढ्दा परिणाम उत्कृष्ट हुने उनले बताए । परिवर्तन एक जनाबाट शुरु हुने भन्दै बाधा ब्यवधानहरु हटाएर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा खेलप्रेमी तथा पुर्व जिशिअ टेक बहादुर थापा, खेलकुद परिषद लुम्बिनीका सदस्य अर्जुन घिमिरे, प्रदेश खेलकुदका कार्यालय प्रमुख महेश चन्द, रुपन्देही जिल्ला खेलकुद समितिका कार्यालय सचिव राजेन्द्र श्रेष्ठ, वडा नं ८ का वडाअध्यक्ष यज्ञ पंगेनी, अभिभावक संघका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवाली, प्रदेश खेलकुद परिषदका सचिव महेश चन्द, लेखा अधिकृत मीन बहादुर जिसि, रुपन्देही जिल्ला खेलकुद संघका अध्यक्ष भुपेन्द्र क्षेत्री (हरि)ले अरुलाई दोष लगाउने परिपाटीलाई अन्त्य गर्दै खेल विकासमा मिलेर लाग्नुपर्ने बताए । कार्यक्रममा लुम्बिनी प्रदेशका १२ जिल्लाका ६० विद्यालयका खेल शिक्षकहरु सहभागी थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Admission open

http://www.lws.edu.np